हिउँसँगै सुरू भयो वीन्टर, जाडो र रमाईलो दुवै

अष्ट्रेलियामा हिमपात र हावाहुरीसँगै यसवर्षको वीन्टर सुरू भएको छ। मेलबर्न, सिड्नी, ब्रिसबेनमा यसको राम्रै असर देखिएको छ। पानी, हिउँ र हुरीले चिसो बढाएको छ भने कामका लागी यात्रा गर्नेहरूलाई सजग रहनुपर्ने बनाएको छ। मौसमविद्ले तापक्रम माईनस दुई डिग्री सेन्टिग्रेड सम्म पुग्न सक्ने बताएका छन्। तिनवटै राज्यमा मौसमलाई लिएर सतर्कता अपनाउन सरकारी निकायहरूले सुझाएका छन्।

हिजो देखी बदलिएको मौसमले सिड्नी र वरपर बस्नेहरूलाई आज जाडो र रमाईलो दुवै दिएको छ। सिड्नीबाट केही घण्टाको ड्राईभमा नै पुग्न सकिने ठाउँहरू मात्र होईन सिड्नीको रेल संजालले छोएका भेगमा समेत हिउँ परेर सेताम्ये भएको छ। जसले जाडो सँगै सिड्नीमा बस्नेहरूलाई हिउँ खेल्ने अवसर समेत दिएको छ।

सिड्नीबाट हिउँ खेल्न ‘स्नोई माउन्टेन’ पुग्नेहरूलाई सेन्ट्रल स्टेशनबाट एक डेढ घण्टाको रेलयात्रामा नै पुग्न सकिने लिथ्गो, कटोम्बा लगायतका ठाउँमा नै हिउँ उपलब्ध छ। आज विहान देखी नै सिड्नी ट्रेन र न्यू साउथ वेल्स प्रहरीका सामाजिक संजाल हिउँका फोटो र तिनमा मानिसहरूको कमेन्टले अन्तर्क्रियात्मक बनेका छन्।

सिड्नी आसपासका शहर र नगरमा हिउँसँगै सिड्नीमा पानी समेत परेको छ। गत वर्ष लामो खडेरी खेपेको न्यू साउथ वेल्सले यसपटक राहत पाउन सक्ने देखिन्छ। केही दिन अघि मात्र न्यू साउथ वेल्समा पानीको संचय घटेको भनेर पानी प्रयोगमा आंशिक प्रतिबन्ध लगाईएको थियो। पानी र हिउँसँगै सिड्नीमा जाडो समेत बढेको छ। ब्यारिंटन टप्स, ब्लुमाउन्टेन्स, सेन्ट्रल वेस्ट, साउदर्न हाईल्याण्डस् साथै गोलबर्नमा समेत हिउँ परेको समाचार आइरहेका छन्।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …