नेपाली लाइसेन्सले अष्ट्रेलियामा गाडी चलाउनु हुन्छ? यी कुरा बुझ्नुस् पहिले

अष्ट्रेलिया नेपालीहरूको लागी अध्ययन, रोजगारी तथा आप्रवासनका लागी यतिखेरको सबैभन्दा धेरैले चाहना गरेको देश हो। विद्यार्थीका रूपमा आउने विदेशी विद्यार्थीले पनि यहाँ पढ्दाको समयमा पनि साताको २० घण्टा र पढाईमा छुट्टी भएको समयमा साताको ४० घण्टा नै काम गर्न पाउँछन्। जसले गर्दा विदेशबाट पढ्न आउनेहरूलाई यहाँ पढ्दै आफ्नो लागी आवश्यक खर्च जुटाउन पनि सजिलो हुन्छ। यदी राम्रो सल्लाह र योजनाका साथ आउने हो भने विद्यार्थी भिजामा आउनेहरूले अष्ट्रेलियामा राम्रो करिअर बनाउन सक्छन् भने आर्थिक सम्वृद्धी पनि राम्रै हासिल गर्न सकिन्छ। पढाई, पैसा र पीआरको त्रिकोणात्मक आकांक्षालाई पुरा गर्न अष्ट्रेलिया आएका नेपाली विद्यार्थीलाई अर्को सुविधा भनेको यहाँ नेपालको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)ले नै यहाँका सडकमा सवारी चलाउन पाउने सुविधा पनि हो। त्यसो त नेपालको लाइसेन्सका शर्त अनुसार यहाँको सवारी चलाउँन पाउँदा त्यसले सुविधा मात्र भएको छैन थप आमदानीको बाटो समेत खुलेको छ। धेरै नेपाली विद्यार्थीहरू सामान तथा खानाको डेलिभरी काम गरेर साताको एक हजार देखी १५ सय डलर सम्म कमाई गरिरहेका छन्। त्यसो त सवारी चलाउन सक्ने हो र आफ्नै कार हुने हो भने काम पाउने सम्भावना पनि धेरै नै हुन्छ जसले विद्यार्थीलाई आर्थिक रूपमा अलिक दह्रो उभिन पनि सहयोग गर्छ।

यो पनि पढ्नुस्: अष्ट्रेलियामा कामको तालमेल: थोरैले फी पुग्दैन, धेरै गरे डिपोर्ट

नेपाली लाइसेन्सले अष्ट्रेलियामा गाडी चलाउनु हुन्छ? यी कुरा बुझ्नुस् पहिले - NepaliPage

तर, नेपालको लाइसेन्सले अष्ट्रेलियामा सवारी चलाउँदाका धेरै समस्या र खतराहरू पनि छन्। विशेष गरेर नेपाली लाइसेन्सले अष्ट्रेलियामा सवारी चलाउनेहरूले यहाँको सडकका नियम तथा प्रयोगका शैली नजान्दा दुर्घटनामा पर्ने र ज्यान समेत गुमाउने गरेका छन्। धेरै नेपाली युवाहरू सडक दुर्घटनामा पर्नुको कारण ट्राफिक नियम नमान्नु र लापरवाही हुने गरेको छ। किनभने नेपालको र अष्ट्रेलियाको सडक प्रयोगको नियम, शैली नै फरक छ। अनि कतिपयले त नेपालमा लाइसेन्सको परिक्षा नै नदिई लाइसेन्स लिएर आएका हुन्छन् जसले सवारी संचालन तथा नियन्त्रणको सिप नै नभई सवारी सडकमा कुदाउने अवसर मिलिरहेको हुन्छ। जसले गर्दा बिना कुनै सिप र दक्षता अष्ट्रेलियाको सडकमा नेपाली लाइसेन्सले गाडी हाँक्नेहरूको संख्या पनि बढिरहेको छ र त्यसैको अनुपातमा दुर्घटनाका खबर पनि। तर, पछिल्लो समय नेपाल सरकारले नेपालीहरूको सबै लाइसेन्सको विवरण अनलाइनमा नै उपलब्ध गराएर अष्ट्रेलिया सरकार र यसका निकायलाई नेपाली लाइसेन्स सही तरिकाले पाए वा नपाएको छुट्याउन सजिलो बनाइदिएको छ जसले गर्दा नेपाली लाइसेन्स लिएर अष्ट्रेलियामा कार कुदाइ रहेकाहरूलाई यदी उनीहरूले सही ढंगले लाइसेन्स नलिएको भए गम्भिर सजायँ हुने देखिन्छ। यस्ता घटनाहरूमा भिजा रद्द गरेर डिपोर्ट गर्ने सम्मको सजायँ हुन्छ।

यो पनि पढ्नुस: नेपाली लाइसेन्सले अष्ट्रेलियामा कार चलाउन यस्तो छ व्यवस्था

यसबाहेक पनि नेपाली लाइसेन्सले अष्ट्रेलियामा सवारी चलाउनेहरूले आफूलाई यहाँको सडक र नियम अनुसार ढाल्नु आवश्यक हुन्छ। यदी नेपाली लाइसेन्सले अष्ट्रेलियामा सवारी चलाउँदै हुनुहुन्छ भने कागज पत्रको व्यवस्था पनि यहाँको आवश्यकता अनुसारले गर्नुपर्छ।

 

अष्ट्रेलियामा सुरक्षित र सही रूपमा सवारी चलाउन ध्यान दिनुपर्ने कुराहरू यो भिडियोमा हेर्नुहोस्:

 

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

टिकटोकमा छोरीहरूसँग नाँच्दै हिमानी शाह - NepaliPage

टिकटोकमा छोरीहरूसँग नाँच्दै हिमानी शाह

नेपाली शाही परिवार पनि संसारको लोकप्रिय यापमा गीतको तालमा नाच्दै गरेको देखिएको छ। चिनियाँ याप टिकटोक लकडाउनको बेला सबैको