बढ्दैछन्, एज्ड केयरमा जासुसी क्यामेरा राख्ने

अष्ट्रेलिया नै हल्लाउने गरेर टेलिभिजन र ईन्टरनेटका माध्यममा प्रशारण भएको एज्ड केयरमा रहेका एक ८० बर्षे वृद्धलाई एज्ड केयरका कर्मचारीले जुत्तै जुत्ताले हिर्काएको भिडियोको असर जासुसीका लागी प्रयोग हुने क्यामेरामा परेको छ। पटक पटक एज्ड केयरमा बस्ने वृद्धवृद्धा माथि एज्ड केयर कर्मचारीहरूले अभद्र् व्यवहार गरेको घटनाहरू पटकपटक समाचारबाट सार्वजनिक भईरहेको समयमा अष्ट्रेलियाभर जासुसी क्यामेराको बिक्री ह्वात्तै बढेको समाचार माध्यमहरूले जनाएका छन्। सिड्नीको एक नर्सिङ होममा कार्यरत कर्मचारीले त्यहाँ बस्ने एक वृद्धलाई गरेको कुटपिटको भिडियो उनैकी छोरी आयदा सेलीनले गोप्य रूपमा खिचेकी थिईन। जसको कारण एज्ड केयरमा हुने दुर्व्यवहार मात्र बाहिर आएन उनको बुबाले न्याय समेत पाए। त्यसको असर यतिखेर त्यस्ता जासुसी क्यामेराको बजारमा देखिएको सेभेन न्यूजले जनाएको छ।

सेभेन न्यूजले जासुसी क्यामेरा बेच्ने एक अष्ट्रेलियन वेबसाइटका मालिक मार्क विलियमसनलाई उदृत गर्दै उल्लेख गरेको छ, उनले एज्ड केयरमा रहेका अभिभावकमाथि दुर्व्यवहारको आशंका गरेका धेरै छन्। उनलाई थप उदृत गर्दै सेभेन न्यूजले मानिसहरू उनीहरूको अभिभावकको एज्ड केयरको बसाईं र उनीहरूमा देखेको चोटका निशान, कुपोषण र समस्यामा रहेको संकेतहरूले मानिसहरूलाई चिन्तित बनाएको र उनीहरूले जासुसी क्यामेरा खरिद गर्न थालेको लेखेको छ।

यो पनि पढ्नुहोस् : यसकारण लिन छोडे नेपालीले एज्ड केयरको तालिम
बढ्दैछन्, एज्ड केयरमा जासुसी क्यामेरा राख्ने - NepaliPage

एज्ड केयरमा हुने दुर्व्यवहारको भिडियो खिच्नका लागी मानिसहरूले ३०० देखी ४०० सम्मको क्यामेरा किन्ने गरेका छन्। केही क्यामेराहरूले त अँध्यारोमा समेत प्रस्टसँग भिडियो खिच्न सक्छन्। यतिखेर एज्ड केयरमा राख्नका लागी मानिसहरूले खरिद गर्ने क्यामेराहरूमा ‘मोसन सेन्सर’ र ‘अडियो रेकर्डिंङ’ समेत हुने गरेको छ। यस्ता क्यामेराहरू एज्ड केयरमा आफ्ना अभिभावकलाई हुनसक्ने दुर्व्यवहारको प्रमाण लिनका लागी उपयुक्त हुने भएपनि यस्ता खाले क्यामेरा राख्नु अघि कानुनी व्यवस्थाहरूको ख्याल गर्न सेभेन न्यूजले भनेको छ।

यो पनि पढ्नुस्: अष्ट्रेलियामा कामको तालमेल: थोरैले फी पुग्दैन, धेरै गरे डिपोर्ट

यसै बिच अष्ट्रेलिया सरकारले पनि एज्ड केयरहरूमा क्यामेरा राखेर निगरानीको परिक्षण थालनी गरेको छ। पाँचलाख डलरको लागतमा दक्षिण अष्ट्रेलियाका पाँच नर्सिंङ होममा सिसिटीभी क्यामेरा राख्नेकाम सुरू भईसकेको छ। यो परिक्षणले सन् २०२० मा एज्ड केयर क्षेत्रमा सरकारले गर्नुपर्ने सुधारलाई मार्गनिर्देश गर्नेछ।

पछिल्लो समय आएका धेरै एज्ड केयरमा हुने गरेका दुर्व्यवहारका समाचारले अष्ट्रेलियन समुदायलाई जसरी चिन्तित बनाएर आफन्तको सुविधा र सुरक्षाको लागी सचेत रहँदै नयाँ प्रविधिको प्रयोग गर्ने बनाएको छ त्यसरी नै एज्ड केयरमा काम गर्नेलाई सचेत रहन पनि। एज्ड केयर नेपालीहरूकोलागी आकर्षक रोजगारीको क्षेत्रको रूपमा रहेको छ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

सेन्ट्रलकोस्टमा भण्डारीको भद्रगोल अष्ट्रेलियन मिडियामा - NepaliPage

सेन्ट्रलकोस्टमा भण्डारीको भद्रगोल अष्ट्रेलियन मिडियामा

अष्ट्रेलियामा घर, यहाँ आउने सबैको सपना हो। अष्ट्रेलियामा घर सबैको सपना भएपनि केहीको मात्र सजिलैसँग …