किन पठाउँदैनन् अष्ट्रेलियाबाट छोराछोरीले पैसा?

अष्ट्रेलिया पुगेपछी छोराछोरीले करोड पठाउँछन् र नेपालमा घर गाडी जोडौंला भन्ने सपना धेरै अभिभावकको हुन्छ। तर अष्ट्रेलियाको मायावी सपना धेरै मृगतृष्णा बनेर ‘फ्रस्ट्रेसन’मा टुंगिन बेर लाग्दैन। किनभने अष्ट्रेलियामा पैसा कमाउन त्यती धेरै सजिलो पनि छैन न त समाउन नै।

 

”विद्यार्थी भईन्जेल कलेज तथा विश्वविद्यालयको शुल्क, पढाई सकेपछि ‘पीआर’का लागी भनेर अनेकन ‘कोर्ष’ र ‘टेष्ट’ अनि ‘लास्टाँ’ खाली हात जगन्नाथ। धेरैको अष्ट्रेलिया भोगाई यही हो। ‘पीआर’ भन्यो ‘सिटिजन’ भन्यो धेरैको अवस्था ‘नाम भने सुब्बिनी, के खार उब्बिनी’ भने जस्तो छ।” एकै सासमा भनेर आफ्नो ‘फ्रस्ट्रेसन’ उतारे सिड्नीमा सात वर्ष बिताएका एक दाजुले। अष्ट्रेलियामा धेरै नेपालीको आर्थिक अवस्थाको चित्रण गर्छ ती दाजुको भनाईले। अष्ट्रेलियामा बस्ने धेरै नेपालीहरूको कमाई र खर्चको अनुपातको हिसाब गर्दा ‘सापो नापो बराबर’ जस्तै देखिन्छ। तर, त्यसो भन्दैमा अष्ट्रेलियाका विभिन्न शहरमा बस्नेहरूले राम्रो कमाउँदैनन् वा उनीहरूको जीवनशैली राम्रो छैन भन्ने चाहिँ कदापी होईन।

अष्ट्रेलियामा ‘वर्क’ र ‘लाईफ’लाई समानुपातिक रुपमा अगाडी बढाउने मान्यता अँगालेर अगाडी बढ्ने हो भने नेपालमा आशा गरेको जस्तो लाखौंको साप्ताहिक आम्दानी र करोडौंको वार्षिक बचत गर्न चाहिँ सकिँदैन। किनभने अष्ट्रेलियामा नेपालबाट हेर्दा ‘डलर’को कमाई देखिन्छ तर ‘डलर’को खर्चको चाहिँ हिसाब नेपालबाट अनुमान हुँदैन। त्यसो त अष्ट्रेलिया आएपछी यहाँको जीवनशैली अपनाउने क्रममा काम र कमाईमा अपनाउन नसकेपनि घुमघाम र रमाईलोमा चैं नअपनाईरहन सकिँदैन। सातामा एक दिन घुमघाम गर्नै परयो अनि नेपाली कार्यक्रम र ‘पार्टी’ पनि जानै परयो, यसो जमघटमा पिउनै परयो। जिउन र पिउन थालेपछी रसिलो जिन्दगीमा बचतका लागी मुट्ठी कसिलो पार्न सकिँदैन जसले गर्दा बैंकमा तिर्ने किस्ता धेरै हुन्छ, तिर्दा तिर्दै बचतको खातामा हाल्ने पैसा कम हुन्छ। पैसा जोगाउनका लागि जिवन जिउने केही कुरामा ‘कम्रोमाईज’ अर्थात सम्झौता गर्नुपर्छ। त्यसो गर्न सकिएन भने अष्ट्रेलियामा पैसा कमाउन सके पनि समाउन सकिँदैन।

यो पनि पढ्नुस: अष्ट्रेलियामा यसरी जोगाउन सक्छन् विद्यार्थीले पैसापैसा जोगाउने र बचत गर्ने भनेको आमदानी र खर्चको सन्तुलनमा शेष बनाएर हो जुन अष्ट्रेलियामा हम्मेसी गर्न गाह्रो छ। त्यसका लागी पैसा कमाउने तर्फ बढी जोड दिनुपर्छ खर्चने तर्फ भन्दा। कमाई बढाउनका लागी आफ्नो शीप बढाउने साथै अनुभवको आधारमा धेरै पैसा दिने रोजगारदाता खोज्न तर्फ लाग्नुपर्छ। (यहाँबाट हेर्नुस् तपाईंले राम्रो कमाई हुने कामहरूको अवसर भेट्न सक्नुहुन्छ) धेरै तलबमान भएका कामहरू पाउन र गर्नका लागी गरिरहेको काम र अपनाईरहेको दैनिकीमा सुधार पनि गर्नुपर्ने हुन्छ। जस्तो कि नयाँ तालिम लिने वा ‘रेजुम’मा सुधार गर्ने वा नयाँ नयाँ एजेन्सी वा रोजगारदाताका आवश्यकताका सुचनाहरूलाई अलिक बढी ध्यान दिएर आवश्यकता अनुसारको निवेदन प्रक्रिया अपनाउने।

 

अष्ट्रेलियामा पैसा जोगाउन नसक्नु अनि कमाएर नेपालमा बुबा आमाको आशा अनुसार महिना वा तीन महिनामा लाखौं रकम पठाउन नसक्नुको अर्को कारण उमेर र प्राथमिकता पनि हो। अष्ट्रेलियामा पढाई सकेर ‘पीआर’ पाएको छोरा वा छोरीको उमेर कम्तिमा पनि २७-२८ वर्षको हुन्छ जुन उमेर र समय भनेको अष्ट्रेलियामा ‘करिअर’ बनाउनमा लाग्नुपर्ने हो। त्यसका साथै बिहे र परिवारको योजना पनि बनाउनु पर्ने भएकाले अष्ट्रेलियामा नै उनीहरूको कमाईले खर्च धान्न हम्मे हम्मे परिरहेको हुनसक्छ। त्यसमा पनि अष्ट्रेलियाको कोठाभाडा वा घरको ‘मोर्टगेज’, दैनिकीको खर्च र गाडी वा बच्चाको खर्चको हिसाब लाउँदा कमाई र खर्चको हिसाब सन्तुलन गर्नु नै सफलता मान्नुपर्ने अवस्था हुन्छ।

‘पीआर’, ‘सिटिजन’वालाको त अवस्था यस्तो हुन्छ भने कलेज र यूनि पढ्दै गरेकाहरूलाई त २० घण्टा भन्दा धेरै काम गर्न नपाईने कानुनी व्यवस्था अनि पढाईको शुल्क चार चार महिनामा तिर्नुपर्ने दबाबले पेलिरहेको हुन्छ। यस्तो अवस्थामा अष्ट्रेलियामा काम गरेर नेपालमा खर्च वा पैसा भर्नु भनेको ‘मुस्किल हि नहीँ नामुमकिन भि है’ भन्नु पर्ने अवस्था छ। गोजीको अवस्था भएकाले यी कुराहरू ओपेरा हाउस अघि उभिएको फोटो जस्तो सजिलै फेसबुकमा देखिँदैन देखाउन सकिने कुरा पनि भएन। आखिरमा सबैले देख्ने भनेको ‘फ्रन्टईण्ड’ हो ‘ब्याकईण्ड’ त कसले देख्छ र अष्ट्रेलियामा बस्ने कति दबाबमा छ भोग्न अष्ट्रेलिया नै आउनपर्छ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी - NepaliPage

ध्यान दिनुस दशैंमा पैसा पठाउँदा

मेलबर्न र तासमानियामा एक यस्तै ‘हुण्डी’ संचालकले विभिन्न व्यक्तिबाट उठाएर करिब चार लाख डलर पचाईदिएको कुरा त फेसबुकमा छ्यालब्याल नै भईसकेको कुरा भयो। त्यसैले यदी आफू त्यस्तो ठगिनेको सूचिमा पर्न छैन पैसा गुमाउनु छैन भने दशैंमा नेपाल पैसा पठाउँदा अलिक बढी विचार गर्नु र राम्रो ‘रेमिट’ कम्पनी छान्नु बुध्दिमानी हुन्छ। ‘हुण्डीमा रेट राम्रो छ’, ‘फलानोले नि यसैबाट पठाईराको हो’ भन्ने हो भने चाहिँ सबैले भन्न सक्ने भनेको ‘राम राम’ मात्र हो।