नेपालीलाई अष्ट्रेलियाको विद्यार्थी भिषा नदिन माग

अष्ट्रेलिया पढ्न आएकी युवतीका श्रीमानले नेपालमा आत्महत्या गरेपछी यतिखेर नेपालीहरूको ईन्टरनेट बहस ‘चितवन काण्ड’ अर्थात् रवी र रंजना मध्ये कसले कसलाई अष्ट्रेलिया जानका लागी प्रयोग गरयो भन्नेमा छ। तर, अष्ट्रेलियामा भने नेपालीहरूले ‘विद्यार्थी भिषा’ अरू प्रयोजनका लागी प्रयोग गरेर समस्यामा परिरहेका छन् र त्यसलाई रोक्नुपर्छ भन्ने बहस राष्ट्रिय रूपमा चलिरहेको छ। अस्वाभाविक रूपमा अष्ट्रेलिया पढ्ने नेपाली विद्यार्थीकोसँख्या बढेको अवस्थामा अष्ट्रेलियामा नेपाली विद्यार्थीहरूलाई रोक लगाउनुपर्ने माग उठेको छ। यो माग पोलिन ह्यान्सन जस्तो ‘रयाडिकल’ राजनीति गर्ने व्यक्तित्वबाट नभई विश्वविद्यालय र अन्तर्राष्ट्रिय शिक्षाका जानकारहरूबाट आएको छ।

 

सन् २०१७ देखी नेपाल अष्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीका लागी नेपाल तेस्रो ठूलो श्रोत राष्ट्रका रूपमा रहेको छ। अष्ट्रेलियाको नजिकका छिमेकी मुलुकहरू जो नेपाल भन्दा विकसित र धनी पनि रहेका छन् त्यहाकाँ विद्यार्थीहरू भन्दा नेपाली विद्यार्थीहरू अष्ट्रेलियामा धेरै छन्। नेपाली विद्यार्थीको संख्या चिनिया र भारतीय पछीको ठूलो हो अष्ट्रेलियाको लागी। अक्टोबर २०१९ सम्मको १२ महिनामा नेपाली विद्यार्थीकोसंख्या ६५ हजार सातसय ४६ रहेको अष्ट्रेलिया सरकारको तथ्यांकले देखाउँछ। जुन सन् २०१६ भन्दा तेब्बरको पनि बढी हो, २०१६ मा २१ हजार नेपाली विद्यार्थीको संख्या रहेको थियो। सन् २०१८-२०१९ को आर्थिक वर्षमा अष्ट्रेलियाको अर्थतन्त्रमा नेपाली विद्यार्थीको योगदान झण्डै तिन बिलियन डलर (२.६ बिलियन) रहेको छ जुन अघिल्लो वर्ष भन्दा एक बिलियन डलर नै बढी हो।

यो पनि पढ्नुहोस्: अष्ट्रेलियामा शरणार्थी बन्न सयभन्दा धेरै नेपालीको निवेदन

नेपालीलाई अष्ट्रेलियाको विद्यार्थी भिषा नदिन माग - NepaliPage

नेपाल जस्तो गरिब देशबाट यत्रो संख्यामा विद्यार्थी आउनु अष्ट्रेलियाका विज्ञहरूको लागी अनौठो मात्र नभएर शंकास्पद लागेको छ। अष्ट्रेलियाका उच्चशिक्षाविद्हरूले नेपाली विद्यार्थीहरू जुन मात्रामा अष्ट्रेलिया आईरहेका छन् त्यस्तै गरेर अष्ट्रेलियाको शिक्षा नेपालीहरूको आर्थिक पहुँचमा नरहेको भन्दै उनीहरू शोषणमा पर्ने खतरा रहेको समेत औंल्याएका छन्। अष्ट्रेलियन नेशनल यूनिभर्सिटीका ‘उच्च शिक्षा नीति’का प्राध्यापक एन्ड्रयू नर्टन नेपाली विद्यार्थीहरूको संख्यालाई रोक्न होम अफेयर्स विभागले ‘रातो झण्डा’ देखाउनुपर्ने बताउँछन्। नेपाली धेरै जनसंख्या नभएको र अति गरिब देश हो, त्यहाँका ठूलोसंख्याका मानिसहरू अष्ट्रेलियाको महँगो शिक्षाका लागी कसरी समर्थ होलान् भन्ने प्रश्न उनी राख्छन्। सन्डे मर्निङ हेराल्डले उनलाई उदृत गरेको ठाउँमा उनले भनेका छन्, ‘नेपाली विद्यार्थीहरूको भिषामा श्रीमती (सेकेण्डरी एप्लिकेन्ट) अति नै धेरै हुने गरेको छ, सायद उनीहरूलाई काम गर्नको लागी ल्याईन्छ।‘

यो पनि पढ्नुहोस्:  नेपाल फर्काईए बाँच्न नसक्ने भनिएका नेपाली विद्यार्थी अष्ट्रेलियाबाट डिपोर्ट हुँदै

उनको भनाईलाई सही साबित गर्न नेपालको आर्थिक तथ्यांक नै परयाप्त देखिन्छ। विश्वबैंकको तथ्यांक अनुसार नेपालीहरूको सरदर वार्षिक आय एक हजार अमेरिकी डलर रहेको छ। तर, अष्ट्रेलियाको नेपाली विद्यार्थीले भर्ना हुने विषय तथा पढाई सरदर अमेरिकी डलर १० हजार प्रति चौमास छ। जुन अपत्यारिलो र पहुँच भन्दा परको ठान्नु स्वभाविक नै हो। यूनिभर्सिटी अफ सिड्नीका एसोसियट प्रोफेसर साल्भाटोर बबोन्सले अष्ट्रेलियामा बढिरहेको नेपाली विद्यार्थीको संख्याको अवस्थालाई अष्ट्रेलिया सरकार र अष्ट्रेलियाका विश्वविद्यालयको गरिब नेपाली अभिभावक र परिवार माथिको ‘शोषण’ भनेका छन्। उनले यसमा रोक लगाउन माग गर्दै नेपाली विद्यार्थीहरू उच्च ब्याजदरमा ऋण लिएर अष्ट्रेलिया आउने र कानुनी गैरकानुनी काम गरेर नेपाल पैसा पठाउनुपर्ने दबाबमा रहने सिड्नी मर्निंग हेराल्डलाई बताए। उनी थप्छन्, सरकार र विश्वविद्यालयले सजिलो कमाई भन्दा पनि गरिब देश र जनता प्रतिको कर्तव्यलाई पनि ध्यानमा राख्नुपर्छ। भन्छन्, नेपालको लागी यो शोषण हो।

 

यसै विषयमा सिड्नी मर्निङ हेराल्डको पुरा समाचार यहाँ क्लिक गरेर पढ्नुस् ।

 

 

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …