किन काम पाईंदैन अष्ट्रेलियामा? बुझ्न र खोज्न परयो !

यतिखेर अष्ट्रेलियामा सामाजिक सञ्जाल होस् या व्यक्तिगत भेटघाटमा धेरै नयाँ आउनेहरूले गर्ने गुनासो भनेको नै काम पाईएन भन्ने हो।

नेपालबाट ‘स्टुडेन्ट भिजा’मा आउने विद्यार्थी तथा सिधै ‘पीआर’ लिएर आउने आप्रवासीहरूले अष्ट्रेलिया आउनु अघि नै यहाँको काम, कमाई र खर्चको बारेमा अध्ययन गरेर आईएन भने अष्ट्रेलिया बसाईंको पहिलो छ महिना निक्कै नै चुनौती पूर्ण हुन्छ। नेपालबाट बुनेका रूमानी सपनाहरू अष्ट्रेलियाको ‘सेयरिंग’को कोठामा पुग्दा धेरै नै ‘लो हाइट’मा झरिसकेको हुन्छ भने कामको कुरा आईसकेपछी त कुरै खतम। एक त काम पाउन निक्कै गाह्रो पाएपनि काम धानेर टिक्न गाह्रो अनि अर्को भनेको नेपालमा चिताएको भन्दा आकाश जमिनको फरक। त्यसमाथि थालमा चुठेर हिँड्ने पाराको सीप र शैली। नेपाली नवप्रवेशीलाई साह्रै गाह्रो र खपिनसक्नु हुन्छ जब आठ घण्टाको सिफ्ट पुरै उभिएर काम दन्काउनुपर्छ त्यो पनि चुस्त र फुर्तिलो गतिमा।  कमै मात्र अष्ट्रेलियाको बारेमा अध्ययन गर्ने धेरै सुनेका कुरा र फेसबुकका फोटाको आधारमा धारणाा बनाउने कतिलाई लाग्दो हो अष्ट्रेलियामा टेबलमा राखिएको कम्प्युटरमा फेसबुक चलाउँदै सहयोगीले बनाएर दिएको चिया पिउँदै डलर प्रिन्ट गर्नसकिन्छ। वास्तविकता चाहिँ कन्चटबाट बगेको पसिना तुरुरुरू कट्टु भिजाउने गरेर उँधो लाग्ने हुन्छ। मतलब, अष्ट्रेलिया ‘राजाका छोरी खेलीखाई बढेका..’ पाराकाहरूका लागी होईन, यो त परिश्रमी मौरीहरूको लागी अवसरको राजधानी हो। यहाँ दिनको १४ घण्टा किचनमा घोटिएर पढाई, खाना, बसोबास र फुर्मास गरेर पनि विद्यार्थीहरूले नेपालमा रहेका परिवारलाई धान्ने पैसाको जोहो हाँसी हाँसी गर्छन्। साताको ७० घण्टा काम गरेर, विश्वविजेता जस्तै समुन्द्रको छेउ र पबमा निस्फिक्री रमाउँछन् अनि फेसबुकमा फेसनेबल फोटो चिप्काउँछन्।

यहाँ क्लिक गरेर पढ्नुस् कसरी राम्रो रेजुमले सजिलै काम पाउम सकिन्छ अष्ट्रेलियामा  

अष्ट्रेलियामा समय र सीपको व्यवस्थापन गर्न सफल विद्यार्थीले सातामा १५०० डलर सम्म कमाउन सक्छन्।

नयाँ आउनेहरूले नेपालको धङधङी छोडेर कामलाई सम्मानको नजरले हेर्ने हो भने काम नपाउने भन्ने नै हुँदैन। काम भनेसी भेटेको गर्न परयो अनि आफ्नो क्षमता र दक्षता अनुरूप काम र आफू दुवैलाई अपडेट गर्न चुक्नुभएन। अष्ट्रेलियामा काम र कमाईको कुरा नेपालमा गरे सुने भन्दा फरक नै छ। जस्ता नेपाली विद्यार्थीहरू एकै पटक अष्ट्रेलियामा ‘क्लिनिङ’, ‘हाउसकिपिङ’ अनि ‘किचन ह्याण्ड’को शारिरीक फूर्तीका साथ गर्नुपर्ने काममा ‘एडजस्ट’ हुन सजिलै सक्दैनन्। त्यसको लागि दुई चार हप्ता समय लाग्नु पनि जरूरी नै छ। नेपालको ‘ह्याङ ओभर’ पनि सकिनु परयो अनि पढाई र त्यसको ‘फि’ तिर्नका लागी गर्नुपर्ने व्यवस्थापनको जिम्मेबारीले पनि पोल्नुपरयो त्यसपछी त ‘काम भनेको जे पनि गरिन्छ’ भन्ने भनाई वास्तविकतामा परिणत भइहाल्छ। त्यसपछी अष्ट्रेलियाको कुनै पनि शहर चाहे सिड्नी होस् या मेलबर्न या त तासमानियाको होबार्ट नै किन नहोस्। विद्यार्थीले काम नपाउने र नगर्ने भन्ने हुँदैन।

अष्ट्रेलिया आएको एक दुई हप्तामा यहाँका रोजगारका सूचना हुने वेबसाइट तथा नेपालीपेज जस्ता अनुभव र शैली साझे गर्ने वेबसाइटहरू पढ्ने र तिनमा दिएका जानकारीहरूलाई पालन गर्दै कामका लागी ‘अप्लाइ’ गरेको खण्डमा काम पाउन गाह्रो हुँदैन। बुझ्नुस्, अष्ट्रेलियामा रोजगारदाताले कुनै पनि आधारमा तपाईंलाई भेदभाव गर्न पाउँदैन र तपाईले पाउने ‘तलब’ यहाँ ‘पे’ भन्ने चलन छ त्यो अरूको भन्दा फरक हुँदैन। क्याजुअलमा काम गर्दा २५ प्रतिशत सम्म बढी ‘पे’ पाइन्छ। त्यसैले आफ्नो नेपालको अनुभव र  सिपलाई समेटेर ‘रिजुम’ बनाउनुस् र आफूलाई मिल्ने खालका पदहरूमा आवेदन (अप्लाई) गर्नुस्। अनलाईन अप्लाई गरेर यहाँका कम्पनीहरूमा काम गर्दा उनीहरूले तपाईंलाई भेदभाव गर्ने भन्ने हुँदैन भने ‘ट्याक्स’, ‘सुपर’, ‘इन्सुरेन्स’ लगायतका धेरै प्रणालीमा तपाई जोडिनुहुन्छ। साथै  उनीहरूले साप्ताहिक राम्रो पैसा पनि दिन्छन र काम पनि अलिक सजिलो नै हुन्छ। यस्ता कम्पनिमा काम गर्दा करमा पे (तलब) दिने भएकाले ठगिने सम्भावना कम हुन्छ भने अरू काममा भन्दा पैसा पनि धेरै हुन्छ। यहाँ त्यस्ता  कम्पनिको रोजगारीको सूचना हुने वेबसाइटको लिंक क्षेत्रगत रूपमा वर्गिकरण गरेर दिइएको छ जसबाट तपाई आफ्ना वरपर भएका कामका अवसरहरू बारे जान्न र उपयुक्तमा एप्लाई गर्न सक्नुहुन्छ:

Websites for General Jobs in Australia

jobsearch.gov.au

seek.com.au

mycareer.com.au

au.indeed.com

jobsjobsjobs.com.au

employment.byron.com.au

careerone.com.au

jobsearch.com.au

Recruitment Agencies to find a job in Australia

russorecruitment.com.au

adecco.com.au

ipa.com.au

halls.com.au

michaelpage.com.au

drakeintl.com.au

kellyservices.com.au

ambit.com.au

hayas.com.au

randstad.com.au

sladegroup.com.au

skilled.com.au

australianpersonnel.com.au

mosaicrecruitment.com.au

manpower.com.au

programmed.com.au

bluestonerrecruitment.com.au

chandlermacleod.com.au

positionsvacant.com.au

bluecollar.com.au

jobseeker.org.au

यहाँबाट हेर्नुस्, कोल्स, टार्गेट, बनिङ्स, केमार्टमा भ्याकेन्सी

For Government Jobs

job-directory.com.au

jobs.qld.gov.au

careers.vic.gov.au

apsjobs.gov.au

jobs.wa.gov.au

iworkfor.nsw.gov.au

jobs.act.gov.au

careers.nt.gov.au

iworkfor.sa.gov.au

jobs.tas.gov.au

Websites to find a job in your industry - NepaliPage

For Hospitality/Travel/Tourism Jobs

pinnaclepeople.com.au

wineindustryjobs.com.au

hospitalitybiz.com.au

For IT Jobs

mtr.com.au

capablestaff.com.au

For Accounting Jobs

abtrecruitment.com.au

communicatcareers.com.au

ambition.com.au

edenritchie.com.au

For jobs in Art and Films

if.com.au

artshub.com.au

अष्ट्रेलियामा कामका लागी ३० वेबसाइट

Jobs in Health and Community Organizations

australiavolunteers.com

ahha.asn.au

health.qld.gov.au

health.vic.gov.au/jobs

healthstaffrecruitment.com.au

Websites to find a job in your industry - NepaliPageFor Education sectoral Jobs

gu.edu.au/jobs

tafe.qld.gov.au

uq.edu.au

qut.edu.au

jcu.edu.au/jobs

scu.edu.au

teachers.on.net

अष्ट्रेलिया आउनासाथ काम पाउन यी तरिका अपनाउनुस्

Websites for Other Jobs

oneumbrella.com.au

dfp.com.au

astonmanam.com.au

automotivepersonnel.com.au

bellby.com.au

impexpersonnel.com.au

techstaff.com.au

nenesis.net.au/links/jobs

workingin.com

jobwire.com.au

frontlineretail.com

© Copyright 2018, All Rights Reserved. नेपालीपेजका कुनै पनि लेख वा अरू सामग्री पुन:उत्पादन वा प्रकाशनका लागी लिखित स्वीकृती अनिवार्य छ। अनधिकृत रूपमा कहिं कसैले प्रयोग गरेको भेटिएमा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडी बढाउने जानकारी गराउँदछौं।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

बढ्दैछन्, एज्ड केयरमा जासुसी क्यामेरा राख्ने - NepaliPage

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई धेरै समय काम गर्न दिने

एज्ड केयर, डिज्याबिलीटी, हेल्थ केयर र फार्ममा काम गर्ने विद्यार्थीहरूले पढाईसँगै पाक्षिक ४० घण्टा भन्दा …