अष्ट्रेलियाले गरयो हजारौं विद्यार्थीको भिजा क्यान्सिल

अष्ट्रेलिया सरकारले हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिजा क्यान्सिल गरेको छ। अष्ट्रेलियाको आन्तरिक मामला (होम अफेयर्स) विभागको पछिल्लो तथ्यांक अनुसार करिब तीन हजार भन्दा धेरै विद्यार्थीको भिजा क्यान्सिल भएको छ भने अर्को १३ हजार विद्यार्थीलाई अष्ट्रेलिया प्रवेश गर्नमा रोक लगाईएको छ। पछिल्लो अष्ट्रेलिया सरकारले गरेको अध्यागमन कारवाहीमा भिजाका सर्तहरू उल्लंघन गरेको र अष्ट्रेलिया पढ्न भन्दा पनि कामका लागी आउन लागेकाहरू प्रति लक्षित छ।

यतिखेर अष्ट्रलिया आफ्नो अध्यागमन नीति पुनरावलोकन गर्ने क्रममा छ। त्यसै क्रममा अष्ट्रेलियाले स्थायी आप्रवासनलाई समेत ग्रामिण क्षेत्र केन्द्रित गर्न लागेको छ। यद्यपी, धेरैले यसलाई आगामी चुनावको रणनीतिका रुपमा लिएका छन्। अष्ट्रेलियाई प्रधानमन्त्री स्कट मोरिसनले आगामी वर्ष स्थायी आप्रवासनका लागी छुट्याईने संख्यालाई समेत घटाउने बताईसकेका छन्। त्यो संख्या ३० हजार हुने जनाईएको छ। अष्ट्रेलियाले गत वर्ष मात्र नियमित संख्यामा २० हजार घटाई सकेको थियो। उनले केही समय अघि अष्ट्रेलियाका मुख्य शहरहरू सिड्नी, मेलबर्नका सडक, यातायात र विद्यालयहरू भिडभाड युक्त भएको भन्दै आफूले अध्यागमन नीतिलाई बढी भन्दा बढी अष्ट्रेलियाईको हितमा हुने गरी पुनरावलोकन गर्न लागेको बताएका थिए। मोरिसन सरकारले केही समयमा नै नयाँ जनसंख्या नीति ल्याउन लागेको छ।

यो पनि पढ्नुस् : अष्ट्रेलियाले दिने पीआरको संख्या अर्को वर्ष घट्ने

एडीलेडनाउडटकमडटएयुले हालै प्रकाशन गरेको एक समाचारमा अष्ट्रेलियाको आन्तरिका मामला विभागले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको गतिविधी साप्ताहिक रुपमा पुनरावलोकन गर्ने गरेको उल्लेख गरेको छ। उक्त समाचार अनुसार, विद्यार्थीहरूले भिजाको सर्त अनुसार कामलाई २० घण्टामा सिमित गरे नगरेको, पढाईमा पास र सहभागीता भए नभएको र भिजाका सर्त अनुसारको कलेज वा विश्वविद्यालयमा पढे नपढेको कुराहरूमा विभागले विशेष निगरानी गरिरहेको छ। विभागको तथ्यांक अनुसार अष्ट्रेलियामा रहेका तीन हजार एकसय ८२ जना विद्यार्थीको भिजा रद्द गरिएको छ भने १३ हजार तीनसय ९८ विद्यार्थीको भने अष्ट्रेलिया बाहिर रहँदा नै भिजा रद्द गरिएको हो। भिजा रद्द हुनेमा १९ जना आपराधिक गतिविधिमा लागेका रहेका छन्।

गत जुन सम्मको तथ्यांक अनुसार अष्ट्रेलियामा चारलाख ८७ हजार व्यक्ति स्टुडेन्ट भिजामा छन्। अष्ट्रेलियाको लागि नेपाल अन्तर्राष्ट्रिय विद्यार्थीको लागी तेस्रो ठूलो स्रोत राष्ट्र हो। गत वर्ष मात्र २६ हजार पाँचसय ७९ नेपाली विद्यार्थीले अष्ट्रेलियाको विद्यार्थी भिजा पाएका थिए। अष्ट्रेलियामा पढ्नका लागी जानेमा चिन र भारतका विद्यार्थीको संख्या धेरै छ।

 विद्यार्थीको भिजा क्यान्सिल सम्बन्धी 9News को समाचार हेर्नुहोस्

Student Crackdown

International students are on notice, with the government cracking down on rorters who are deemed to be overstaying their welcome in Australia. #9News | http://9News.com.au

Posted by 9 News on Friday, December 7, 2018

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

बढ्दैछन्, एज्ड केयरमा जासुसी क्यामेरा राख्ने - NepaliPage

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई धेरै समय काम गर्न दिने

एज्ड केयर, डिज्याबिलीटी, हेल्थ केयर र फार्ममा काम गर्ने विद्यार्थीहरूले पढाईसँगै पाक्षिक ४० घण्टा भन्दा …