सकियो डेलाइट सेभिङ, आईतबार सुत्नुस एक घण्टा बढी

अप्रिल महिनाको पहिलो सप्ताहन्त को आईतबार भोली विहान तपाईं एक घण्टा बढी सुत्न पाउनु हुन्छ। भोली देखी ‘डेलाइट सेभिङ’ सकिएर फेरी समय एक घण्टा पछाडी धकेलिन्छ। यदी अहिले सम्म पनि तपाईंले घरका घडीको समय मिलाईसक्नु भएको छैन भने भोली बिहान तपाईं झुक्किएर एक घण्टा अघि हुन सक्नुहुन्छ। हुन त आजक डिजिटल उपकरणले गर्दा स्वचालित रूपमा नै यसखालको समय संयोजन हुने गरेको छ। तर गाडी तथा कोठाका भित्तेघडीमा यस्तो सुविधा छैन भने ति घडीहरूमा एक घण्टा समय पछी सार्न नबिर्सनुस्। अप्रिल ७ गते आईतबार विहानबाट अष्ट्रेलियाका राज्यहरू न्यूसाउथवेल्स, भिक्टोरिया, तासमानिया, साउथ अष्ट्रेलिया र अष्ट्रेलियन क्यापिटल टेरिटरीमा विहानबाट ‘डेलाइट सेभिङ टाइम’ समाप्त हुनेछ। आईतबार विहान ३ बजे घडीको घण्टा सुई ३ बाट फेरी दुईमा लैजानुपर्छ। घरमा घडी भएकाले आज सुत्नु अघि वा भोली उठेपछी समय मिलाउनु आवश्यक हुन्छ।

अष्ट्रेलिया लगायत विश्वका कतिपय मुलुकले हरेक वर्ष डेलाइट सेभिङ टाईम भनेर केही मिनेट वा घण्टा घडीको समयलाई एडजस्ट गर्छन्। किनभने ती देश र भूभागमा घाम छिटो वा ढीलो उदाउँछ। अष्ट्रेलियामा आज घडीको समय मिलाउनु भयो भनेसी यसको मतलब हो आजबाट घाम यी राज्यमा १ घण्टा जतिसमय छिटो लाग्छ। खासमा यो घामसँगै समय मिलाउने काम सुरू भएको धेरै लामो समय भइसकेको छ। यससँग देशको अर्थतन्त्र, मानिसको काम गर्ने क्षमता साथै तपाईं हाम्रो स्वास्थ्य समेत जोडिएको छ। आखिर किन सुरू भयो त यो परम्परा हेर्नुस यो भिडियोमा

जान्नुस के हो डेलाइट सेभिङ

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …