के सजिलो छ? न्यूसाउथवेल्सको ४९१ को नोमिनेसन

आर्थिक वर्षको अन्त्यमा न्यूसाउथवेल्सको ४९१ नोमिनेसनका लागी केही सहज व्यवस्था भएपछी न्यूसाउथवेल्स छोडेर अर्को राज्यमा जानेहरू चुकचुकाउन पर्ने अवस्था देखिएको छ।

 

अष्ट्रेलियाले आफ्नो आप्रवासी भित्र्याउने नीतिमा परिवर्तन गरेपछी पछिल्ला केही वर्ष देखी अष्ट्रेलियाको पीआर पाउनुलाई एउटा लक्षका रूपमा राखेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पीआर पाउनु मुस्किलको कुरा भएको छ। विशेष गरेर आफ्नै दक्षता र क्षमताले नै पाउन सकिने उपवर्ग (सवक्लास) १८९ भीजाका लागी प्रतिस्पर्धा आम क्षमता भन्दा माथि हुनथालेपछी ‘स्टेट नोमिनेसन’का लागी तोकिएका शर्तहरू पुरा गर्नु नै यतिखेर अष्ट्रेलियाको पीआर पाउने एकमात्र बाटो देखिएको छ धेरैका लागी। त्यसैले केही लचक व्यवस्था भएका राज्यहरूमा सिड्नी, मेलबर्न लगायतका शहरमा बसेर पढेकाहरू तासमानिया, नर्दन टेरिटोरी, क्यानबेरा लगायतका राज्य तथा तिनका रीजनल शहरहरूमा सर्न थालेका छन्। यसरी सिड्नी लगायत न्यूसाउथवेल्समा रहेका विद्यार्थीहरू अन्य राज्यमा सर्न थालेको अवस्थामा न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा आएर आफ्नो रीजनल माईग्रेनसका लागी नोमिनेसन खुला गरेको छ। गत वर्षको नोभेम्बरमा ग्रामिण अष्ट्रेलिया केन्द्रीत गरेर सुरू गरिएको उपवर्ग ४९१ को भीजा प्रक्रिया अन्य राज्यले सुरू गरेर न्यूसाउथवेल्सबाट सरेर गएकाहरूले समेत पाईसक्दा पनि प्रक्रिया सुरू नगरेको न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा एकैपटक नोमिनेसन खुलायो।  एक साताका लागी मात्र निवेदन खुलाएको न्यूसाउथवेल्सले, पहिले तोकेको शर्तहरूमा पनि तत्कालै संसोधन गरयो जसले गर्दा न्यूसाउथवेल्सको रीजनल स्किल भीजा पाउने संभावना धेरैले सोचेको भन्दा निक्कै सजिलो महसुश गरिएको छ। केही माईग्रेसन एजेन्टले त यसलाई थालीमा सजाएर दिईएको ‘केक’ नै समेत भनेका छन्।

के सजिलो छ? न्यूसाउथवेल्सको ४९१ को नोमिनेसन - NepaliPage
न्यूसाउथवेल्सको ४९१ को नोमिनेसनका विषयमा वेबसाईटमा प्रकाशित संसोधित सूचना !

किन सजिलो छ न्यूसाउथवेल्सको रीजनल नोमिनेसन?

यो साताको शुक्रबार अर्थात् ३० जुन २०२० को पाँच बजे भित्रमा नै निवेदन दर्ता गराईसक्नुपर्ने गरेर खुला गरिएको न्यूसाउथवेल्सको रीजनल भीजा नोमिनेसनका लागी तोकिएको शर्तहरूमा संसोधनले यसलाई सजिलो बनाएको हो। न्यूसाउथवेल्स सरकारले भीजा नोमिनेसनका लागी आवेदन खुला गरेको केही दिनमा नै यसमा गरेको संसोधनले नोमिनेसनका लागी आवेदन भर्नेहरूलाई पहिलेको व्यवस्थाबाट उन्मुक्ति दिएको देखिएको छ। नयाँ संसोधित सूचनामा न्यूसाउथवेल्सको रीजनल स्किल अकुपेसन लिस्टमा भएका अकुपेसनमा ‘स्किल एसेसमेन्ट’ गरेकाहरू यदी न्यूसाउथवेल्सको तोकिएका रीजनल क्षेत्रमा बसोबास गरिरहेका छन् भने  उनीहरूले न्यूसाउथवेल्सको तर्फबाट रीजलन स्किल भीजा ४९१ को लागी नोमिनेसन पाउने संभावना छ। यसभन्दा अगाडी यो भीजाको लागी न्यूसाउथवेल्सको नोमिनेसन पाउन रीजनल क्षेत्रमा आफ्नो ‘स्किल एसेसमेन्ट’ भएको ‘अकुपेसन’मा १२ महिना तोकिएको रीजनल क्षेत्रमा काम गरेको साथै उक्त क्षेत्रमा नै १२ महिना निरन्तर बसोबास गरेको हुनुपर्ने शर्त थियो। पहिलेको शर्त भन्दा निक्कै सजिलो शर्त भएकाले संसोधित सूचनाले न्यूसाउथवेल्सको रीजनल नोमिनेसन पाउन निक्कै सजिलो रहेको देखिएको हो।

एक एजुकेशन तथा माईग्रेसन कन्सल्टेन्सीको न्यूसाउथवेल्सको रीजनल नोमिनेसनमा भएको संसोधनको जानकारी दिन फेसबुकमा राखिएको पोस्ट

आजै रीजनल गएँ भने के म पनि योग्य हुन्छु?

धेरै माईग्रेसन एजेन्टले न्यूसाउथवेल्सको संसोधित सूचनामा रीजनल क्षेत्रमा यति नै समय बसेको हुनुपर्छ भन्ने शर्त नरहेकाले उक्त क्षेत्रमा जानासाथ यसको लागी योग्य हुने भन्ने खालको व्याख्या पनि गरेको देखिन्छ। त्यसो त कतिपयले सबै कुराहरू ठिक गर (डु थिंक्स् राईट) गर, ठिक कुराहरू गर (डु द राईट थिंक्स्) हैन भन्ने खालका सल्लाह दिएको पनि सुन्नमा पाईन्छ। त्यसैले न्यूसाउथवेल्सको सूचना आउनासाथ सिड्नी नजिकै रहेका रीजनल क्षेत्रमा कोठा खोज्ने तथा त्यहाँ पहिले देखी बसेकाहरूसँग ‘सेयरिंग’मा केही समय अघि देखी बसेको देखाउन तथ्य तथा प्रमाण (ईभिडेन्स) बनाउन लागेकाहरू पनि धेरै छन्।

संसोधित सूचनामा बसाईंको यती नै अवधी हुनुपर्छ भनेर नतोकेको भएपनि यसअघीको १२ महिनाको अवधिका विषयमा केही लचक भएको रूपमा बुझ्नु बढी तर्कसंगत देखिन्छ। यसको मतलब अहिले सरेर एक दुई महिना अघि देखी बसेको प्रमाण देखाउँदा नै योग्य भईन्छ भन्ने आशा पालेकाहरूले नोमिनेसन पाउने सम्भावना भन्दा चार पाँच महिना देखी सो क्षेत्रमा बसेकाहरूले नोमिनेसन पाउने संभावना हजारौं गुणा बढी हुन्छ।

त्यसमा पनि न्यूसाउथवेल्स सरकारले नोमिनेसन भर्नका लागी योग्यता पुरयाउन भनेर नै रीजनल जाँदैमा योग्य नहुने कुरा स्पष्ट भनिसकेको छ। नोमिनेसनका लागी रीजनल न्यूसाउथवेल्समा बसेको योग्यता पुरयाउन तपाईं रीजनल न्यूसाउथवेल्समा राम्रोसँग सेटल भएको हुनुपर्छ। त्यसको मतलब हो तपाईंले त्यहाँ जागिर गरिरहेको हुनुपर्छ त्यो पनि राम्रो कमाई सहित, वा तपाईंका छोराछोरी छन् भने उनीहरू त्यहाँको विद्यालयमा भर्ना भएर पढिरहेको हुनुपर्छ, स्थायी बसोबासको लागी आफ्नो नाममा युनिट वा घर भाडा सम्झौता वा त्यस्तै कुनै प्रमाणजन्य व्यवस्था भएको हुनुपर्छ। यस विषयमा न्यूसाउथवेल्स सरकारको वेबसाईटमा रहेको निरन्तर सोधिने प्रश्नहरूको उत्तरका रूपमा जानकारी राखिएको छ। (Your residence must be well established and be demonstrated with evidence.)

यस विषयमा सिड्नीका माईग्रेसन एजेन्ट संजिव पाण्डेको सुझाव

के के चाहिन्छ रीजनल न्यूसाउथवेल्समा बसेको प्रमाणित गर्न?

यदी तपाईंले न्यूसाउथवेल्स सरकारको ४९१ भीजाको नोमिनेसन दाबी गर्न दिने निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरूको सूचि हेर्नुभयो भने त्यहाँ प्रस्टसँग तपाईंको अहिलेको भीजा, फोन ईन्टनेटको बिल, घरभाडा सम्झौता र घरभाडा तिरेको प्रमाण, सन् २०२० भित्र तपाईंको आमदानी र खर्च देखाउने बैंकको ‘स्टेटमेन्ट’ अत्यावश्यक कागजातको सूचिमा रहेको छ। यसको मतलब हो तपाईंले आफ्नो निवेदनमा यी कुरा राख्नै पर्छ। यी कागजातले तपाईंको रीजनल न्यूसाउथवेल्स बसाईं कति र लामो समयको लागी योजना गरेर हो कि हैन भन्ने प्रस्ट देखाउँछन्। यति भएपछी तपाईं आज वा केही साता अघि मात्र रीजनल न्यूसाउथवेल्स सरेर त्यहाँको नोमिनेसनको लागी योग्य हुन सक्छु वा सक्दिन भन्ने आफै निर्क्योल गर्न सक्नुहुन्छ। यहाँबाट हेर्नुस् रीजनल न्यूसाउथवेल्समा बसेको प्रमाणित गर्न के गर्नुपर्छ।  

 

कति लाग्छ निवेदन शुल्क?

न्यूसाउथवेल्सको रीजनल स्किल्ड भिजाको नोमिनेसनका लागी न्यूसाउथवेल्स सरकारलाई निवेदन दिनको लागी ३३० डलर शुल्क लाग्छ।

 

यी त भए न्यूसाउथवेल्सको नोमिनेसन दिनको लागी शर्तहरूका कुरा। यसबाहेक महत्वपूर्ण भनेको ४९१ भीजाको लागी होम अफेयर्स डिपार्टमेन्टको योग्यताको मापदण्ड सबै पुरा गरेको हुनुपर्छ। जुन यहाँबाट हेर्नसक्नुहुन्छ, जसमा भाषा, स्किल एसेसमेन्ट लगायत अन्य मापदण्डहरू छन्।

यो कुनै माईग्रेसन सुझाव नभई, सार्वजनिक डोमेनमा रहेका तथ्यहरूको प्रस्तुती हो। तपाईंको आफ्नो माईग्रेसन प्रक्रिया, योजना र भविष्यका विषयमा तपाईं आफैले अध्ययन अनुसन्धान गर्न सक्नुहुन्छ। यदी तपाईं माईग्रेसन सम्बन्धी परामर्श तथा सेवा चाहनुहुन्छ भने दर्तावाल माईग्रेसन एजेन्टबाट यस प्रकारको सेवा लिनसक्नुहुन्छ। त्यसका लागी यहाँ क्लिक गर्नुहोस्। माईग्रेसन एजेन्ट प्रयोग गर्दा तपाईंको अधिकारको जानकारी र ध्यान दिनुपर्ने कुराहरू यहाँ छन्

 

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

५० प्वाईन्टमा नै सम्भव छ अष्ट्रेलियामा पीआर - NepaliPage

५० प्वाईन्टमा नै सम्भव छ अष्ट्रेलियामा पीआर

केही वर्ष अघि देखी अष्ट्रेलियामा पीआर पाउन अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मुस्किल पर्न थालेको छ। पढ्नेबेलामा काम …