अब विदेशमै नेपालको पुलिस रिपोर्ट पाइने

तपाईँले हालैमात्र अष्ट्रेलियामा स्थायी आवासीय भिसा (अर्थात पीआर) पाउनु भयो र कसरी प्रहरी चारित्रिक प्रमाणपत्र (साधारण भाषामा पुलिस रिपोर्ट) लिएर पीआर आवेदनमा समावेश गर्ने भनेर पिरलोमा हुनुहुन्छ? अब यो पिरालो सकिने दिन अएका छन्, प्रहरी चारित्रिक प्रमाणपत्र लिनका लागि न त नेपालमा रहेका आफन्तमार्फत् निवेदन दिने, संकलन गर्ने र पठाउने झन्झटै गर्नुपर्नेछ, न तपाईँले कहिले र कसरी यस्तो प्रमाणपत्र आइपुग्छ भनेर पीर गरेरै बस्नु पर्ने हुन्छ । नेपाल प्रहरीले भर्खरैमात्र विदेशमा रहेका नेपालीहरूका लागि नयाँ विद्युतीय चारित्रिक प्रमाणपत्र प्रमाणीकरण सेवा सुरु गरेको छ । जसले तपाईँलाई अष्ट्रेलियासहितका आफू पीआर वा अन्य आफू बसोबास गरेको मुलुकका लागि अस्थायी भिसाका लागि चाहिने चारित्रिक प्रमाणीकरण प्रक्रियामा सहयोग पुर्‍याउने छ ।

चारित्रिक प्रमाणपत्र वा पुलिस चालचालन प्रमाणपत्रलाई अष्ट्रेलियामा पुलिस चेक भनिन्छ, हालसम्म यस्तो प्रमाणपत्र लिन अष्ट्रेलिया, अमेरिका, क्यानडासहित अन्य युरोपेली मुलुकहरूमा बस्ने नेपालीहरूका लागि भिसा आवेदकहरूका लागि निकै कठिन कार्य बन्दै आएको थियो । अहिले नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र लिने प्रक्रियालाई सुव्यवस्थित पार्नुका साथै यसलाइ विद्युतीय प्रणालीमा लगेको छ, ताकि विदेशमा बस्ने नेपालीहरूले यो प्रमाणपत्र सरल, तीव्र र आधुनिक तरिकाबाट प्राप्त गर्न सकुन् ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै इमेलबाटै प्रहरी रिपोर्ट बनाउन मिल्ने नयाँ व्यवस्था गरेको छ । यसका लागि तपाईँले एउटा निवदेन भरेर, पासपोर्टका प्रति संलग्न गरेर, नागरिकतासहित एउटा फोटो र विवाह दर्ता प्रमाणपत्र पठाउनु पर्ने हुन्छ, तपाईँले निवेदन दिएको तीन दिनभित्रै प्रहरी चालचलन प्रमाणपत्र पाउन सक्नु हुनेछ । यसका लाथि तपाईँले कुनै शुल्क भने तिर्नु पर्दैन, यो सेवा पूर्ण निःशुल्क हो । यसअघि नेपालमा रहेका आफन्तमार्फत् निवेदन दिँदा १ हजार रूपैयाँ तिर्नुपर्थ्यो ।

तपाईँले प्रहरीलाइ के के पठाउनु पर्छ?

प्रहरी चारित्रिक प्रमाणपत्र लिन तपाईँले निम्न कागजपत्र संलग्न गर्नुपर्छ। (Scanned Documents)
क) निवेदन फाराम (Download From Here)
ख) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:
पृष्ठ नं. – २, ३ तथा ३१ ।
अन्तिम पटक नेपाल छोड्दाको Nepal Immigration Departure Stamp स्पष्ट भएको पृष्ठ ।
ग) नागरिकताको प्रतिलिपी थान १ ।
घ) विवाहित महिलाको हकमा विवाह दर्ता प्रतिलिपी थान १ ।
ङ) पासपोर्ट साइजको रंगीन फोटो । (Maximum Size upto 200Kb)

(तपाईँले आवश्यक कागजपत्रका फोटो खिचेर पनि पठाउन सक्नु हुन्छ, तर सावधान, तपाईँको फोटो एकदमै सानो आकारमा हुनुपर्छ, पासपोर्ट साइजको फोटोकै आकार २०० केबीभन्दा भन्दा ठूलो हुनुहुँदैन) ।

एक पटक तपाईँले निवेदन पठाइसकेपछि के हुन्छ?


एक पटक तपाईँले इमेल आवश्यक कागजातसहित इमेल पठाइसकेपछि तपाईँले नेपाल प्रहरीबाट जवाफी इमेल पाउनु हुन्छ । यसमा कहिलेकाँही समय लाग्छ, सामान्यतया: कार्यालय समय र निवेदन दिने देशको समय फरकअनुसार ३० मिनेटभन्दा बढी पनि समय लाग्नसक्छ, प्रहरीबाट एक पटक जवाफी इमेल पाइसकेपछि नेपाल प्रहरीले तपाईँको अनुरोध स्वीकार गरेको हुन्छ र अर्को पटक तपाईँको चारित्रिक प्रमाणपत्रसहितको जवाफी इमेल आउनेछ ।
सम्बन्धित शाखाले यस्तो इमेल पाएपछि क्रिमिनल रेकर्ड चेक गरी निवेदन पाएको तीन दिनभित्र प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त तपाईँको इमेलमा आइपुग्नेछ।

कुन इमेल ठेगानमा पठाउने?


आवश्यक सबै कागजातसहित कागजात राखेर तपाईँले पठाउनु पर्ने इमेल ठेगाना हो- policereport@nepalpolice.gov.np
यदि तपाईँलाइ नेपाल प्रहरीबाट चारित्रिक प्रमाणीकरण र अन्य कुनै जानकारी आवश्यक परे, तपाँइले निम्न इमेल chalchalan@nepalpolice.gov.np वा फोन नं ९७७-०१-४४१२७८३ मा पनि सम्पर्क गर्नसक्नुहुन्छ ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

बैंकको कागजातको कुरा नमिल्दा सिड्नी एअरपोर्टमै विद्यार्थीको भिसा क्यान्सिल - NepaliPage

बैंकको कागजातको कुरा नमिल्दा सिड्नी एअरपोर्टमै विद्यार्थीको भिसा क्यान्सिल

आफैले पेश गरेको बैंक स्टेटमेन्ट र आफ्नै नामको खाताका विषयमा अनभिज्ञता जनाउने दुई अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा सिड्नी एअरपोर्टमा नै क्यान्सिल भएको छ। विद्यार्थी भिजामा अष्ट्रेलिया पढ्न भनेर आएका ति विद्यार्थीलाई अष्ट्रेलियाका ईमिग्रेसन अधिकारीले उनीहरूले भिजा अप्लाई गर्दा पेश गरेको कागजातका विषयमा प्रश्न गर्दा उनीहरूबाट सन्तुष्ट हुने जवाफ नमिलेपछी उनीहरूको भिजा क्यान्सिल भएको हो।