पूर्वपतिले स्वीकारे नेपाली युवतीको हत्या

गत अक्टोबर ८ मा वेलायतमा हत्या भएकी नेपाली युवतीका पूर्वपतिले हत्या गरेको स्वीकार गरेका छन्। बेलायती प्रहरीले ३० वर्षका हफिज शरिफले नेपाली युवती सुभेक्षा बुढाथोकीको उनकै घर बार्थोलोम्यू स्ट्रीट, हाईफील्ड्स, लेस्टरमा हत्या गरेको स्वीकार गरेको जनाएको छ। तीन बच्चाकी आमा बुढाथोकीलाई शरिफले तीन बच्चाहरूको अगाडी नै धारिलो हतियारले पटक पटक प्रहार गरेका थिए।

पूर्वपतिले स्वीकारे नेपाली युवतीको हत्या - NepaliPage
बुढाथोकीका पूर्वपति शरिफ। तस्वीर: लेस्टरशायर प्रहरी

फातिमाको नामले समेत चिनिने बुढाथोकीको मृत्यु घटनास्थलमा नै भएको थियो। प्रत्यक्षदर्शीहरूको वयानको आधारमा लेस्टरशायर प्रहरीले घटनास्थलको मुचुल्का तयार पार्दै बुढाथोकीको पूर्वप्रेमी शरिफलाई सो बिभत्स हत्याको जिम्मेबार ठानेको थियो। हत्यारा आशंकित शरिफ घटना लगत्तै फरार भएका थिए। अहिले कुनै स्थायी ठेगाना नभएका शरिफलाई प्रहरीले घटनाको दुई दिन पछी कोभन्टलीबाट पक्राउ गरेको थियो। लेस्टरशायर प्रहरीले बुढाथोकीको हत्याले उनका छिमेकीहरू शोकमा परेको बताएको छ, उनी आफ्नो छिमेकमा परिचित र चिन्ने जतिले मन पराएकी युवती थिईन।

पूर्वपतिले स्वीकारे नेपाली युवतीको हत्या - NepaliPage
पूर्वपतिद्वारा हत्या भएकी नेपाली युवती सुभेक्षा बुढाथोकी, जो फातिमाको नामले पनि चिनिईन्थिन। तस्वीर: लेस्टरशायर प्रहरी

घरबासको ठेगाना नभएका शरिफले शुक्रबार अदालत (लेस्टर क्राउन कोर्ट)मा आफूले बुढाथोकीको हत्या मादक पदार्थ र कोकिनको नशामा रहँदा भएको झगडामा गरेको स्वीकार गरेको प्रहरीले बताएको छ। घटनाको छानबिनको नेतृत्व गरेका अनुसन्धान अघिकृत प्रहरी निरिक्षक मार्क सिन्स्कीले बुढाथोकीको परिवारलाई हत्याराले कबुल गर्नु र कारबाही हुनुले केही राहत मिल्ने बताए।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध - NepaliPage

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध

अष्ट्रेलियामा बस्ने नेपालीहरूले बैंकिङ र वैध माध्यमबाट भन्दा बाहिरबाट नेपाल पैसा पठाउने गरेको कुरा कसैबाट …