रेमिटान्सको विषयमा अष्ट्रेलियामा धेरै विषय आइरहेको छ र सबैलाई यसको विषयमा जानकारी नहुँदा दुःख गरेर कमाएको पैसा गुमाउनु परेको छ। आज रेमिटान्सको विषयमा केही व्यावहारिक र कानुनी पक्ष बताउन चाहन्छु। नेपाल राष्ट्र बैंकले उसले अनुमति दिएको बैंकबाहेक अन्य माध्यमबाट पैसाको कारोबार हुने व्यवसायलाई अबैधानिक भन्छ। तर धेरै जनालाई कुन रेमिट्यान्स वैधानिक हो भन्ने थाहा नहुन सक्छ। मलाई पनि सुरुमा अष्ट्रेलियाआउँदा एक जना मित्र ले दाई यो रेमिटबाट नेपाल पैसा पठाउँदा, राम्रो छ ‘रेट’ पनि राम्रो दिन्छ भनेपछि त्यसको फेसबुक पेज हेर्दा रेमिट लिगल नै लाग्यो २/३ पटक पठाए पछि
समयामा पैसा नेपालमा नपाए पछि थाहा भयो कि त्यो रेमिट नेपालको लागि अवैधानिक रहेछ वा हुन्डी मार्फत नेपालको बैंकमा डिपोजिट हुने रहेछ। अष्ट्रेलियामा रहेका यस्ता धेरै रेमिट जसले अष्ट्रेलिया सरकारलाई कर तिरेर अष्ट्रेलियामै बसेर गरिने पैसाको कारोबार वैधानिक हो तर नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएका हुँदैनन जुनबाट नेपालमा पैसा पठाउदा अवैधानिक मानिन्छन । धेरै बठ्याईँ नजान्ने, बाहिरी कुरामा चासो नदिने वा नियम कानुन अनुसार जति लाग्छ त्यति तिरेर पैसा पठाउँछु भन्ने नेपालीले पनि यस्तो माध्यमबाट नेपालमा पैसा पठाइरहेका छन् । तर अहिले रेमिट्यान्स सेवा अनलाईन मार्फत सिधै नेपालको बैंकमा ट्रान्सफर गर्न सकिन्छ। ती रेमिट लिगल हुन। जसले रेट पनि हुण्डिले जति नै दिन शुरू गरेका छन् तपाईंहरूले ३ ओटा मात्र अनलाइन रेमिट फलो गर्नु भयो भने पनि राम्रो रेट पाउनु हुनेछ।
नेपाल पैसा पठाउँदा रेमिटान्स सम्बन्धी पालन गर्नुपर्ने शर्तहरू
नेपाल पैसा पठाउँदाका व्यावहारिक पक्ष
- हुन्डी वालाको हामीभन्दा बढी प्रभाव यो देशमा रहेको छ किनकि उनीहरू समुदायमा केही समाजसेवा गरेको जस्तो गर्दै आफ्नो प्रभाव पारेर बसिरहेका छन्।
- अवैधानिक रुपमा रहेका रेमिट र हुन्डीले दिएको रेटको पछि लाग्ने तर यसले भविष्यमा देखाउने असर तिर नसोच्ने , दुःख गरेर कमाएको पैसा सुरक्षित माध्यमबाट नपठाउने, समस्या परेसी म डुबे भन्ने सुनिन्छ।
- मानौं तपाईंको बुवा सरकारी सेवामा, कुनै संस्थामा वा प्राइभेट सेवामा कार्यरत हुनुहुन्छ भन्ने यसरी पठाएको रकमको आमदानीको श्रोत देखिँदैन कुनै उजुरी दर्ता भएमा अख्तियार वा सम्पति शुद्धिकरण विभागले कारबाही गर्न सक्छ। तपाईंले यताबाट पठाएको पैसा आमदानीका रूपमा देखिनको लागी तपाईंले पठाएको रकम तपाईंको नै नामबाट तपाईंको परिवारको बैंक खातामा जम्मा भएको हुनुपर्छ।
- तपाईंले पठाएको रकमबाट नेपालमा कुनै जग्गा जमीन किन्दै हुनुहुन्छ भने तपाईंले कसरी कमाउनु भयो भनेर आमदानीको श्रोत देखाउनु पर्दछ आजकल त मालपोत कार्यालयले बैंक मार्फत कारोबार गर्नु पर्ने भनी निर्देशन जारी नै गरेको छ। जसका लागी लिगल रेमिटको प्रयोग गर्नु जरूरी छ।
- मानौं तपाईंले १० लाख भन्दा माथि नेपालको बैंकमा रकम जम्मा गर्नु भयो भने त्यसको आमदानीको श्रोत पनि दिनु पर्छ
- नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई रेमिट्यान्स कारोबारमा कडाइ गरेको छ जसले गर्दा तपाईंको यस्ता गल्तीले गर्दा भविष्यमा तपाईंको परिवारलाई कुनै समस्या नहोस वा समाजमा सबैको नराम्रो चाहने व्यक्ति हुन्छन् त्यस्ता व्यक्तिले चाहेमा तपाईंको परिवारलाई कानुनी दायरामा ल्याउन सक्छन्।
- अनौपचारिक माध्यमबाट पठाइएको पैसा अवैध हुन्छ र कानुनी कारबाहीको लागि भागीदार हुन सकिन्छ। जुन बेला सम्म तपाईंलाई कानुनको आँखाले देख्दैन त्यतिबेला सम्म नै बचिन्छ कानुनको आँखाले देखेमा सजायको भागिदार हुनपर्छ।
यो पनि पढ्नुहोस्: रेटको लोभमा, हजारौं डलर चैट
नेपाल पैसा पठाउँदाका कानुनी पक्ष
- नेपाल राष्ट्र बैंकलाई अरु बैंकले प्रदान गरेको विनिमयदर र स्वदेशको कारोबारमा प्रयोग गरेको विनिमयदरको दैनिक विवरण मासिक रुपमा पेस गर्नुपर्नेछ ।
- विदेशबाट प्राप्त रेमिटान्स ग्राहकको खातामा नै जम्मा गर्नुपर्नेछ । ग्राहकलाई भुक्तानी दिँदा खातामार्फत नै भुक्तानी दिनुपर्नेछ ।
- रेमिटान्स गरि ल्याएको विदेशी मुद्रा भुक्तानी गरेको रकमको विस्तृत विवरण अध्यावधिकरुपमा राख्नुपर्नेछ ।
- प्रतिग्राहक १० लाख रुपैयाँ भन्दा माथि नेपाल पैसा ट्रान्सफर गर्दा आमदानीको श्रोत खुलाउनु पर्दछ।र बैंकले राष्ट्र बैंकलाई जानकारी उपलब्ध गराउनुपर्नेछ।
- शंकास्पद कारोबारको विवरण तथा सूचना प्रचलित व्यवस्थाबमोजिम नेपाल राष्ट्र बैंकलाई जानकारी उपलब्ध गराउनुपर्नेछ।
- बैंकले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणका सम्बन्धमा जारी गरिएका निर्देशनको पालना गर्नुपर्नेछ ।