अगस्तको इन्भिटेसन राउण्ड: थोरै आमन्त्रण धेरै चिन्ता

अष्ट्रेलियाई सरकारले अगस्तको महिनामा जम्मा एकसय जनालाई अष्ट्रेलियाको ‘परमानेन्ट रेसिडेन्सी’ (स्थाई आवासिय) भिजा मानिने भिजा उपवर्ग १८९ का लागी आवेदन दिन आमन्त्रण गरेपछी अष्ट्रेलियाको स्थायि निवासी बन्ने चाहना राखेका धेरैलाई थप चिन्ता परेको देखिन्छ। अगस्त ११ मा अष्ट्रेलियाको गृह विभाग (डिपार्टमेन्ट अप होम अफेयर्स)ले सार्वजनिक गरेको भिजा निवेदन दिन आमन्त्रण गरेकाहरूको तथ्यांकले धेरैलाई आफू उक्त उपवर्गको भिजाका लागी योग्य नहुने पो हो कि भन्ने चिन्ता छाएको छ। विगत दुई वर्ष देखी अष्ट्रेलियाले स्थाई आवासिय भिजाहरूमा परिवर्तन गरेको छ भने यस्ता भिजा पाउनेको संख्यामा समेत कटौती हुन थालेको छ। जसले गर्दा अष्ट्रेलियामा पढेर यहीँ जिवन र ‘करिअर’ बनाउने योजनामा रहेका विद्यार्थीहरूलाई भविष्य प्रति धेरै चिन्तित बनाउन थालेको छ। अष्ट्रेलियामा पढेर करिअर बनाउँदै यहीँ जिन्दगी काटने चाहना राख्नेहरू यतिखेर ‘रिजनल’ भनेर वर्गीकरण गरिएका ग्रामिण क्षेत्र तथा सिड्नी मेलबर्न जस्ता ठूला शहर छोड्न थालेका छन्।

स्वतन्त्र रूपमा आफ्नो दक्षता र अनुभवका आधारमा पाउन सकिने भिजा उपवर्ग १८९ मा संभावना नदेखिएको बेलामा ग्रामिण क्षेत्रमा बसोबासको योग्यता पुरयाउने भिजा उपवर्ग ४८९ समेत आगामी नोभेम्बरबाट बन्द हुँदैछ। त्यसको सट्टामा आउने नयाँ भिजाको शर्तहरू के हुने भन्ने नखुलिसकेकाले विद्यार्थी जो पढाई सकेर बसेका छन् उनीहरूमा अन्यौल समेत छाएको देखिन्छ। अगस्तको इन्भिटेसन राउण्डमा कुल २०० जनालाई आएको भिजा भर्ने निम्तोमा एकसयलाई भने रिजनल प्रोभिजनल भिसा उपवर्ग ४८९ भर्नको लागी मिलेको हो। यसखालको भिजा पाउनका लागी ग्रामिण क्षेत्रको स्थानिय सरकारले मनोनित गरेको हुनुपर्दछ।

यतिखेर अष्ट्रेलियाको पीआरको लागी उपयुक्त व्यक्ति छनौट गर्ने प्रणाली ‘स्किलसेलेक्ट’मा ८५ भन्दा धेरै अंक (प्वाईन्ट) दाबी गरेको हुनुपर्ने अवस्था छ। उमेर, पढाई, अनुभव र अंग्रेजी भाषाको दक्षताको आधारमा दिईने यस्ता अंक ८५ ‘प्वाईन्ट’ पुरयाउन धेरैले सक्दैनन्। यस्तो अवस्थामा ‘रिजनल’ जानुको विकल्प देखिँदैन तर रिजनलमा काम र बसोबासको व्यवस्था मिलाउन निक्कै मुस्किल रहेको अनुभवीहरू बताउँछन्। धेरै नेपाली विद्यार्थीहरूले पढ्ने विषय अष्ट्रेलियामा धेरै माग हुने क्षेत्रको हुँदा ति विषयहरूमा प्रतिस्पर्धा धेरै छ र सरकारले स्किलसेलेक्ट’मा धेरै प्वाईन्ट पुरयाउन सक्नेलाई मात्र पीआर भर्नको लागी बोलाउने व्यवस्था मिलाएको छ।

यो पनि पढ्नुस् : रीजनल जानेलाई आकर्षण: पीआर, काम र छात्रवृत्तिअगस्तको इन्भिटेसन राउण्ड: थोरै आमन्त्रण धेरै चिन्ता - NepaliPage

Source: Department of Home Affairs Australia figures.

पछिल्लो इन्भिटेसन राउण्डको नतिजालाई  ‘ईन्भिटेसन राउण्ड’को नतिजा अनुसार अकाउन्टेन्टका लागी ९० र अडिटर, कम्पनी सेक्रेटरी र कर्पोरेट ट्रेजररलाई पीआरवाला भिजा भर्ने ईन्भिटेसन पाउनका लागी ८५ प्वाइन्ट आवश्यक हुन्छ। त्यस्तै ईलेक्ट्रोनिक्स ईन्जिनयर, ईन्डस्ट्रियल, मेकानिकल र प्रोडक्सन ईन्जिनयर साथै अरू ईन्जिनयरिङ प्रोफेसनलहरूका लागी पीआर भर्ने निम्तो पाउन न्यूनतम ८५ प्वाईन्ट आवश्यक हुन्छ। आईटीका आईसिटी बिजनेस एण्ड सिस्टम एनालिस्टका लागी ८५ प्वाईन्ट साथै सफ्टवेयर एण्ड एप्लिकेसन प्रोग्रामर, कम्प्युटर नेटवर्क प्रोफेसनल्सका लागी ८० प्वाईन्ट आवश्यक छ पीआर पाउनका लागी। धेरै लोकप्रिय विषयमा रहेका यी क्षेत्रलाई ‘प्रो राटा’ अन्तर्गतको प्रणालीबाट अष्ट्रेलियाले पीआरको लागी छनौट गर्ने गर्दछ। नेपालीहरूका बीच लोकप्रिय रहेको ‘नन प्रो राटा’मा नै पर्ने भएपनि नर्सिंङका लागी पनि पीआर पाउनका लागी थोरैमा ७५ प्वाईन्ट आवश्यक पर्ने देखिन्छ। यद्यपी नर्सहरूलाई अष्ट्रेलियाले गत आर्थिक वर्षमा पीआर निक्कै कम दिएको छ, जसले गर्दा नर्सिंङ पनि पीआर पाउने दृष्टीले राम्रो विषयका रूपमा देखिँदैन।

यो पनि पढ्नुस्: पीआरका लागी कता जाने? क्यान्वेरा, तास्मानिया कि डार्बिन

अगस्तको इन्भिटेसन राउण्ड: थोरै आमन्त्रण धेरै चिन्ता - NepaliPage

Source: Department of Home Affairs Australia figures.

यो पटकको ईन्भिटेसन राउण्डमा धेरै ईन्भिटेसन स्किलसेलेक्टमा ८५ प्वाईन्ट दाबी गरेकाहरूको लागी गएको। यति प्वाईन्ट दाबी गर्ने ६० जनाले १८९ उपवर्गको भिजा पाएका छन् भने  ४८९ उपवर्गको ग्रामिण क्षेत्रमा दुई वर्ष बसेर काम गरेपछी पीआर पाउने भिजाका रूपमा चिनिने रिजनल प्रोभिजनल भिजा भर्नका लागी ६१ जनाले आमन्त्रण पाएका छन्। ९० प्वाईन्ट दाबी गर्ने २७ ले अष्ट्रेलियाको पीआर भर्ने अवसर पाएका छन् अगस्तको महिनामा। अगस्तमा पीआर भर्नको लागी बोलाईएकाहरूमा १२ जना ९५ प्वाईन्ट दाबी गर्नेहरू छन्।

यो पनि पढ्नुस्: अष्ट्रेलियामा नर्सलाई पनि पीआर पाउन गाह्रो

अगस्तको इन्भिटेसन राउण्ड: थोरै आमन्त्रण धेरै चिन्ता - NepaliPage

Source: Department of Home Affairs Australia figures.

 

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …