आर्थिक वर्षको समाप्ति हुने समय हुन लागेसँगै अष्ट्रेलियामा पीआरको लागी हुने प्रतिस्पर्धा घाँटी भन्दा माथि पुगेको देखिएको छ। अप्रिल महिनाको ‘स्किल सेलेक्ट’को ‘ईन्भिटेसन राउण्ड’को नतिजाले आर्थिक वर्षको अन्त्य हुने समयमा हुने प्रतिस्पर्थाको चरमलाई ईंगित गरेको देखिन्छ। पछिल्लो समय १८९ उपवर्ग (सवक्लास)को भिजा पाउनको लागी विद्यार्थी तथा अष्ट्रेलियन स्थायी आवासिय अधिकार पाउन ईच्छुकले ‘स्किल सेलेक्ट’ मा ‘ईओआई’का लागी कम्तिमा पनि ८० प्वाईन्ट (अंक)को जोरजाम गरेको हुनुपर्ने स्थिती बनेको अष्ट्रेलियाको गृह विभागको पछिल्लो तथ्यांकले देखाएको छ। तर, अकाउन्टिङ पढेकाहरूका लागी भने पीआर पाउन ९० प्वाइन्ट चाहिने देखिएको छ। पछिल्लो पटक ९० प्वाईन्ट भएकाहरूले मात्र पीआरको लागी ईन्भिटेसन पाएका छन्। १८९ उपवर्गको भिजा अष्ट्रेलियामा स्थायी रूपमा बसोबास गर्न पाउने अधिकार सहितको भिजा हो जसका लागी कुनै पनि राज्य, स्थानिय सरकार वा रोजगारदाताको ‘स्पोन्सरसिप'(प्रायोजन, मनोनयन) आवश्यक पर्दैन।
११ अप्रिल २०१९ को ‘ईन्भिटेसन राउण्ड’को नतिजाले जम्मा ११० जनाको लागी अष्ट्रेलियन पीआरको बाटो खोलेपछी अष्ट्रेलियाको पीआरका आकांक्षी सबैलाई नै ‘स्किल सेलेक्ट’ मा आफ्नो प्वाईन्ट थप बढाउनुपर्ने दबाब बढेको छ। नेपालीमात्र नभएर विदेशबाट पढ्न आउने सबै विद्यार्थीहरूको रोजाईमा रहेका विषयहरू आईटी, अकाउन्टिङ, नर्सिङ, ईन्जिनियरिङ आदीमा अष्ट्रेलियाको पढाई सकेर पीआरको प्रतिक्षामा रहेकालाई ८० प्वाईन्ट कसरी बनाउने त्यसको योजना बनाउनुपर्ने अवस्था देखिन्छ। यसपटकको राउण्डमा थोरैलाई ईन्भिटेनस गएको साथै आर्थिक वर्षको अन्त्य तिर आएको कारण प्वाईन्ट धेरै माथि पुगेको अनुमान गरिएपनि कोटाहरु धेरै नै बाँकी रहिरहेको कारण अब प्वाईन्ट सँधैको लागी माथि उक्लेको पनि हुनसक्ने मानिएको छ। ’cause अष्ट्रेलिया सरकारकले हालै मात्र ग्रामिण अष्ट्रेलिया केन्द्रित जनसंख्या तथा माईग्रेसन नीति लिएको छ। त्यसो त पछिल्लो माईग्रेसन कानुनमा भएको संशोधनले धेरै अंकका मानदण्डहरूमा पनि परिवर्तन गरेको छ जसले निवेदकलाई धेरै भन्दा धेरै प्वाईन्ट दिने देखिन्छ।
यो पनि पढ्नुस्: अब यसरी पाईन्छ अष्ट्रेलियन पीआरको लागी प्वाईन्ट

११ अप्रिल २०१९ को ‘ईन्भिटेसन राउण्ड’को नतिजा अनुसार अकाउन्टेन्टका लागी ९० र अडिटर, कम्पनी सेक्रेटरी र कर्पोरेट ट्रेजररलाई पीआरवाला भिजा भर्ने ईन्भिटेसन पाउनका लागी ८५ प्वाइन्ट आवश्यक हुन्छ। त्यस्तै ईलेक्ट्रोनिक्स ईन्जिनयर, ईन्डस्ट्रियल, मेकानिकल र प्रोडक्सन ईन्जिनयर साथै अरू ईन्जिनयरिङ प्रोफेसनलहरूका लागी पीआर भर्ने निम्तो पाउन न्यूनतम ८० प्वाईन्ट आवश्यक हुन्छ। आईटीका आईसिटी बिजनेस एण्ड सिस्टम एनालिस्टका लागी ८५ प्वाईन्ट साथै सफ्टवेयर एण्ड एप्लिकेसन प्रोग्रामर, कम्प्युटर नेटवर्क प्रोफेसनल्सका लागी ८० प्वाईन्ट आवश्यक छ पीआर पाउनका लागी। धेरै लोकप्रिय विषयमा रहेका यी क्षेत्रलाई ‘प्रो राटा’ अन्तर्गतको प्रणालीबाट अष्ट्रेलियाले पीआरको लागी छनौट गर्ने गर्दछ। नेपालीहरूका बीच लोकप्रिय रहेको ‘नन प्रो राटा’मा नै पर्ने भएपनि नर्सिंङका लागी पनि पीआर पाउनका लागी ७५ प्वाईन्ट आवश्यक पर्ने देखिन्छ। यद्यपी नर्सहरूलाई अष्ट्रेलियाले चालु आर्थिक वर्षमा पीआर निक्कै कम दिएको छ। यो वर्षका लागी छुट्टयाएको कोटाको १० प्रतिशत भन्दा पनि कमलाई मात्र यो वर्षको १० महिनामा पीआर मिलेको छ।
यो पनि पढ्नुस्: अष्ट्रेलियामा नर्सलाई पनि पीआर पाउन गाह्रो

अकाउन्टेन्ट पेशामा छुट्याएको ३,७५३ कोटा मध्ये ११ अप्रिल २०१९ सम्म गृह विभागले २,६५३ जनालाई पीआरका लागी निवेदन दिन ईन्भाईट गरिसकेको छ। त्यसो त १,२५५ ईन्डस्ट्रियल, मेकानिकल र प्रोडक्सन ईन्जिनयर । १,६५० रजिस्टर्ड नर्स साथै ५,१३८ सफ्टवेयर एण्ड एप्लिकेसन प्रोग्रामरले पीआर भर्ने निम्तो पाईसकेका छन्। चालु आर्थिक वर्षमा मात्र २२,७२० जनाले यसखालको पीआर भर्ने निमन्त्रणा पाईसकेका छन्, भिजा उपवर्ग १८९ का लागी। भने उपवर्ग ४८९ मा १०० जनाले भिजा भर्ने निम्तो पाईसकेका छन्। उपवर्ग ४८९ भिजा पाउनेले अष्ट्रेलियाको ग्रामिण क्षेत्र जहाँको लागी आफूले मनोनयन पाएकाले भिजा पाएको हो त्यहाँ दुई वर्ष काम गरेर बसोबास गरेपछी पीआर भर्न पाउँछन्।
यो पनि पढ्नुस्: नेपाल फर्काईए बाँच्न नसक्ने भनिएका नेपाली विद्यार्थी अष्ट्रेलियाबाट डिपोर्ट हुँदै

अष्ट्रेलिया सरकारले आप्रवासनमा लिएको नयाँ नीति साथै भिजामा गरेको कडाईका कारण यो वर्ष र यसपछीका वर्षमा पनि पीआर पाउन थप गाह्रो हुँदैजाने देखिन्छ। सन् २०१७ देखी नै अष्ट्रेलियामा पीआर पाउनका लागी विद्यार्थीहरूले निक्कै कडा मेहनत गर्नुपरेको छ। आगामी नोभेम्बर देखी हुने भनिएको रिजनल अष्ट्रेलिया केन्द्रित नयाँ भिजा व्यवस्थाले धेरै भन्दा धेरै विद्यार्थीलाई अष्ट्रेलियाका ग्रामिण क्षेत्र पठाउने लक्ष राखेको छ जहाँ विद्यार्थीले पीआर पाउनकै लागी कम्तिमा पनि पाँच वर्ष जति बिताउनु पर्नेछ। त्यसको आर्थिक तथा सामाजिक पक्षको व्यवस्थापन मिलाउन नसक्ने हो भने अष्ट्रेलियाको पीआर धेरैका लागी सपना मात्र पनि हुनसक्छ। पीआरका लागी प्वाईन्ट जम्मा गर्न विद्यार्थीहरूले पीटीई, नाटी साथै कामको अनुभव र विभिन्न राज्यहरूले तोेकेका शर्तहरू पुरा गर्नुपर्ने हुन्छ। त्यसका लागी राम्रो परामर्श साथै योजना नै सारथी बन्ने देखिन्छ।
यहाँ हेर्नुस वर्ष २०१८-२०१९ मा कुन कुन पेशाका कतिले पीआर भर्न पाए: