अष्ट्रेलिया पढ्नेलाई आईएलटीएसमा सबै ब्याण्डमा सात ल्याउनै पर्ने बनाउन माग

अष्ट्रेलियामा विदेशी विद्यार्थीहरूलाई अंग्रेजी र आर्थिक मामलामा कडाई गर्नुपर्ने माग सम्बन्धित क्षेत्रका विज्ञहरूले चर्को रूपमा उठाउन थालेका छन्। अष्ट्रेलियामा पढ्ने विदेशी विद्यार्थीलाई अंग्रेजी भाषा दक्षता जाँच्ने परिक्षा आईएलटीएसका हरेक ब्याण्ड (लिसनिङ, स्पीकीङ, राईटीङ र रीडीङ)मा सात ल्याउनै पर्ने र अष्ट्रेलियामा पढ्न र बस्नको लागी समेत आफ्नै देशबाट खर्चको व्यवस्था गर्नुपर्ने लगायतका अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रत्यक्ष प्रभावित गर्ने सुझाव अष्ट्रेलियाका प्रसिद्ध जनसंख्याविद् तथा ‘दि अष्ट्रेलियन पपुलेसन रिसर्च ईन्टिट्युट’का प्रमुख बब बीरेलले दिएका छन्। उनले आफ्नो पछिल्लो अनुसन्धानात्मक लेखमा अष्ट्रेलियाले भोगिरहेको जनसंख्याको भिडभाडका कारण प्रमुख शहरहरूमा उत्पन्न भएका समस्या र अष्ट्रेलियाका विश्वविद्यालयहरूको पढाईको गुणस्तर साथै प्रतिष्ठालाई कायम राख्नका लागी यी लगायतका पाँच मुख्यकुरामा ध्यान दिनुपर्ने बताएका छन्।

अष्ट्रेलियाको तथ्यांक विभागको आँकडा अनुसार ४४ प्रतिशत कुल विदेशी आप्रवासन(नेट ओभरसिज माइग्रेसन)को स्रोत अन्तर्राष्ट्रिय विद्यार्थी रहेका छन्। जनसंख्या तथा पूर्वाधारविज्ञहरूले अन्तर्राष्ट्रिय विद्यार्थीको बाढीले अष्ट्रेलियाका शहरहरूको पूर्वाधारलाई ठूलो भार परिरहेको बताउँदै आएका छन्। ठूलो संख्यामा आउन थालेका अन्तर्राष्ट्रिय विद्यार्थीका कारण आवास तथा यातायातमा गम्भिर असर परेको उनीहरूको भनाई रहँदै आएको छ। सिड्नी तथा मेलबर्न जस्ता ठूला शहरमा जनसंख्याको चापका कारण कार्यालय समयमा रेल तथा बसहरूको सेवा प्रभावित हुने गरेको गुनासो सर्वसाधारणबाट समेत आउन थालेकाले सरकारले यसबारे ठोस कदम चाल्नुपर्ने बेला आईसकेको उनीहरूको सुझाव रहेको छ। आम रूपमा उत्पन्न हुन थालेको यसखालको चासोलाई सम्बोधन गर्दै अष्ट्रेलिया सरकारले केही महिना अघि मात्र अष्ट्रेलियाले वार्षिक रूपमा लिने गरेको स्थायी विदेशी आप्रवासी(पीआर पाउने)को संख्यालाई १९०,००० बाट ३० हजार घटाएर १६०,००० मा झार्ने निर्णय गरेको थियो। यससँगै अष्ट्रेलिया सरकारले स्थायी विदेशी आप्रवासी तथा अन्तर्राष्ट्रिय विद्यार्थीलाई ग्रामिण क्षेत्र(रिजनल अष्ट्रेलिया)मा केन्द्रीत गर्ने गरी आफ्नो माईग्रेसन कानुन र नीतिमा परिवर्तन गरिसकेको छ।

यो पनि पढ्नुहोस्: अकाउन्टिङमा पीआर पाउन ९० प्वाइन्ट चाहिने

अष्ट्रेलिया पढ्नेलाई आईएलटीएसमा सबै ब्याण्डमा सात ल्याउनै पर्ने बनाउन माग - NepaliPage

गत आर्थिक वर्षमा अष्ट्रेलियाको कुल विदेशी आप्रवासन संख्या २३६,७०० रहेकोमा १०४,९८७ अन्तर्राष्ट्रिय विद्यार्थी रहेको तथ्यांकले देखाएको छ। अन्तर्राष्ट्रिय विद्यार्थीको अष्ट्रेलियाको अर्थतन्त्रमा वार्षिक ३२ बिलियन डलरको योगदान रहेको छ। पछिल्लो समय नेपाल अष्ट्रेलिया विद्यार्थी पठाउने राष्ट्रमा तेस्रो प्रमुख स्रोतका रूपमा रहेको छ। नेपाली विद्यार्थीको संख्या उच्चशिक्षा साथै व्यवसायिक तालिममा समेत उल्लेख्य वृद्धि भएको छ। जनसंख्याविद् बब बीरेलले नेपाल लगायत भारतीय क्षेत्र (ईण्डियन कन्टिनेन्ट)बाट आउने विद्यार्थीहरूले आफ्नो देशबाट पढ्न र बस्नका लागी पर्याप्त पैसाको व्यवस्था गरेर नआउने भएकाले उनीहरूले न्यून सीप वा अदक्ष कामदारका रूपमा अष्ट्रेलियाका शहरहरूमा प्रवेश गर्ने गरेको आफ्नो अनुसन्धानात्मक लेखमा उल्लेख गरेका छन्। उनले यस्ता अन्तर्राष्ट्रिय विद्यार्थीका कारण अष्ट्रेलियाका विद्यालय तहको शिक्षा नसकी कामको खोजिमा रहने वर्गका लागी ठूलो समस्या पैदा गरेको बताएका छन्।

जनसंख्याविद् बीरेलले विदेशी विद्यार्थीको कारण अष्ट्रेलियाका पूर्वाधार, रोजगार र आवासका क्षेत्रमा उत्पन्न प्रभावहरूको विश्लेषण गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले सेवा क्षेत्रमा काम गरेर अष्ट्रेलियाको सेवा क्षेत्रलाई प्रतिष्पर्धी बनाउनमा भने सकारात्मक भूमिका खेलेको बताएका छन्। तर उनीहरूले आफ्नो देशबाट पर्याप्त पैसाको प्रबन्ध नगर्नाका कारण उनीहरूलाई अष्ट्रेलियामा बाँच्न र पढाईको खर्च धान्नका लागी काम गर्नुको विकल्प नरहेको अवस्थाको चित्रण उनको अनुसन्धानले गरेको छ। त्यसैले उनले अष्ट्रेलियाको शिक्षा तथा पूर्वाधार क्षेत्रलाई बहुसंख्यक मानिसहरुको लागी काम गर्नसक्ने र गुणस्तरको राख्नका लागी अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलिया ल्याउँदा पाँच मुख्य क्षेत्रमा ध्यान दिनुपर्ने उनले बताएका छन्।

यो पनि पढ्नुहोस्: अष्ट्रेलियामा नर्सलाई पनि पीआर पाउन गाह्रो

यी हुन् जनसंख्याविद् बब बीरेलले अष्ट्रेलियाको शिक्षा तथा जनसंख्या व्यवस्थापनका लागी सरकारले गर्नुपर्ने कामका रुपमा दिएका सुझाव:

१. विश्वविद्यालयहरुमा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या र अनुपातलाई सिमित गर्नुपर्छ ताकी विदेशी विद्यार्थीको भर्नाका कारण स्वदेशी विद्यार्थीका लागी अवसर कम हुन्।

२. सबै उच्च शिक्षाको तहमा आउने विदेशी विद्यार्थीहरूका लागी उनीहरूले पढाई सक्दा सम्मको समयमा आईएलटीएसका  हरेक ब्याण्ड (लिसनिङ, स्पीकीङ, राईटीङ र रीडीङ)मा सात ल्याउनै पर्ने व्यवस्था गर्नुपर्ने।

३. अष्ट्रेलियाको कलेज तथा विश्वविद्यालयमा भर्ना हुने अन्तर्राष्ट्रिय विद्यार्थीले भर्नाको समयमा नै उनीहरूको पढाई र अष्ट्रेलियामा बस्न खानको लागी आवश्यक पर्ने पर्याप्त पैसा रहेको सुनिश्चित गर्नुपर्ने।

४. एउटा तहको अध्ययन सकेर अर्को पटकको लागी विद्यार्थी भिजाको लागी निवेदन दिँदा यदी भिजा निवेदन अस्वीकृत भएको अवस्थामा निवेदकले पुनरावलोकन (एमआरटी भनेर बुझिन्छ)को लागी निवेदन दिँदा त्यसको सुनुवाई कुर्नुपरेको अवस्थामा विद्यार्थीले अष्ट्रेलिया छोड्नुपर्ने व्यवस्था गर्नुपर्ने।

५. अष्ट्रेलियाको तोकिएको पढाई सकेपछी विद्यार्थीहरूले पाउने वर्क परमिट सहितको भिजा उपवर्ग ४८५ मा पुनरावलोकन गरेर अन्तर्राष्ट्रिय विद्यार्थीहरूको यो भिजामा पहुँचलाई सिमित गर्नुपर्ने।

‘दि अष्ट्रेलियन पपुलेसन रिसर्च ईन्टिट्युट’ को अनुसन्धानको निश्कर्षका रूपमा आएको सुझाव तत्कालै सरकारले यी कुरा लागु गरिहाल्ने नभएपनि अष्ट्रेलियाको पछिल्लो माईग्रेसन नीति यसखालकै दिशामा भने अघि बढिरहेको छ। विशेष गरेर शिक्षा र विकासको क्षेत्रमा काम गरिरहेका विज्ञहरु भने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सही व्यवस्थापन गर्नमा सरकार चुकिरहे पनि उनीहरू अष्ट्रेलियामा सम्वृद्धि भित्र्याउने दूत रहेको बताउँछन्। यद्यपी आईएलटीएसमा सबै ब्याण्डमा सात ल्याउनु भने अष्ट्रेलियामा व्यवहारिक रुपमा पनि आवश्यक छ।

 

‘दि अष्ट्रेलियन पपुलेसन रिसर्च ईन्टिट्युट’ को अनुसन्धान रिपोर्ट यहाँबाट पढ्नुस्

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …