अष्ट्रेलियामा शरणार्थी बन्न सयभन्दा धेरै नेपालीको निवेदन

अष्ट्रेलिया, अमेरिका र यूरोपका देशमा बस्ने नेपालीहरूको शान र मानका कारण नेपालबाट यी देशमा जान चाहनेको संख्या निक्कै छ। पछिल्लो समय जसरी हुन्छ अष्ट्रेलिया, अमेरिका र यूरोपका देशमा जान अनेक हतकण्डा अपनाउनेहरूको संख्या ह्वात्तै बढेको छ। जसले गर्दा अनेकन अपराधका घटना हुने क्रम बढ्दो छ। केही समय अघि मात्र अमेरिका लैजाने भनेर ‘भाईरल बाबा’की श्रीमती बनेकी एक महिला पक्राउ परिन्। यूरोपको माल्टा देखी पोर्चुगल काममा लैजाने भनेर पैसा उठाएकाहरू भकाभक प्रहरीको थुनामा परिरेहका छन्। अनि अष्ट्रेलिया पढ्न आउनेहरूले नक्कली बिहेको कागज बनाएर फसेका सयौं उदाहरण समाचारमा पढ्न पाइन थालेको छ। नेपालमा राजनीतिक अराजकताका कारण भविष्य नदेखेपछी जसरी पनि विदेश जाने ढिपी कस्नेहरूलाई माध्यम बनाएर आर्थिक लाभ लिने माईग्रेसन तथा एजुकेशन एजेन्ट वा ‘रिक्रुटमेन्ट’ एजेन्टहरूको संख्या बिछट्टै बढेको छ।

 

अष्ट्रेलिया लैजानका लागी ठूलो रकम लिएर विभिन्न कार्यक्रम, फिल्म सुटिङ, डिपेन्डेन्ट भिजा (अरूसँग नक्कली बिहे गरेर लैजाने तर बाहिर राम्रो सुनिओस् भन्नका लागि डिपेन्डेन्ट भिजा भन्ने), भिजिट भिजालाई प्रयोग गर्ने बढेका छन्। अष्ट्रेलियाको गोपनियताको नीतिका कारण समातिए पनि खासै नाम नखुल्ने र समातिएका अनि कारबाही भोगेकाले बेईज्जतीको डरले केही नखोल्ने भएकाले यस्तो काम गरेर पैसा कमाउने ठगी धन्दा गर्नेलाई सजिलो भईरहेको छ। जसरी हुन्छ एकपटक अष्ट्रेलिया छिर्ने अनि भिजा लम्ब्याउन र काम गर्न सकिहालिन्छ नि भन्ने मानसिकताका कारण विभिन्न बहानामा भिजिट भिसामा अष्ट्रेलिया आउनेहरू बढिरहेका छन्। अनि एजेन्टहरूले त्यसमा घ्यू थपिरहेका छन् ताकी मोटो कमाई होस्।

अष्ट्रेलियामा शरणार्थी बन्न सयभन्दा धेरै नेपालीको निवेदन – NepaliPage
तथ्यांक: अष्ट्रेलियाई प्रशासनिक पुनरावलोकन न्यायाधिकरण

भिजिट भिसामा अष्ट्रेलिया आउने र विद्यार्थी भिसामा रूपान्तरण गर्नेहरूको संख्या बढिरहेको छ भने त्यससँगै भिजिट भिसामा आउनेहरूको बारेमा अष्ट्रेलियाको अध्यागमन र प्रहरीले जाँचमा पनि कडाई गर्न थालेको छ। यसरी आउनेहरू मध्ये केहीको ध्यान भने अष्ट्रेलियामा शरण मागेर शरणार्थी बन्ने हुने गरेको छ। अष्ट्रेलियाको प्रशासनिक पुनरावलोकन न्यायाधिकरण (एडमिनिस्ट्रेटिभ अपिल्स ट्राईब्युनल)को पछील्लो तथ्यांकले अष्ट्रेलियामा शरणार्थी भिसा माग गर्ने नेपालीको संख्या उल्लेख्य रहेको देखाएको छ। न्यायाधिकरणको पछिल्लो चार महिनाको प्रतिवेदनमा चार हजार दुईसय ८४ मानिसहरूले शरणार्थीको लागी निवेदन दिएको देखाएको छ। आर्थिक वर्ष २०१९ को पहिलो चार महिनामा शरणार्थीका लागी निवेदन दिनेहरूमा मलेशिया, चीन, थाईल्याण्ड, भारत, फिजी, पाकिस्तान लगायतका देशका नागरिक रहेका छन्। यतिखेर अष्ट्रेलियामा २३ हजार आठसय ७४ जनाले दिएको शरणार्थीको निवेदन उपर निर्णय हुन बाँकी नै छ। यसरी बाँकी रहेका मध्ये एकसय छ जना नेपाली हुन्।

अष्ट्रेलियामा शरणार्थी बन्न सयभन्दा धेरै नेपालीको निवेदन – NepaliPage
तथ्यांक: अष्ट्रेलियाई प्रशासनिक पुनरावलोकन न्यायाधिकरण

२३ जना नेपालीले शरणार्थीको लागी दिएको निवेदनलाई भने न्यायाधिकरणले टुंगोमा पुरयाई सकेको छ। यो आर्थिक वर्षको पहिलो चार महिनामा टुंगोमा पुगेका शरणार्थी निवेदनहरूको संख्याको आधारमा नेपालीहरू छैठौं नम्बरमा छन्। नेपालीहरू भन्दा अगाडी चिनियाँ, मलेशियन, भारतिय, भियतनामी र पाकिस्तानी छन्। अष्ट्रेलियामा शरणार्थीको दर्जा माग्ने नेपालीहरू मध्ये एकसय चार जहाजबाट कुनै न कुनै भिसामा अष्ट्रेलिया छिरेकाहरू हुन्। बाँकी दुई भने अनिधिकृत रूपमा समुन्द्रको बाटो भएर डुंगाबाट अष्ट्रेलिया छिरेकाहरू हुन्।

 

अष्ट्रेलियामा शरणार्थीको दर्जा माग्दै गरिएका निर्णय हुन बाँकी एकसय छ निवेदनका निवेदकहरू मध्ये ९३ जना सिड्नी तथा न्यूसाउथवेल्समा बस्दछन् भने १० जना भिक्टोरियाका हुन्। त्यसो त ब्रिसबेनबाट एक र पर्थबाट दुई जनाले शरणार्थी भिसाकालागी निवेदन दिएका छन्।

यो पनि पढ्नुस्: नेपाल फर्काईए बाँच्न नसक्ने भनिएका नेपाली विद्यार्थी अष्ट्रेलियाबाट डिपोर्ट हुँदै

शरण माग्ने पत्रकार र कलाकार पनि

 

अष्ट्रेलियामा शरणार्थीको रूपमा बस्नको लागी निवेदन दिनेहरू मध्ये धेरै नेपालमा राम्रो अवसर पाएकाहरू छन्। नेपालमा उपलब्ध अवसरहरूको सक्दो प्रयोग गरेर आनन्दको जिवन बिताउने उदेश्यले भिजिट भिसामा आएर शरणार्थीको निवेदन दिनेमा पत्रकार र कलाकारको संख्या राम्रै रहेको भएपनि औपचारिक रूपमा बाहेक को को हुन् भन्ने चाहीँ अनौपचारिक कुराकानीमा मात्र खुल्ने गर्दछ। पछिल्लो समय अष्ट्रेलियामा कार्यक्रम गर्ने भनेर आएका कलाकार तथा कलाकारका रूपमा मानव तस्करी नै भईरहेको भन्ने जस्ता समाचार पनि आईरहेका छन्। जसले गर्दा नाम चलेका कलाकारलाई समेत अष्ट्रेलियाले भिसा दिन छोडेको छ। दुईचार जनाको त भिजा रिजेक्ट भएको समाचार नै आईसकेको छ। त्यसो त राजदूत तथा सरकारी अधिकारीको साथ लागेर अष्ट्रेलिया छिर्ने र शरणार्थीका लागी निवेदन दिने पनि राम्रैसँख्यामा हुन लागेका छन्। केही समय अघि पूर्व नेपाली राजदूत लक्की शेर्पाको सहयोगीले मानव तस्करीको आरोप लगाउँदै आफू सुरक्षाको लागी शरणार्थी भिसामा रहेको भनेर मिडियाबाजी नै गरेका थिए।

 

कलाकार तथा पत्रकार र अन्य राजनीतिक व्यक्तिहरूलाई पनि अष्ट्रेलियामा शरणार्थी बनेर बस्नुपर्ने गरेर ज्यानै जाने खालको चिन्ताजनक अवस्था नेपालको छैन। त्यसमा पनि माओवादी नै सत्तामा आईसकेको अवस्थामा माओवादी भएका कारण राज्यले जे पनि गर्न सक्ने भन्ने शरणार्थी बन्नका लागी धेरैले अमेरिका, बेल्जियममा अपनाएका बहाना पुरानो भईसकेको छ। नेपालमा कानुन व्यवस्थाको हालत निक्कै कमजोर भएपनि कलाकार, पत्रकारहरूले शरणार्थी बन्न अष्ट्रेलिया ताक्नुपर्ने अवस्था छैन। तर बजारमा निस्कने पत्रिकाका फर्जि पुराना अंक प्रकाशन गरेर साथै आफ्नै घर कार्यालयमा आक्रमण गर्न लगाएर कागजातको रित पुरयाउने ‘तरकिब’ अपनाउने गरिन्छ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

बैंकको कागजातको कुरा नमिल्दा सिड्नी एअरपोर्टमै विद्यार्थीको भिसा क्यान्सिल - NepaliPage

बैंकको कागजातको कुरा नमिल्दा सिड्नी एअरपोर्टमै विद्यार्थीको भिसा क्यान्सिल

आफैले पेश गरेको बैंक स्टेटमेन्ट र आफ्नै नामको खाताका विषयमा अनभिज्ञता जनाउने दुई अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा सिड्नी एअरपोर्टमा नै क्यान्सिल भएको छ। विद्यार्थी भिजामा अष्ट्रेलिया पढ्न भनेर आएका ति विद्यार्थीलाई अष्ट्रेलियाका ईमिग्रेसन अधिकारीले उनीहरूले भिजा अप्लाई गर्दा पेश गरेको कागजातका विषयमा प्रश्न गर्दा उनीहरूबाट सन्तुष्ट हुने जवाफ नमिलेपछी उनीहरूको भिजा क्यान्सिल भएको हो।