रेटको लोभमा, हजारौं डलर चैट

‘आजको लागी अन्तिम, ५००० डलर भन्दा माथि पठाउनेलाई विशेष रेट…कन्ट्याक्ट…’

‘आजको आजै डिपोजिट हुने’

‘शनिबारको रेट, आईतबार नेपालमा डिपोजिट हुने…’

फेसबुकका ग्रुप अनि पेजमा विभिन्न श्रोतबाट सेयर हुँदै आएका यस्ता रेट सम्बन्धी स्टाटसमा कमेन्ट आउँछ:

‘दाई आजको रेट कति छ?’

‘रेट?’

अष्ट्रेलियामा बस्ने नेपाली चाहे विद्यार्थी हुन् वा अरू भिजामा हुने या नागरिकता नै लिईसकेका किन नहुन, सबैलाई चासो हुने यो रेट चाहीँ नेपाल पैसा पठाउँदा मिल्ने सटही दर हो। अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा नेपालमा प्रतिडलर मिल्ने रेटले निर्धारण गर्छ कति पैसा पठाउने र को मार्फत पठाउने। फेसबुकमा बग्रेल्ती खुलेका पेज र एकाउन्ट मार्फत हुने विज्ञापनमा दिईएको रेटले धेरैलाई आकर्षित गर्छ हुन पनि बैंक तथा अन्य मनिट्रान्सफरहरूले दिने भन्दा फेसबुकमा सेयर हुँदै आएका स्टाटसहरूले धेरै रेट दिने कुरा गर्छन्। बैंकको रेट ७५ हुँदा मनि ट्रान्सफरहरूको रेट ७६ हुन्छ अनि फेसबुक स्टाटसवाला ‘हुण्डी’को रेट हुन्छ ८० रूपैंया प्रति डलर। यस्तै रेटको आकर्षणले गर्दा धेरैले नेपाल पैसा पठाउन ‘हुण्डी’ बनिने अनौपचारिक तथा गैरकानुनी माध्यमको प्रयोग गर्छन्। जसले रेटमा केही लाभ दिएपनि पठाउन खोजेको सबै पैसा नै चैट हुने, गुम्ने र खाईदिने खतरा धेरै हुन्छ।

 

रेटको लागी नेपाल पैसा पठाउन खतराको बाटो रोज्नेहरूको बिचल्ली भएको धेरै घटनाहरू छन्। जुन पटक पटक स्टाटस वा कन्फेसन बनेर फेरी फेसबुकको बाटो नै सार्वजनिक भईरहेको छ। यस विषयमा हामी धेरै जानकार पनि छौं। तर, पनि रेटको रमरमले खतरालाई नै बिर्सेर गैरकानुनी बाटो समातिरहेका हुन्छौं अनि दुख गरेर जम्मा गरेको पैसा एउटा ठगीको काण्ड बनेर सकिन्छ। यसरी जान्छ कि त्यो ठगाईको भोगाई र गुमेको पैसा जिन्दगी भरीको लागी घाउ बनेर बस्छ।

 

तर पनि, ‘हामी यस्तै त हो नि ब्रो…’ भनेर रेट देख्नासाथ दायाँ बायाँ नसोची कसिन्छौं, पैसा ट्रान्सफर गरेर ‘स्क्रिनसट’ सेण्ड गर्न।

 

अस्ती एकजनाले मेसेज गर्नुभयो, यस्तो खालको मेसेज चैं हरेक साता जस्तै आईरहन्छ।

‘फलानो लाई चिन्नुहुन्छ?’,

‘त्यसले राम्रो रेट दिन्छु भनेर पैसा पठाएको उता नेपालमा दिँदै दिएन, एक महिना भईसक्यो!’

जवाफमा सोधियो, ‘कति पैसा?’

उत्तर आयो ’१२ हजार डलर’।

 

मेलबर्नमा सयौं नेपाली विद्यार्थीको पैसा नेपाल हुण्डी गरेर राम्रो रेटमा पठाइदिन्छु भनेर लाखौं डलर पच पारेको मान्छेसँग समुदायका अगुवा लागे नेपालबाट मिडिया लागे तर रेटको लोभमा पैसा पठाएकाहरूको हजारौं डलर चैट नै भयो। फिर्ता पाउने आशा समेत मारेर काममा धसिन थाले गुमाउनेहरू। तर, ठगहरूले नयाँ नयाँ ठाम र नाममा उस्तै आकर्षक रेटको पासो थापेर थप नयाँ अनुहारलाई फसाई रहेका छन् रेटको रंगमा। फेरी पीआरका लागी आशावादी हुँदै तासमानियामा संघर्ष गर्न पुगेकालाई रेटले चैट बनाउँदै लैजान थालेको छ। नयाँ नयाँ ‘रेट काण्ड’ अष्ट्रेलियाको नेपाली समुदायमा देखा पर्दैछ। सिड्नी, मेलबर्न, पर्थ, तासमानिया, डार्बिन, ब्रिजबेन कुनै शहर अछुतो छैन। यस्तो लाग्छ, ‘नेपाली जहाँ जहाँ छन्, रेट काण्ड त्यहीँ त्यहीँ छ…’

राम्रो रेटको आकर्षण देखाएर धेरै नेपालीको पैसा चैट पारेको अर्को ‘केस’ यतिखेर चर्चामा छ। ‘भरत केसी’ पहिले देखी नै कुख्याती पाएको नामको अनुहार फेसबुकभर फैलिएको छ। कमेन्टमा यसरी ठगिएँ म भन्नेको लाईन छ अनि सामुदायिक सचेतनाको लागी सेयर र छलफलमा लाग्ने पनि कम छैनन्। रेटको लोभ देखाएर दुखको कमाई चैट पार्नेहरू’bout सचेतना बढाउन तलको छलफलमा सहभागी हुनसक्नुहुन्छ।

 

I had to post this story of another victim of infamous Bharat KC aka Lok Gaire or Anil Basnet or Everest Craft or Son…

Posted by Deepa Rai Nepali on Wednesday, June 3, 2020

कसरी पठाउने नेपाल पैसा

 

  • अष्ट्रेलियामा कमाएको र जोगाएको पैसा नेपालमा अभिभावकलाई रेमिट्यान्सको रूपमा पठाउँदा केही सेवा शुल्क तिर्नु पर्ने र सटही दर केही कम भए पनि बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू (रेमिट्यान्स कम्पनी) बाट रकमान्तर गर्ने तरिका नै सबैभन्दा बढी सुरक्षित, भरपर्दो र औपचारिक तरिका हो ।
  • औपचारिक माध्यमहरूभन्दा कम सेवा शुल्क र बढी सटही दर प्राप्त हुने गरे पनि हुण्डी कारोवार कतै पनि दर्ता भएको नहुने हुँदा यस माध्यमबाट पैसा पठाउँदा पठाएको पैसा डुब्न सक्ने, सम्पत्तिको स्रोत नखुल्ने, दावी गर्नको लागि कुनै लिखित प्रमाण नरहने र गैर–कानूनी कारोवार भएकोले हुण्डीको कारोवारमा संलग्न दुबै पक्ष सम्पत्ति शुद्धीकरण सम्बन्धी कारवाहीको भागिदार हुन सक्दछन् ।
  • बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू मार्फत एक स्थानबाट अर्को स्थानमा रकम ट्रान्सफर गरेर पठाउने कार्य रकमान्तर हो । यो स्वदेश र विदेश दुवैतर्फ गर्न सकिन्छ। यस्तो रकम औपचारिक बैंक वित्तीय संस्था मार्फत पठाएमा त्यसलाई बैंक ट्रान्सफर भनिन्छ ।

 

  • मुलुकको अर्थतन्त्रलाई टेवा दिई देश विकासमा मद्दत पुग्न जान्छ भने हुण्डी मार्फत् गरिने कारोवारको कतै औपचारिक रेकर्ड नरहने र अधिकांश रकम विदेशमै विभिन्न अनौपचारिक वा गैरकानुनी प्रयोजनमा प्रयोग हुन सक्ने हुँदा मुलुकको अर्थतन्त्रमा नकारात्मकप्रभाव पर्न सक्दछ । यसले नेपालको कमाइ विदेशतिर पलायन हुन सक्दछ । गैरकानुनी क्रियाकलापले प्रोत्साहन पाउन सक्दछ । तसर्थ हुण्डीबाट पैसा पठाउनेकार्यलाई दुरुत्साहित गर्नु हरेक नागरिकको कर्तव्य हो। (नेपाल राष्ट्र बैंकले नेपाली विद्यार्थीहरूलाई गरेको अनुरोध)
    यो पनि पढ्नुस्: यी कुरामा ध्यान दिऔं नेपाल पैसा पठाउँदा
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

NepaliPage.com (नेपालीपेज डटकम) is a communal platform of Australian Nepalese Community to share common interest news, views and reviews. As a Nepalese Australian Community Media NepaliPage aggregates News, Australian Nepali Community Affairs from all around Australia in both Nepali and English language.

Initially the website domain was registered in 2016 and used to write on Nepalese international students issue when majority of Nepalese were  struggling to find authentic information regarding jobs and settlements in Australia. At that time it was the most visited website by Nepalese in Australia. Later on, with expanding Nepalese Australian population in Australia the website started expanding its service to support Nepalese Businesses and start-ups in Australia. Now, NepaliPage.com is one of the largest Nepalese Community Media Platform in Australia.

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

NAATI CCL Nepali

लेखक: मदनमणि

सन् २०१३ मा स्टुडेन्ट भिजामा आएका मदनमणि अष्ट्रेलियामा अध्ययन, रोजगार, जिवनशैली, माईग्रेसन लगायतका विषयमा लेख्छन्। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचार साथै अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीको 'प्रोजेक्ट म्यानेजमेन्ट' र फेडरेसन यूनिभर्सिटीको सफ्टवेयर ईन्जिनियरिङका विद्यार्थी रहेका उनीसँग नेपालमा मिडिया अध्यापन, फोटोग्राफी र पत्रकारिता गरेको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिकमा आबद्ध थिए।

यो पनि पढ्नुहोस्

अष्ट्रेलियाको तीन ‘पी’ कुन रोज्ने ?

अष्ट्रेलिया, अब नेपालीका लागी विदेश हुन छोडिसक्यो। हरेक वर्ष २० हजार भन्दा धेरै नेपालीहरू अष्ट्रेलियामा …

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ