यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी

विद्यार्थी भिसामा अष्ट्रेलिया आउने नेपाली विद्यार्थीको संख्या बढेसँगै अष्ट्रेलियाबाट नेपाल पैसा पठाउने (रेमिट गर्ने)हरूको संख्या पनि बढिरहेको छ। नेपाल पैसा पठाउने संख्यासँगै नेपाललाई लक्षित गरेर रेमिट कम्पनी चलाउनेहरू बढ्ने नै भए। त्यसको सँगसँगै कानुनी छिद्रहरूको प्रयोग गरेर तथा गैरकानुनी रूपमा अष्ट्रेलियाबाट नेपाल र नेपालबाट अष्ट्रेलिया पैसा ल्याउने काम गर्नेहरू पनि उपस्थित हुने नै भईहाले। यस्तो उपस्थितीसँगै विद्यार्थीहरूले अष्ट्रेलियामा दुख गरेर कमाएको, जोगाएको पैसा हुण्डी गर्नेहरूले ठगी गरेर पचाईदिने गरेको पनि निरन्तर सुनिने गरेको छ। तर पनि लोभलाग्दो विज्ञापनको जालमा परेर पैसा गुमाउनेहरूको संख्या घटेको छैन।

अष्ट्रेलियामा विद्यार्थी भिसामा आएता पनि सुरूमा खुबै दुख भोग्नुपरे पनि  काम र कमाईको शैली थाहा भएपछी हरेकको आमदानी राम्रै भएकाले यहाँबाट नेपाल पैसा पठाउने क्रम र दर पनि राम्रो नै छ। त्यसो त अष्ट्रेलियाको डलर नेपालमा रूपैंयामा परिवर्तन हुँदा त्यसको मूल्य बढ्ने भएकाले पनि नेपालमा अष्ट्रेलिया आउँदा लागेको ऋण तिर्न तथा घर जग्गा जोड्न सजिलो हुन्छ। त्यसैले हरेक साता हजारौं नेपाली विद्यार्थीले आउँदा लागेको ऋण तिर्नकै लागी पनि करोडौं नेपाल पठाउँछन्। अष्ट्रेलियामा नेपाली समुदायका फेसबुक ग्रुपमा दैनिक अनि घण्टा घण्टामा पोस्ट हुने ‘रेट अपडेट’ले देखाउँछ अष्ट्रेलियाबाट नेपाल पैसा पठाउनेको संख्या र चासो निक्कै च। यो सँगै सचेतताका साथ हेर्नुपर्ने कुरा हो, धेरै नेपाली विद्यार्थीहरूले नेपाल पैसा पठाउन अनौपचारिक माध्यम रोज्ने गरेका छन् जुन आर्थिक साथै कानुनी हिसाबले समेत जोखिमपूर्ण छ। विश्वभर गम्भिर वित्तिय अपराधका रुपमा हेरिने ‘मनिलण्डरिङ’ सँग यसरी पैसा पठाउन प्रयोग हुने अनौपचारिक माध्यमहरुको सँलग्नता हुन सक्ने संभावनाले उनीहरूलाई ठूलो समस्यामा पार्ने तर्फ भने कमै मात्र सचेत देखिन्छन्। नेपालमा सम्पत्ति शुद्धीकरण अर्थात् भ्रष्टाचार तथा अन्य गैरकानूनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानूनी स्रोतबाट प्राप्त भएको देखाउन त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने नियतले यस्ता अनौपचारिक ‘मनि ट्रान्सफर’को प्रयोग गर्ने संभावना छ। नेपाल राष्ट्र बैंकले यसरी पैसा पठाउने तथा पाउने कामलाई अवैध भनेको छ, जसको मतलब हुन्छ नेपालमा विदेशबाट अनौपचारिक माध्यमबाट पठाइएको पैसा अवैध हुन्छ र अन्य कानुनी कारबाहीको भागी हुनुपर्छ। त्यसैले पैसा पठाउँदा नेपालमा कानुनी हैसियत भएका संस्थाहरूबाट पाउने गरि र मनि ट्रान्सफरका रूपमा दर्ता भएका संस्थाबाट मात्र पठाउनु पर्छ।

यो पनि पढ्नुहोस्: यी कुरामा ध्यान दिऔं नेपाल पैसा पठाउँदा

यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी -NepaliPage

विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई कुनै निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सी मार्फत स्वदेशमा पठाउने वा स्वदेशबाट विदेशमा पठाउने कार्यलाई हुण्डी भनिन्छ । नेपालमा हुन्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैर–कानुनी कार्य हो । – नेपाल राष्ट्र बैंक 

कसरी थाहा पाउने वैधानिक मनि ट्रान्सफर

अष्ट्रेलियामा बस्ने र पढ्ने तथा काम गर्नेलाई कुन संस्थाबाट पैसा पठाउँदा धेरै ‘रेट’ पाईन्छ भन्ने सहजै थाहा हुन्छ किनभने ति सबै फेसबुकमा विज्ञापन गर्छन्। तर, कुन कुन संस्था नेपालमा वैध छन् रेमिट गर्नको लागि भन्ने चाहिँ धेरै कमलाई थाहा हुन्छ किनभने तिनको नाम र सूची हतपत्त भेटिंदैन। यदी तपाईं अष्ट्रेलिया वा नेपाल बाहिर कुनै पनि देशमा बस्नुहुन्छ, काम गर्नुहुन्छ र नेपाल पैसा पठाउन लागिरहनुभएको छ भने नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त निम्न संस्थाहरूबाट नेपालमा पैसा पाउने गरेर वा यी संस्थासँग सम्बन्ध भएका रेमिट कम्पनीबाट मात्र नेपाल पैसा पठाउनु वैध तथा सुरक्षित हुन्छ।

यो पनि पढ्नुहोस्: रेटको लोभमा, हजारौं डलर चैट

List of Nepal Rastra Bank Licensed Remittance Companies in Nepal

S.N. Company Address Phone No.
1 Easylink Remittance Pvt. Ltd Sorhakhutte, Kathmandu 977 14388375
2 Annapurna Travel and Tours (P) Ld Ghantaghar, Kathmandu 977 14223530
3 IME Limited Panipokhari, Kathmandu 977 14430600
4 CG FINCO Pvt. Ltd. Sanepa, Lalitpur 977 15549792
5 Sewa Remit Pvt. Ltd. Kuleshwor, Kathmandu 977 14283728
6 Prabhu Money Transfer Pvt. Ltd. Kamaladi, Kathmandu 977 14442561
7 Lalit Money Transfer P. Ltd. Gongabu, Kathmandu
8 United Remit Pvt. Ltd. Lainchaur, Kathmandu 977 14441560
9 Nepal Remit International Pvt. ltd. Kathmandu Plaza 977 14168800
10 Hulas Remittance Pvt. Ltd. Ganabahal, Kathmandu 977 12161313
11 Samsara Remit Pvt. Ltd. Nagpokhari, Kathmandu 977 14444711
12 Modern Money Express Nepal Pvt. Ltd. Kamalpokhari, Kathmandu 977 14441638
13 City Express Money Transfer Pvt. Ltd. Ghantaghar, Kathmandu 977 14231900
14 Advance Money Transfer Pvt Ltd Sundhara, Kathamndu 977 14266344
15 Nava Durga Money Transfer Pvt. Ltd. Dillibazar, Kathmandu 977 14423980
16 Zenith Remit Pvt. Ltd. Kathmandu Plaza 977 14168548
17 Surya Remit Pvt. Ltd. Samakhusi, Kathmandu 977 14353445
18 Panos Remmit Pvt. Ltd. Koteshwor, Kathmandu 977 14602199
19 Digitek Remittance Pvt. Ltd. Gairidhara, Kathmandu 977 14232068
20 C.G. Money Remit Pvt. Ltd. Jhamsikhel, Lalitpur 977 15545891
21 J.M.E. Remit Company Pvt. Ltd. Durbar Marg, Kathmandu 977 9851042851
22 Yes Remit Pvt. Ltd. Gairidhara-2, Kathmandu 977 14004711
23 Times Remit Pvt. Ltd. Kathmandu Mall, Sundhara 977 14150170
24 I Pay Remit (P.) Ltd. Gairidhara, Kathmandu 977 14435122
25 My Remit Pvt. Ltd. Baluwatar, Kathmandu 977 14414427
26 Kantipur Remit (P.) Ltd. Newroad, Kathmandu 977 9851130080
27 G.M.E. Remit (P.) Ltd. Lainchaur, Kathmandu 977 14024065
28 Pashupati Nepal Remit (P.) Ltd. Dillibazar, Kathmandu
29 Sansar Remit Pvt. Ltd. Durbar Marg, Kathmandu 977 9851114202
30 Mahakali Remit Pvt. Ltd. New Road, Kathmandu 977 9851053372
31 K.M.E. International Remittance Pvt. Ltd. Gongabu, Kathmandu 977 9851024897
32 Maya Remit Pvt. Ltd. Pulchowk, Lalitpur 977 15527795
33 Goodwill Remit Pvt. Ltd. Kamalpokhari, Kathmandu 977 9851024924
34 Thamel Remit Pvt. Ltd. Hattisar, Kathmandu 977 9851026514
35 Smart Remit Pvt. Ltd. Kathmandu Mall, Kathmandu 977 9843356666
36 CFS Remit Pvt. Ltd. Teku, Kathmandu 977 9851034844
37 Global Mountain Remit Pvt. Ltd. Pingalasthan, Kathamndu 977 14113766
38 Boom Remittance Pvt. Ltd. Soalteemode, Kalimati 977 9849025038
39 Overseas Remit Pvt. Ltd. Nayabaneshwor, Shankmul 977 01 4786467
40 Max Money Transfer Pvt. Ltd. Anamnagar, Kahmandu 977 9802900555
41 Remit to Nepal Pvt. Ltd. Chakupat, Lalitpur-10 977 9803871506
42 Q. S. Remit Pvt. Ltd. Lazimpat, Kahmandu 977 14425521
43 Ramro Remit Pvt. Ltd. Baluwatar, Kathmandu 977 9851215045
44 Cashway Money Transfer Pvt. Ltd. Battisputali, Kathmandu 977 14489616
45 National Money Transfer Pvt. Ltd. Kalimati, Kathmandu 977 14301307
46 Esara Remit Pvt. Ltd. Baluwatar, Kathmandu 977 9851184771
47 Bhatbhateni Money Transfer Pvt. Ltd. Kantipath, Kathmandu 977 01 4267854
48 Hub Remit Pvt. Ltd. Nagpokhari, Kathmandu 977 01 4413353
49 Namaste Remit International Pvt. Ltd. New Baneswor, Kathmandu 977 01 4104007
50 Pay Safe Remit Pvt. Ltd. Gaushala, Kathmandu 977 01 4470235
51 Esewa Money Transfer Pvt. Ltd. Hattisar, Kathmandu 977 01 4415579

 

निम्न संस्थाहरूको रेमिट अनुमतिपत्र नेपाल राष्ट्र बैंकले खारेज गरेको हुनाले तलका संस्थाहरूसँग सम्बन्ध भएका रेमिटबाट पैसा पठाउँदा त्यसको वैधता नहुनसक्छ।

Nepal Rastra Bank Delicensed following Remittance Companies in Nepal

S.N. Company Address Delicensed Date
1 Muncha Money Transfer (P) Ltd Ekanatakuna, Lalitpur 26/04/2018
2 Gandaki Remit Pvt. Ltd. New Road, Kathmandu 16/11/2018
3 Genius Express Remit Nepal Pvt. Ltd. Dharmapath, Kathmandu 12/02/2019
4 Buddha International(Everest International) Remit Pvt. Ltd. Sinamangal, Kathmandu 25/06/2019
5 Nepal Universal Money Transfer Service Pvt. Ltd. Dharmapath, Kathmandu 977 14227653

के हुन्छ हुण्डी तथा दर्ता नभएका रेमिट कम्पनीबाट पैसा पठाउँदा?

फेसबुक तथा तपाईं बसेको देशमा रहेको नेपालीहरूको संजालहरूमा मात्र विज्ञापन गर्ने, औपचारिक कार्यालय ठेगाना नभएका, नेपाल राष्ट्र बैंकको सूचिमा नरहेका तथा नेपाल राष्ट्र बैंकको रेमिट स्वीकृती पाएका बैंक तथा वित्तियसंस्थाहरू नेपालको पेमेन्ट पार्टनर नरहेका रेमिट कम्पनीहरूबाट पैसा पठाउँदा पैसा समयमा नपुग्ने हुनसक्छ। त्यसो त फेसबुक एकाउन्ट तथा पेजबाट मात्र प्रचार गरेर आकर्षक ‘रेट’ दिने कम्पनीहरूबाट पैसा पठाउँदा पैसा नै खाईदिने हुनसक्छ। अष्ट्रेलियामा सयौंका संख्याका नेपाली विद्यार्थीहरूबाट जम्मा पारेर करोडौं रूपैयाँ नेपालमा नदिई खाईदिएको धेरै उदाहरण रहेका छन्। कतिपय देशमा हुण्डी कारोवार गर्ने दुवै पक्षलाई जेल तथा ठूलो जरिवानाको सजायँ हुन्छ। त्यसो त, यसको कारोबारमा प्रमाणको अभाव हुने भएकाले तपाईंले दिएको पैसा यदी हुण्डीवालाले नेपालमा तपाईंको मान्छेलाई दिएन र पचाईदियो भने तपाईंको मेहनतको कमाई सबै बालुवामा पानी हुन्छ।

यदी तपाईं विदेशमा कमाएको पैसाले नेपालमा घर जग्गा जोड्ने सोचमा हुनुहुन्छ वा ऋण तिर्ने योजना हो भने तपाईंले वैधानिक माध्यम चिनेर, खोजेर नै पठाउनुपर्ने हुन्छ। किनभने नेपालमा तपाईंको पैसाको श्रोत देखाउनुपर्छ। श्रोत नखुलेको पैसा आपराधिक गतिविधीबाट आर्जित हैन भनेर सावित गर्न नसकिने भएकाले तपाईं ठूलो सजायँको भागिदार हुनुपर्छ। यस्तो अवस्थामा पैसा त जान्छ नै ठूलो जरिवाना र जेल पनि जानुपर्ने हुन्छ।

अनि विभिन् यापहरूबाट पठाउँदा नि?

यतिखेर हाम्रो मोबाईलमा उपलब्ध विभिन्न यापहरूबाट पनि नेपाल पैसा पठाउन सकिन्छ। जस्तै कि रेमिट्ली। यस्ता याप पनि रेमिट कम्पनी नै हुन्। विभिन्न कम्पनीहरूले ग्राहकको सजिलोका लागी मोबाईल यापबाट कारोबार गर्न सजिलो बनाएका मात्र हुन्। यस्ता यापबाट पैसा नेपाल पठाउने हो बने ति कम्पनीहरूले नेपालमा रेमिट कम्पनीका रूपमा स्वीकृती पाएका बैंक तथा वित्तियसंस्थाबाट कसरी तपाईंका आफन्तलाई पैसा दिन्छन्? र त्यो तरिका वैध हो कि होईन भनेर तपाईंले खुट्याउनु पर्ने हुन्छ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी - NepaliPage

ध्यान दिनुस दशैंमा पैसा पठाउँदा

मेलबर्न र तासमानियामा एक यस्तै ‘हुण्डी’ संचालकले विभिन्न व्यक्तिबाट उठाएर करिब चार लाख डलर पचाईदिएको कुरा त फेसबुकमा छ्यालब्याल नै भईसकेको कुरा भयो। त्यसैले यदी आफू त्यस्तो ठगिनेको सूचिमा पर्न छैन पैसा गुमाउनु छैन भने दशैंमा नेपाल पैसा पठाउँदा अलिक बढी विचार गर्नु र राम्रो ‘रेमिट’ कम्पनी छान्नु बुध्दिमानी हुन्छ। ‘हुण्डीमा रेट राम्रो छ’, ‘फलानोले नि यसैबाट पठाईराको हो’ भन्ने हो भने चाहिँ सबैले भन्न सक्ने भनेको ‘राम राम’ मात्र हो।