घरेलु हिंशामा सिड्नीमा एक नेपालीको मृत्यु

अष्ट्रेलियाको प्रमुख शहर सिड्नीमा घरेलु हिंशाको कारण एक नेपाली मुलका युवाले ज्यान गुमाएका छन्। सिड्नीको प्रमुख केन्द्र भन्दा करिब ४० किलोमिटर पश्चिम ‘ग्रानभिल’ उपनगरको ‘बल्याकसेल स्ट्रिट’मा बसोबास गर्ने नेपाली दम्पतीको बिच झगडा हुँदा गौतम थर भएका नेपाली युवाको मृत्यु भएको हो। प्रहरीका अनुसार शनिबार साँझ भएको घटना लगत्तै आपतकालिन सेवाहरू एम्बुलेन्स र प्रहरी घटनास्थल पुगेका थिए।  घरेलु हिंशामा सिड्नीमा एक नेपालीको मृत्यु - NepaliPage

प्रहरीले ३४ वर्षिय युवालाई गम्भिर घाईते अवस्थामा भेटेको थियो भने ३४ वर्षिय महिलालाई पनि घाईते अवस्थामा सँगै भेटेको थियो। घटनास्थलमा नै प्राथमिक उपचार गरेर ती गम्भिर घाईते युवालाई ‘वेस्टमिड’ अस्पताल लगिएको थियो। अस्पतालमा डाक्टरहरूले उनलाई मृत घोषित गरेका थिए। घटनास्थलमा सँगै रहेकी महिला जसलाई मृतकको श्रीमती भनिएको छ। मृतकको श्रीमतीलाई भने अस्पतालमा सामान्य उपचार पछी प्रहरीले ‘ग्रानभिल’ प्रहरी थानामा लगेको थियो। उनलाई प्रहरीले हत्या अभियोग लगाएको छ। उनलाई प्रहरीले आईतबार ‘पारामाटा’ अदालतमा उपस्थित गराएको छ।

भिडियो: सेभेनन्यूज

हत्या र मृत्युको समाचार फैलिएपछी अष्ट्रेलियाको नेपाली समुदाय शोकमा परेको छ। मृतक युवा सिड्नीमा मोटर मेकानिकका रूपमा काम गर्ने साथै खेलकुदका क्षेत्रमा क्रियाशिल थिए। उनलाई चिन्नेहरू उनी रसिलो स्वभावको र मिलनसार बताउँछन्।  सामान्यतया यस्ता घटनामा अष्ट्रेलियामा नाम र पहिचान गोप्य राख्ने गरिन्छ तर चिनजानको कारण अष्ट्रेलियामा बसेर नेपालका वेबसाईटका लागी ‘गोन्जो’लेख लेख्ने तथा नेपाल तथा अष्ट्रेलियाका प्रसिद्ध वेबसाईटका लेख चोरी (कपीपेस्ट) गर्नेहरूले भने नाम र तस्विर सहितका लेख तथा टिपोट प्रकाशन गरेका छन्।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …