आवाजको अवसर, रेडियो जक्की

आरजे, अर्थात् रेडियो जक्की । रेडियोमा आवाजको माध्यमबाट आम मानिसका बीच पुग्ने मिडिया उद्योगको एउटा अवसर । यो युवा उमेरकाका लागि विशेष गरेर कलेज उमेरकाका लागि एउटा सपना र चाहनाको अवसर हो । रोजगारीका हिसाबले पनि यो ग्ल्यामर र पैसा दुवै भएको पेशा भएकाले पनि यतिखेर देशमा यो रेडियोको करिअर धेरै क्रेज बोकेको अवसरका रुपमा स्थापित भएको छ । आरजे रेडियो कार्यक्रम सञ्चालन गरेर आवाजको माध्यमबाट ग्ल्यामरको केन्द्रमा रहने अवसरका रुपमा स्थापित भइसकेको छ । सूचना तथा मनोरञ्जनका लागि ठूलो उद्योगका रूपमा विकास भएको मिडियामध्ये देशव्यापी बनेको रेडियो रुचि, चाहना र सपनालाई करिअरको रूपमा विकास गर्ने क्षेत्र हो । मिडियामध्येको सबैभन्दा सहज र धेरै पहुँच भएको माध्यम भएर मात्र होइन, प्रत्यक्ष मानिस र हाउभाउ नदेखिने भएकाले पनि आरजेप्रतिको कौतुहलले रेडियोमा कार्यक्रम चलाउने रहर पाल्नेको संख्या बढेको छ ।

आफ्नो ज्ञान र रहरको विधामा रहेर रेडियोमा करिअर बनाउन सकिने भएकाले यसमा लाग्न चाहनेको संख्या धेरै छ । त्यसमा पनि आरजे ग्ल्यामरले पनि तानेको छ रेडियो प्रस्तोता बत्रका लागि ।

निजी क्षेत्रको प्रवेश भएपछि करिअर र अवसरको रूपमा उदाएको हो रेडियो । नत्र रेडियो नेपालको स्वर परीक्षा पास गरेर त्यसैमा कार्यक्रम सञ्चालनको अवसर पाउनु निकै गाह्रो थियो । अहिले निजी क्षेत्रबाट खुलेका फ्रिक्वेन्सी मोडुलेसन (एफएम) रेडियो राम्रो आवाज र वाक क्षमता भएकाका लागि रोजगारको क्षेत्र बनेको छ । देशभर रेडियो खुल्ने क्रम जारी नै छ । अहिले नै स्वतन्त्र रेडियो प्रसारण संस्थाको संख्या चार सय नाघ्न थालिसकेको छ । अनुमतिपत्र लिनेको संख्या त त्योभन्दा पनि धेरै भइसक्यो, जसले रेडियो कार्यक्रम सञ्चालनका लागि नयाँ सोच राख्नेलाई अवसर ढोका पनि खोलेको छ ।

रेडियो संख्यासँगै श्रोता संख्या र कार्यक्रमको गुणस्तरमा हुने प्रतिस्पर्धाले भविष्यमा नयाँ सोच र कार्यव्रmम भएकाका लागि रेडियो राम्रो आम्दानीसहितको रोजगारी हुने देखिन्छ । रेडियो स्टुडियोको माइक्रोफोनबाट आरजेले बोलेका कुराले धेरैको मानसिकता अनि विचार परिवर्तन पनि गर्न सक्छ। अनि मानिसहरूलाई फ्यान बनाउन सक्छ। यो यस्तो रोजगारीको अवसर हो जहाँ पैसा मात्र हैन समाजमा बेग्लै सम्मानित पहिचान पनि यसमा छ । यसका लागि आवश्यक छ केवल नयाँ सोच। जसले श्रोतालाई रेडियो सुनूँसुनूँ बनाओस । त्यसका लागि केबल राम्रो स्वरले पुग्दैन त्यसबाहेक यी केही पक्षमा ध्यान दिनु पनि जरुरी छ ।

आवाजको अवसर, रेडियो जक्की - NepaliPage
उपकरणको ज्ञान

एउटा सफल आरजे बत्रका लागि कार्यक्रमको सोच वा राम्रो स्वरसँगै दैनिकरूपमा प्रयोग हुने र गर्नुपर्ने रेडियो उपकरणको राम्रो जानकारी हुनुपर्छ । स्टुडियोका उपकरण र तिनका प्रयोजन’bout कार्यक्रम सञ्चालनको जिम्मेवारी लिनुअगाडि नै पूरा जानकारी लिएको हुनुपर्छ । हरेक स्टेसन र स्टुडियोमा प्राविधिक व्यवस्थाका लागि सहयोगी त हुन्छन् नै तर त्यस’boutमा ज्ञान भएको खण्डमा कार्यक्रम सञ्चालनमा आत्मविश्वास पैदा हुन्छ । कार्यक्रमका बीचमा यदाकदा आइपर्ने प्राविधिक समस्या सहजै सामना गर्ने क्षमता पनि आफूमा राखिरहनुपर्छ । जसले गर्दा प्रसारण भइरहेको कार्यक्रमका बीचमा असहज परिस्थिति आउन पाउँदैन । यसले वातावरणलाई उित्तकै रोमाञ्चक र आनन्ददायी बनाइरहन्छ । साथै, यसखालको ज्ञानले अरूका बीच स्मार्ट पनि होइन्छ ।

लक्षित वर्गलाई केन्द्रमा राख्ने

रेडियो प्रसारकको संख्या बढ्दै जाँदा लक्षित श्रोताअनुसार कार्यक्रम तय गर्ने प्रवृित्त पनि बढेको छ । त्यसैले आरजे बत्र चाहनेले आफूलाई पनि कुन खालको वर्गका बीच स्थापित गर्ने हो त्यसमा ध्यान दिनुपर्छ । अहिले रेडियोलाई मनोरञ्जन साधनका रूपमा लिन थालिएको छ । यस्तो अवस्थामा आरजेको करिअर राम्रो बनाउन आफूलाई ज्ञान भएको क्षेत्र र वर्गप्रति केन्द्रीत भएर कार्यक्रम बनाउनुपर्छ । साथै, आफ्नो केन्द्रीय वर्गको सोच, चाहना र शैलीलाई सम्बोधन गर्ने खालको स्क्रिप्ट र कुराकानीको विषय छनोट गर्नुपर्छ । यसो भएको खण्डमा निश्चित वर्गको चाहनालाई रेडियो कार्यक्रमले सम्बोधन गर्न सक्छ ।

स्रोता सहभागिता

रेडियो अन्र्तक्रियात्मक माध्यमको रूपमा स्थापित भइसकेको छ । त्यसैले आरजेका रूपमा कार्यक्रम सञ्चालन गर्दा सकेसम्म बढी श्रोतालाई आफ्नो कार्यक्रममा सहभागी बनाउनमा जोड दिनुपर्छ । यसो भएको खण्डमा श्रोता पक्षको पनि बढी ध्यान कार्यक्रममा जान्छ । त्यसो त कोही एक जनाले फोनबाट बोलिरहँदा उसलाई सुत्रे अरू श्रोतामा फलानो आरजेले राम्रोसँग समय दिन्छ भत्रे पर्छ । पहिलापहिला रेडियो कार्यक्रम सञ्चालनमा सञ्चालकको एकतर्फी प्रस्तुति हुने गरेको श्रोतालाई कार्यक्रम सँग जोड्ने प्रविधि नभएर हो। अहिले फोन वा एसएमएस अनि इमेलको माध्यमबाट श्रोताका विचार, टिप्पणीलाई कार्यक्रममा समेट्नुपर्दछ। यसले श्रोतामा कार्यक्रम प्रतिको अपनत्व महसुस हुन्छ ।

सुरिलो स्वर

रेडियो माध्यम नै आवाजका लागि भएकाले उपयुक्त स्वर चाहिन्छ नै । आवाजमा मधुरता हुनु मात्र राम्रो होइन विषयलाई नेतृत्व दिनसक्ने आवाज पनि चाहिन्छ रेडियोका लागि। सुरिलो स्वर भनेर आवाजको शालिनता भत्र खोजिएको हो । आवाजमा शालिनता र शब्दको सही उच्चारण हुन सकेमा मात्र श्रोतामा आरजेप्रतिको आकर्षण रहन्छ । आवाज राम्रो भए पनि शब्दको उच्चारण गलत भएमा राम्रो मुस्कानका बीच देखिने दाँतविहीन थोते मुखजस्तो मात्र हुन्छ । उच्चारणमा हुने गल्तीले शब्दको अर्थ नै गलत लाग्ने अवस्था पनि हुनसक्छ । जसले श्रोतालाई बुझ्न पनि गाह्रो हुनसक्छ ।

इन्फोटेनमेन्टमा जोड

अहिले हरेक विषयमा सूचना र मनोरञ्जनलाई जोड्न थालिएको छ । श्रोता पनि रमाइलो वातावरणमा सिक्न वा जात्र चाहने भएका छन् । श्रोताको त्यही मुडले नै इन्फोटेनमेन्टको अवधारणालाई बल दिएको छ । आर जेको सफलता उसले तयार पारेको स्क्रिप्टमा भर पर्ने भएकाले स्क्रिप्टमा दम भर्नका लागि इन्फोटेनमेन्टमा जोड दिनुपर्छ । यो विषय हमेसा याद राख्नुपर्छ कि एउटा स्क्रिप्टले नै कुनै पनि कार्यक्रमको सफलता या असफलता निर्धारण गर्छ । सूचना र जानकारीका साथ मनोरञ्जनलाई जोडेर स्क्रिप्ट र कार्यक्रमलाई इन्फोटेनमेन्ट सोका रूपमा अगाडि बढाएको सुन्दा श्रोतालाई बोर पनि लाग्दैन ।

नैतिकता

बाहिर जेजस्तो भए पनि कार्यक्रम चलिरहँदा नैतिक पक्षलाई पनि भुल्न हुत्र । यसले श्रोतामा  आफ्ना प्रति सहानुभूतिको वातावरण बनाइराख्छ । त्यसैले हरेक आरजेले आफ्नो पेशागत आचारसंहितालाई ख्याल राख्नुपर्छ । नैतिक धरातल मापनको आधार हुने भएकाले त्यसको पालनामा चुक्नु हुँदैन । प्रसारण भइरहेको कार्यक्रममा के बोल्न हुन्छ र के हुत्र भत्रे कुरा आचारसंहिताले निर्धारण गरेको हुन्छ । त्यसका लागि आरजेसँग पत्रकार तथा मिडिया आचारसंहिताको राम्रो ज्ञान हुनुपर्छ । कार्यक्रम अन एअर भइरहेको बेला आपित्तजनक, विवाद हुने खालका र कसैको मानहानी हुने खालका कुरा गर्नु हुँदैन । यसले कुनै वाद, सम्प्रदायका श्रोता रिसाउने खतरा पनि कम हुन्छ र नैतिक साहस बढ्छ ।

आवाजको अवसर, रेडियो जक्की - NepaliPage

आरोह अवरोह

एउटा राम्रो आरजेका लागि महत्वको पक्ष हो कि उसले कति राम्रो ढंगबाट शब्द र वाक्यलाई उच्चारण गर्न सक्छ । शब्दको आरोह अवरोहलाई ध्यान नदिने र कुन वाक्य वा शब्दमा कहाँ जोड दिनेमा ख्याल नराख्ने आर जेको प्रस्तुति श्रोतालाई मन नपर्ने हुनजान्छ । शब्द र वाक्यको मुडअनुसार आफ्नो आवाज र शैलीलाई आरोह अवरोह दिने हो भने त्यसले स्क्रिप्टमा व्यक्त भावनालाई प्रतिनिधित्व गर्छ । साथै, यसले कुन पक्षलाई महत्त्व दिन खोजेको हो थाहा हुन्छ र आवाजमा पनि लालित्य महसुस हुन्छ ।

शब्द ज्ञान

रेडियो कार्यक्रममा सुनिने मानिसलाई आफूभन्दा जात्रे ठानिरहेका हुन्छन् श्रोता । आफूभन्दा पनि नजात्रे वा कमजोर मानिसको कुरा वास्तवमा कसैले पनि ध्यान र समय दिएर सुन्दैन । त्यसैले रेडियोमा कार्यक्रम सञ्चालन गरिरहँदा आफूलाई जात्रे महसुस गराइरहनुपर्छ । एउटा आरजेलाई लाखौं मानिसले सुनिरहेका हुन्छन् । यस्तो अवस्थामा उसबाट कुनै प्रसंगको गलत व्याख्या वा जानकारी एवं शब्दको गलत उच्चारण नभएको खण्डमा श्रोताले उसलाई नजात्रे ठान्छन् । त्यसले कार्यक्रम सुन्नेको संख्यामा पनि कटौती निम्त्याउँछ । कार्यक्रमको प्रस्तुति, प्रकृति र विषयलाई ख्याल राख्दै सही शब्दको उच्चारण र प्रयोगमा सहज हुनुपर्छ । हलन्त भएको शब्द एवं तुक्काको उच्चारण सही नभएको खण्डमा त्यसले पूरै वाक्यको अर्थ नै गलत पनि हुनसक्छ ।

अकमक

रेडियो कार्यक्रम सञ्चालन गरिरहेको बोलिरहँदा रोकिने अवस्था नआओस् भत्रेतर्फ पनि विशेष ध्यान दिनुपर्छ। बोल्दाबोल्दै बीचमा अकमकाउने मानिसलाई रेडियोबाट सुत्र चाहत्रन् श्रोताले। प्रसारणमा रहेको बेला बीचबीचमा रोकिएको प्रस्तुतिले श्रोतामा नकारात्मक छाप पार्छ।

सहजता

आरजेको काम रमाइलो र मस्तीले भरिएको हुन्छ । कार्यक्रमको मुडअनुसार आफूलाई ढाल्न नसक्ने प्रस्तोताले श्रोताको माया पाउन सक्दैन । आफ्ना श्रोताको मन राख्न पनि कतिपय अवस्थामा सहज भएर कार्यक्रमलाई  ‘इन्जोय’ गर्न सक्नुपर्छ। आरजेको पहिचान नै ‘जोली नेचर’ हो ।

दूरी

रेडियोबाट कार्यक्रम सञ्चालन गर्दा होस् या स्क्रिप्ट लेख्दा, दूरीलाई ख्याल राख्नै पर्छ । रेडियो प्रस्तोता र श्रोताबीचको दूरी निकै कम छ भत्रे सदैव ख्याल राख्नुपर्छ । एअरफोन कानमा राखेर रेडियो सुत्रे श्रोताले अलिकति मात्र पनि कुरा मन परेन भने स्टेसन परिवर्तन गर्न समय लगाउँदैन । रेडियो कार्यक्रम सञ्चालकले शब्दमा पनि निकटता दर्शाउन सक्नुपर्छ । श्रोतावृन्द भन्दा पनि श्रोता साथी भत्र थालिएको निकटता महसुस गराउनकै लागि नै हो । कार्यक्रमको शैली र भाषा पनि लक्षित वर्गले प्रयोग गर्ने खालको हुनु जरुरी छ ।

राम्रो छ अवसर

अहिले रेडियो स्टेसनको संख्या जसरी बढिरहेको छ । त्यसरी नै नयाँ नयाँ कार्यक्रमको माग पनि थपिरहेका छन् । आवाज र सोच भएका युवाका लागि धेरै अवसरका ढोका खोलिदिएका पनि छन् रेडियो र एफएमले ।

कोर्स

आरजे बत्रका लागि विशेष दक्षता क्षमता विकास गर्नुपर्ने गरी कोर्स र अध्ययनको आवश्यकता त हुँदैन तर पनि रेडियो उपकरण, शैली र भाषागत अभ्यासका लागि उद्घोषणको तालिम लिनु आवश्यक मानिन थालेको छ । आमसञ्चार तथा पत्रकारिता अध्ययन गरेकाका लागि यस्ता तालिमको आवश्यकता पर्दैन । आर जेका रूपमा स्थापित हुने चाहना हो भने पत्रकारितामा स्नातकसम्मको अध्ययन गर्नु राम्रो हुन्छ ।

योग्यता

आर जे वास्तवमा रेडियो मार्फत श्रोतालाई गीत संगीत र रमाइला कुरा गरेर मनोरञ्जन दिने क्षेत्र भएकाले यसमा औपचारिक अध्ययनले खासै महत्व राख्दैन । औपचारिक अध्ययनले विश्व र समाजप्रतिको ज्ञान र समझ बढाउने भएकाले आरजेका रूपमा सफलताका लागि प्राज्ञिक योग्यतालाई पनि वाञ्छित मात्र थालिएको छ । पत्रकारितामा स्नातक हुनु राम्रो हुन्छ । यसबाट कार्यक्रम सञ्चालनका लागि धेरै ज्ञान र आत्मविश्वास बढ्छ ।

चुनौती

नेपालको सन्दर्भमा रेडियोकर्मी र आरजेको चुनौती भनेको नै उपयुक्त तलब हो । धेरै रेडियो स्टेसनमा तलब नदिने र कम दिने समस्या पनि छ । यद्यपि क्षमतावान् र राम्राका लागि भने तलब समस्या बनेको छैन । राम्रो तलब पाउनका लागि आरजेहरूले आफूलाई राम्रो र अरूभन्दा फरक साबित गर्नैपर्छ ।

NAATI CCL Nepali

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ