के सिकेर आउने अष्ट्रेलिया?

नेपालमा यतिखेर उच्चशिक्षाका लागी अष्ट्रेलिया ‘स्टुडेन्ट भिजा’मा आउने लहर छाएको छ। १० जोड दुईको पढाई सकिना साथ अष्ट्रेलिया पढ्न आउनेहरूको संख्या दिनानुदिन बढ्दै जाँदा अष्ट्रेलिया आएपछी काम, पढाई र पैसाको कारण समस्यामा पर्नेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ। काम, पढाई र पैसाको व्यवस्थापन मिलाउन नसक्दा विद्यार्थीहरूलाई मानसिक लगायतका धेरै समस्याहरू देखिने गरेको छ। नेपालबाट सानो उमेरमा अष्ट्रेलिया आउँदा हातमा केही सिप नभएकै कारण धेरै विद्यार्थीहरूले काम पाउन सकिरहेका छैनन् भने पाए पनि भनेजस्तो र गर्नुपर्ने जस्तो आमदानी गर्न सकेका छैनन्।

नेपालबाट अष्ट्रेलियामा पढ्न आउनको लागी तयारी गर्दाको समयमा नै अष्ट्रेलियामा माग हुने काम तथा सेवाका बारे सोधपुछ गरेर त्यसको समेत तालिम लिने हो भने अष्ट्रेलिया आईसकेपछी सिपबाट नै आमदानीको मेलो मिलाउन सकिन्छ। धेरैलाई नेपालमा सिकेको वा जानेकोकुरा अष्ट्रेलियामा काम लाग्दैन भन्ने पनि भ्रम रहेको पाईन्छ जसले गर्दा नेपालमा हुँदा र समय रहँदा नै त्यसबारे खासै तयारी गर्ने गरिँदैन जसको कारण अष्ट्रेलिया आईसकेपछी एकैचोटी विद्यार्थी चौतर्फी समस्यामा पर्छ। नेपालबाट नै अष्ट्रेलियामा आईसकेपछी भोग्ने समस्या र त्यसको समाधानका उपाय सोचेर त्यसै अनुसारको तयारी गरेर आउने हो भने विद्यार्थीलाई अष्ट्रेलियाको आर्थिक चाप धान्न सजिलो पर्छ।

यो पनि पढ्नुस् : अष्ट्रेलिया आउने सोच्दै हुनुहुन्छ? यस्ता वेबसाइट हेर्न थाल्नुस्

नेपालमा रहेकै समयमा अंग्रेजीको लागी कक्षा लिएको बखत नै विद्यार्थीहरूले विभिन्न तालिमहरू लिन सक्छन् जसले अष्ट्रेलिया आएपछी यहाँको दैनिक खर्च साथै कलेज र विश्वविद्यालयको ‘फि’ तिर्नका लागी आर्थिक उपार्जन गर्न केही सजिलो पर्दछ। त्यसका लागी नेपालमा नै अष्ट्रेलियामा आफु जाने योजना बनाएको शहरमा माग रहेका कामहरूलाई मिल्ने सिप सिकेर आउन सकिन्छ। अष्ट्रेलियामा धेरै जसो नगदी पेशाहरू (ट्रेड अकुपेसन्स) काम र कमाईको हिसाबमा राम्रो देखिन्छन्। कतिपय कामहरू त नेपाली समुदाय केन्द्रित हुने हुँदा काममा सजिलो, रमाईलो र कतिपय अवस्थामा ‘नगद भुक्तानी’ (क्यास पेमेन्ट) हुने हुँदा भिजाको २० घण्टावाला सर्तको समेत उल्लंघन नहुने अवस्था समेत मिल्न सक्छ।

त्यसैले नेपालमा अष्ट्रेलियाको लागी तयारी गर्दै गर्दा सामान्यतया अष्ट्रेलियाका सबै शहरमा माग हुने यस्ता कामहरू नेपालमा नै सिकेर आउन सकिन्छ, जसले अष्ट्रेलियामा कमाई गर्न र आफूलाई व्यवस्थित गर्न मदत गर्छ भने कामका लागी भौंतारिनुपर्ने अवस्था पनि आउँदैन।

प्लम्बर : खानेपानी सम्बन्धी धारा, पाईप र विशेष गरेर पानीको आपूर्ति तथा वितरण लाईनमा हुने चुहिने (लिकिंग), सिंक, बाथटब जस्ता पानीसँग सम्बन्धित समस्याहरू समाधान गर्न सिकेर आउन सकिन्छ। नेपालको सिप भए यहाँको काम गर्ने अनुमति पत्र लिएर काम गर्न सकिन्छ। यो अष्ट्रेलियामा धेरै माग भएको र राम्रो कमाई हुने पेशा हो।

ईलेक्ट्रिसियन : विद्यार्थी तथा डिपेन्डेन्टका रूपमा आउनेले बिजुलीको काम सिकेर आउने हो भने यसमा पनि राम्रो कमाई गर्न सकिन्छ भने काम पाउन पनि सजिलो हुन्छ। यसको क्षेत्र व्यापक हुने भएकाले यहाँ अष्ट्रेलियाको अनुमति पत्र आवश्यक पनि हुनसक्छ।

यो पनि पढ्नुस् : अष्ट्रेलियामा नेपालीले काम पाउन मुस्किल पर्ने कारणहरू

सेफ/कुक : अष्ट्रेलिया पर्यटनमा आधारित देश पनि हो। धेरै मानिसहरूको आवागमन हुने भएकाले यहाँका शहरहरूमा सेफ तथा कुकको राम्रै माग छ। यसले तपाईंलाई पीआर लिने प्रक्रियामा समेत मदत गर्न सक्छ।

फोटोग्राफी : अष्ट्रेलियामा नेपाली विद्यार्थीले काम पाउन सजिलो र आउनासाथ ज्वाईन गर्न सकिने काम हो फोटोग्राफरको। यसका लागी नेपालबाट नै फोटो खिच्ने सिप र क्यामेरा लिएर आउन सकिन्छ। एउटा सिएसएलआर क्यामेरा र त्यसको लागी आवश्यक लेन्स, फ्ल्यास लगायतका उपकरण हुने हो र फोटो सम्पादन (फोटो एडिटिंग)को सिप हुने हो भने विद्यार्थीले छोटो समयमा नै राम्रो आमदानी गर्न सक्छ।

मेकानिक : अष्ट्रेलियामा कार अति आवश्यकताको साधन भएकाले मेकानिकको माग पनि राम्रै छ। नेपालमा नै कार मर्मतको सिप सिक्ने हो भने अष्ट्रेलिया आएपछी यहाँका कार मर्मतको बारेमा सानो तालिम (ईण्डक्सन) पछी नै मेकानिकको काम गर्न सकिन्छ। कतिपय अवस्थामा यसको लागी अष्ट्रेलियामा नै काम गर्नको लागी अनुमतीपत्र लिनुपर्ने हुनसक्छ।

हेयर डिजाईनर : नेपालमा केही सातामा नै राम्रो कपाल काट्न जान्ने बन्ने गरेर तालिम लिन सकिन्छ। राम्रो कपाल काट्न जानेर आउने हो भने सुरू सुरूमा नेपालीहरूकै कपाल काटेर काम सुरू गर्ने पछी यहाँको मान्यता लिएर अगाडी बढ्न सकिन्छ।

ब्युटीपार्लर : विशेष गरेर नेपालबाट आउने युवतीहरूले सौन्दर्य र मेक-अप सम्बन्धी सिप र तालिम लिएर आउने हो भने यहाँ काम पाउन सकिन्छ। यसमा नेल आर्ट, मेहन्दी लगायतका विशिष्ट क्षेत्रहरूमा पनि राम्रै काम पाउने संभावना रहन्छ।

यसबाहेक सिकर्मि, डकर्मी, साँचो बनाउने काम, बागवानीको काम जानेर आउने हो भने अष्ट्रेलियामा काम सजिलै पाउन सकिन्छ।

यसबारे थप अंग्रेजीमा पढ्नुहोस् (क्लिक गर्नुस्)

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

बढ्दैछन्, एज्ड केयरमा जासुसी क्यामेरा राख्ने - NepaliPage

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई धेरै समय काम गर्न दिने

एज्ड केयर, डिज्याबिलीटी, हेल्थ केयर र फार्ममा काम गर्ने विद्यार्थीहरूले पढाईसँगै पाक्षिक ४० घण्टा भन्दा …