सिड्नीका पोलपोलमा नेपाली विज्ञापन

नेपालीहरूको संख्या भन्दा पनि गतिविधी र चलखेलका कारण सिड्नीमा कतै नेपाली कै बहुलता त छैन भन्ने लाग्नु सामान्य हो। भ्रमै सही टिकटोक र फेसबुकका चर्तिकलाले त्यही झल्को दिन्छ। हुन त नेपालबाट अष्ट्रेलिया भनेसी आँखा चिम्लेर हान्निनेको संख्या बढेको बढ्यैछ। पढेर सकेपछी बागबजारका ‘ईन्स्टिच्यूट’ले दिने ‘शर्टिफिकेट’को जति मात्रै मान्यता हुने खालका ‘एक्रिडिटेसन’ नभएका कोर्षमा भर्ना भएर पढाई सकिने बेलामा पढेको केही काम नलाग्ने थाहा पाउने नि बढेकै छन्। अष्ट्रेलिया आएपछी आईफोन, ओपेरा हाउस र यसो पार्टि ईभेन्ट र नेपाली फिल्म प्रदर्शनमा चहलपहल नदिने हो भने नेपालमा नि नगन्लान् भन्ने भईहाल्यो। जसले गर्दा सिड्नीमा नेपाली चहलपहल धेरै छ। त्यसो त कामको प्रकृतिका कारण पनि नेपाली अनुहार सिड्नीको भिडमा धेरै देखिन्छ।

यो पनि पढ्नुस: नेपाली लाइसेन्सले अष्ट्रेलियामा गाडी चलाउनु हुन्छ? यी कुरा बुझ्नुस् पहिले
सिड्नीका पोलपोलमा नेपाली विज्ञापन - NepaliPage

नेपालीहरूको चहल पहलसँगै कार्यक्रम र सिनेमा प्रदर्शन बढेपछी विज्ञापनको हल्ला खल्ला नबढ्ने त कुरै भएन। फेसबुकका ग्रुपमा धेरै विज्ञापन हाल्न नदिने, फेसबुक र युट्युबका टेलिभिजनको प्रभावकारिता थाहा नभएको अवस्थामा विज्ञापनको दरिलो माध्यम साना कार्यक्रम आयोजकलाई बिजुलीका पोल भएका छन्। भित्ताहरू त धेरै उपलब्ध छैनन् पर्चा टाँस्नका लागी। अनि आफ्नै व्यवसाय गर्छु वा आफ्नै सिपले केही गर्छु भन्नेका लागी पनि पोल चाहिँ विज्ञापन गर्ने राम्रो माध्यम हो। विशेष गरेर बाटो काट्ने ठाउँमा राखिएका पोलहरू जसमा पैदल यात्रुले बाटो काट्नका लागी सडकका सवारी रोक्न दबाउने ‘स्वीच’ सहितको भाँडो टाँसिएको हुन्छ तिनले विज्ञापन गर्नमा निक्कै सघाउँछन्। किनभने सडकका सवारी रोक्न दबाउने ‘स्वीच’ सहितको भाँडो टाँसिएको माथि पट्टीको भागमा करिब करिब सबै पैदल यात्रुको आँखा जान्छ। मुख्य शहरहरूमा कोठा भाडामा रहेको सूचना नै धेरै टाँसिन्छ। चिनियाँ र भारतीयहरूको विज्ञापन धेरै देखिन्छ पोलमा त्यसो त अरू मूल राष्ट्रियता भएकाहरूको विज्ञापन पनि कम हुँदैन। यस्तै पोलमा नेपालीहरूका सेवाका सूचना पनि टाँसिने गरेको भेट्न सकिन्छ आजकल। विशेष गरेर नेपालीको घनत्व धेरै भएका ठाउँमा। ओबन, रकडेल, हर्स्टभिल, लिडकम, क्याम्सी लगायतमा यस्ता विज्ञापन देख्न सकिन्छ।

यो पनि पढ्नुस्: सिड्नी शहर हेर्दा लाग्छ रहर…

सिड्नीका पोलपोलमा नेपाली विज्ञापन - NepaliPage
क्याम्सीको रेल बिसौनी नजिकै रहेको सडकको बाटो काट्ने ठाउँमा भने यस्तो नेपाली भाषामा नै कपाल काट्ने सेवा दिने एकजनाको विज्ञापन देखियो। १० डलर भनेको सिड्नीमा कपाल काट्नको लागी निक्कै सस्तो दर हो। यसमा भने अनुसार त्यो पनि घरमै गएर काटिदिने भनेपछी झन सुविधाको कुरा। क्याम्सी तिर बस्नेहरूले यसको फाइदा लिनुस् है!

तपाईं सँग पनि यस्ता सीप छन् र नेपाली समुदायका सदस्यलाई सुपथ दरमा सेवा दिनसक्नुहुन्छ भने यस्तो उपाय लगाउँदा पनि राम्रो हुन्छ। सेवा लिनेलाई नि सस्तो सिप हुनेलाई नि सिपको सदुपयोग।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध - NepaliPage

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध

अष्ट्रेलियामा बस्ने नेपालीहरूले बैंकिङ र वैध माध्यमबाट भन्दा बाहिरबाट नेपाल पैसा पठाउने गरेको कुरा कसैबाट …