टिकटोकमा छोरीहरूसँग नाँच्दै हिमानी शाह

संसारका शाही परिवारका महिला सदस्यहरू मध्ये सबैभन्दा सुन्दरीको सूचीमा अग्रस्थानमा रहेकी नेपाली युवराज्ञी हिमानी शाह चर्चामा रहेको याप टिकटोकमा छोरीहरूसँग नाच्दै गरेको देखिएको छ। युवराज्ञी हिमानी शाह छोरीहरू पूर्णिका शाह र कृतिका शाहका साथ थाईल्याण्डको राजधानी बैंककमा लकडाउनको कारण निवासमा नै बन्दी बनेकी छन्। कोरोनाका कारण लकडाउनमा रहँदै गर्दा छोरीहरूका साथ बैंककमा रहेकी युवराज्ञी यतिखेर लोकप्रियताको शिखरमा रहेको चिनियाँ याप टिकटोकमा उनी नाच्दै गरेको देखिएको छ। छोरीहरूले अपलोड गरेको टिकटोक भिडियोमा तिन आमाछोरी नाच्दै गरेको देखिन्छ। अरू नागरिक जस्तै नेपाली राजपरिवारलाई पनि टिकटोक दिनकटाउने माध्यम बनेको देखिन्छ।

@kriii_shahDroppp 🕶…. @purnikarlds posteddd!!

♬ Banana (feat. Shaggy) – Conkarah

सारा संसार कोरोना भाईरसको संक्रमणसँग डराएर लकडाउनको बन्दी बनेको समयमा नेपालको राजपरिवार पनि फरक फरक स्थानमा बन्दी बनेको छ। राजा ज्ञानेन्द्र र महारानी कोमल काठमाण्डौंमा छन् भने यूवराज पारस पोखरामा।

@purnikarlds@kriii_shah helped me with my transition!

♬ Play Date – Melanie Martinez

पूर्णिका शाह र कृतिका शाह दुवैको टिकटोक एकाउन्टमा भिडियो अपलोडको संख्या धेरै नभएपनि फलोअर भने तुलनात्मक हिसाबमा धेरै नै देखिन्छ। कृतिकाको बारेमा खास समाचारहरू नआएपनि पूर्णिकाको भनाईहरू भनेर विभिन्न अनलाईनमा टिप्पणीहरू प्रकाशित भएको पाईन्छ। सामाजिक संजालको प्रयोग व्यापक बनिसकेको अवस्थामा केही वर्ष अघि सम्म शासनमा नै रहेको नेपाली राजपरिवारले यसको सही रूपमा प्रयोग गर्न भने सकिरहेको छैन। युवराज पारस फेसबुकमा नियमित लाईभ आईरहेका हुन्छन् भने ट्वीटरमा ज्ञानेन्द्र शाहको एकाउन्ट पनि छ। तर उनले नै प्रयोग गर्ने भन्ने कुरामा भने संदेह रहेको छ। आफूलाई समय अनुसार हिँडाउन र आम अन्तर्क्रियाका लागी नेपाली राजपरिवारले शैलीसंगत रूपमा सामाजिक संजालको प्रयोग गर्नमा भने ढिलाई गर्नु हुँदैन।

भिडियोमा हेर्नुस् हिमानी शाह छोरीहरूको ट्वीटरमा

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

नेपाली लाइसेन्सले अष्ट्रेलियामा गाडी चलाउनु हुन्छ? यी कुरा बुझ्नुस् पहिले - NepaliPage

नेपाली लाइसेन्सले अष्ट्रेलियामा गाडी चलाउनु हुन्छ? यी कुरा बुझ्नुस् पहिले

नेपाली लाइसेन्स लिएर अष्ट्रेलियामा कार कुदाइ रहेकाहरूलाई यदी उनीहरूले सही ढंगले लाइसेन्स नलिएको भए गम्भिर सजायँ हुने देखिन्छ। यस्ता घटनाहरूमा भिजा रद्द गरेर डिपोर्ट सम्मको सजायँ हुन्छ।