ग्रामिण अष्ट्रेलियामा पढ्नेलाई १५ हजार डलर सम्मको छात्रवृत्ति

अष्ट्रेलिया सरकारले आप्रवासी तथा विदेशी विद्यार्थीलाई ग्रामिण अष्ट्रेलिया (रीजनल अष्ट्रेलिया)मा बसोबास तथा अध्ययन गर्न प्रोत्साहनका लागी छात्रवृत्ति र भिजाको सुविधा दिने भएको छ। विदेशी मात्र नभएर र स्वदेशी विद्यार्थीलाई समेत ग्रामिण अष्ट्रेलियामा पढ्ने तथा बस्ने बनाउनका लागी सरकारले वार्षिक रुपमा एक हजार विद्यार्थीका लागी १५ हजार डलर सम्मको छात्रवृत्ति वार्षिक रूपमा उपलब्ध गराउने घोषणा गरेको छ। ‘डेस्टीनेसन अष्ट्रेलिया’ नाममा सुरू गरिने छात्रवृत्ति चार वर्षमा चार हजार सात सय विद्यार्थीका लागी उपलब्ध हुनेछ।

अष्ट्रेलिया सरकारको शिक्षा तथा प्रशिक्षण विभाग (डीपार्टमेन्ट अफ एजुकेशन एण्ड ट्रेनिङ)ले जनाएअनुसार वार्षिक रूपमा उपलब्ध हुने एकहजार छात्रवृत्ति अन्तर्राष्ट्रिय र स्वदेशी विद्यार्थीहरूका लागी बराबर रूपमा भाग लगाइने छ। यसो गर्दा अष्ट्रेलिया अध्ययनका लागी ग्रामिण क्षेत्रका कलेज तथा विश्वविद्यालय छनौट गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीको भागमा मात्र वार्षिक पाँचसय छात्रवृत्तिको कोटा पर्दछ।

यो छात्रवृत्ति ति विद्यार्थीका लागी उपलब्ध हुन्छ जसले अष्ट्रेलियाको ग्रामिण क्षेत्रमा अवस्थित विश्वविद्यालय तथा कलेजमा अध्ययनको लागी भर्ना हुन्छन्। त्यसका लागी ग्रामिण क्षेत्रका कलेज वा विश्वविद्यालयमा सर्टीफीकेट फोर, एक्रीडीटेड डिप्लोमा, एडभान्स डिप्लोमा, एशोसिएट डिग्री, ब्याचलर्स डिग्री, ब्याचलर्स अनर्स डिग्री, ग्र्याजुएट सर्टीफीकेट, ग्र्याजुएट डिप्लोमा, मास्टर्स वा डक्टरल डिग्रीको अध्ययन गर्नुपर्छ।

यो पनि पढ्नुस्: नेपाल फर्काईए बाँच्न नसक्ने भनिएका नेपाली विद्यार्थी अष्ट्रेलियाबाट डिपोर्ट हुँदै
ग्रामिण अष्ट्रेलियामा पढ्नेलाई १५ हजार डलर सम्मको छात्रवृत्ति - NepaliPage

ग्रामिण क्षेत्रमा अध्ययन र बसोबास गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलिया सरकारले भिजामा समेत थप सहुलियत दिने भएको छ। अन्तर्राष्ट्रिय विद्यार्थी जो अष्ट्रेलियाको ग्रामिण क्षेत्रमा बसेर अध्ययन सक्दछन् उनीहरूलाई पढाई सकेपछी तीन वर्षको ‘पोस्ट स्टडी भिजा’ दिने भएको छ। ग्रामिण अष्ट्रेलियामा पढाइ सकेपछीको ‘पोस्ट स्टडी भीजा’मा दुई वर्ष ग्रामिण क्षेत्रमा बसेपछी तेस्रो वर्षका लागी ‘पोस्ट स्टडी भीजा’लाई लम्ब्याउन सक्नेछन्।

‘डेस्टीनेसन अष्ट्रेलिया’ छात्रवृत्तिको लागी आवेदन यही वर्षको उत्तरार्धमा खोलिने छ भने २०२० को पहिलो ‘सेमेस्टर’बाट विद्यार्थीले यो छात्रवृत्ति पाउनेछन्।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध - NepaliPage

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध

अष्ट्रेलियामा बस्ने नेपालीहरूले बैंकिङ र वैध माध्यमबाट भन्दा बाहिरबाट नेपाल पैसा पठाउने गरेको कुरा कसैबाट …