यसकारण छैनन्, अष्ट्रेलियामा नेपाली व्यवसायी सफल

अष्ट्रेलियामा नेपालीहरू पीआर तथा नागरिकता लिएर बस्ने क्रम बढेसँगै नेपालीहरूको व्यवसायमा समेत सहभागिता बढ्दो छ। आर्थिक रूपमा समेत नेपालीहरू अष्ट्रेलियामा राम्रैसँग सबल हुन थालेका छन्। जसको संकेत अष्ट्रेलियाका मुख्य शहरहरू सिड्नी, मेलबर्न, एडीलेड, पर्थ लगायतमा नेपालीहरूका व्यवसायले गर्दछन्। यतिखेर रेस्टुरेन्ट, कर तथा आर्थिक सल्लाह, कानुन व्यवसायी, एजुकेशन एजेन्ट, माईग्रेसन एजेन्सी, घरजग्गा अभिकर्ता साथै फास्टफुड उत्पादनमा समेत नेपालीहरूको सहभागीता राम्रै हुन थालेको छ। त्यसो त यहाँको कृषि क्षेत्रमा समेत नेपालीहरूको संलग्नता बढ्न थालेको छ। यो सँगै नेपालीहरूलाई कसरी अष्ट्रेलियामा काम र जागिर भन्दा पनि उद्यमको क्षेत्रमा लाग्न प्रोत्साहन गर्ने र उनीहरूलाई उद्यमी बनाउन सहयोग गर्ने समुदायको आवश्यकता महशुस गर्न थालिएको छ। नेपालीहरूमा समुहमा काम गर्न तथा आफ्नो अनुभव बाँढ्ने र अरूको अनुभवबाट सिक्ने बानी नहुँदा नयाँ क्षेत्रमा नलागी अरूले जे गरेको छ त्यसैको नक्कल गर्ने सजिलोबाटोमा लाग्ने र असफल हुनेको संख्या पनि बढिरहेको छ। एजुकेशन तथा माईग्रेसन र घरजग्गा अभिकर्ताको संख्या र लागेकाहरूले खासै उल्लेख्य प्रगती गर्न नसकेको उदाहरण भेट तथा अन्तर्क्रियामा छलफलको विषय हुने गरेका छन्।

शनिबार गैर आवासिय नेपाली महासंघ अष्ट्रेलियाले सिड्नीमा गरेको दोस्रो राष्ट्रिय उद्यमी भेलामा पनि सहभागीहरूले उद्यमका क्षेत्रमा रहेका सम्भावना र चुनौतीका बारेमा अन्तर्क्रिया गरे। कार्यक्रममा विदेशमा बस्ने नेपालीहरूका लागी नेपालमा लगानीको सम्भावना, अवसर चुनौती साथै कानुनी व्यवस्थाको बारेमा पनि चर्चा भयो। कार्यक्रममा वक्ताहरूले अष्ट्रेलियामा नेपाली व्यवसायी असफल रहनुका कारणहरू किटेर नै तिनलाई बदलेर मात्र नेपाली व्यवसायीले अष्ट्रेलियामा सफलता पाउन सक्ने सुझाव दिए।

यो पनि पढ्नुस्: यसो गर्छन् एजुकेशन कन्सल्टेन्सी

यसकारण छैनन्, अष्ट्रेलियामा नेपाली व्यवसायी सफल - NepaliPage

यो पनि पढ्नुस्: बिहानै उठे भईन्छ सफल र सकारात्मक

यूनिभर्सिटी अफ क्यान्बेराका एशोसियट प्रोफेसर डाक्टर किशोर वैद्यले गैर आवासिय नेपालीहरूले अष्ट्रेलियामा व्यवसाय गर्दा मार्केटिंगका क्रममा ध्यान दिनुपर्ने र हटाउनै पर्ने सात विशेष पक्षहरूको बारेमा चर्चा गरे। वैद्यले उपभोक्ता तथा ग्राहक पाउन र व्यवसायिक सफलताका लागी निम्न सात कुराबाट जोगिन र यस्ता पक्षबाट टाढै बस्न सुझाव दिए:

१. बिना प्रणाली र मान्यताको मार्केटिंग

(व्यवसायको प्रबद्धनका लागी योजना र प्रणाली नबनाईकन मार्केटिंगमा होमिनु। धेरैले मुल्य कम राख्नु वा घटाउनुलाई नै मुख्य ग्राहक तान्ने आधार बनाईरहेको अवस्था।)

२. जहाँ र जतापनि विज्ञापन

(आफ्नो व्यवसाय केन्द्रित भएर सम्भावित उपभोक्ताको सानो समुह र तिनीहरू सम्म पुग्ने माध्यम नबुझी जता पनि विज्ञापन गर्नु, प्रभावकारिताका बारेमा नबुझ्ने। )

३. ठूला कम्पनीको नक्कल

( आफ्नो बजार क्षमता र संभावित उपभोक्ताका बारेमा अध्ययन नगरी ठूला कम्पनीहरूको नकल गरेर विज्ञापन तथा ब्राण्डिङमा होमिनु। जुन साना व्यवसायले धान्न सक्दैनन्।)

४. विविधता र नयाँ सोचको अभाव

(व्यवसाय, सेवा तथा उत्पादनमा विविधता ल्याउने अरूले भन्दा फरक गर्ने भन्ने खालको नयाँ सोचको अभाव। जस्तो कि एउटाले ‘रियल स्टेट’को काम सुरू गरेपछी सक्ने जति नेपालीले ‘रियल स्टेट’को नै क्षेत्रमा काम गर्न थाल्ने।)

५. उपभोक्ताको खोजी

(उपभोक्ताले खोज्दै आउनुपर्ने अवस्था बनाउनु पर्नेमा आफै उपभोक्ता खोज्दै जानुपर्ने अवस्था। उपभोक्ताको खेती गर्न नजान्नु, उपभोक्ता आकर्षिक गर्ने कुनै नविन सोच नहुनु वा त्यसको क्षेत्रमा लाग्दै नलाग्नु।)

६. समय अनुकुल प्रविधी र शैली नअपनाउनु

(व्यवसाय तथा बजार प्रबर्धनका लागी अष्ट्रेलियाको बजारमा उपलब्ध प्रविधी र शैलीको प्रयोगमा नैराश्यता। यसखालको प्रविधी र शैली नअपनाई परम्परागत शैलीमा नै अगाडी बढ्दा बजारमा पछाडी पर्ने अवस्था।)

७. नसिकाउने र नलेख्ने प्रवृत्ति

(अरूको अनुभवबाट सिक्ने र आफ्नो अनुभव सुनाउने खालको प्रवृत्ति नहुनुले सफलताको आँकलन र योजना नहुनु। जस्तो कि किताब लेख्ने हो भने आफ्नो अनुभव पनि बाँढीने र लामो समयसम्मको लागी आफ्नो व्यवसायको समेत प्रवर्धन हुने।)

NAATI CCL Nepali

यो पनि पढ्नुहोस्

यसरी बनौं तनावमुक्त

भनिन्छ ‘चिन्ताले चितासम्म पुरयाउँछ’, त्यसैले मानिसहरू चिन्ताबाट परै बस्न चाहन्छन्। तर पनि चिन्ता यस्तो चिज छ कि जसले छायाँले भन्दा धेरै पच्छ्याउँछ। छायाँले बरू सित्तलमा पच्छ्याउँदैन चिन्ताले त मध्यरात पनि भन्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *