न्यूसाउथवेल्स प्रहरीले अष्ट्रेलियाको सिड्नीमा वृद्धवृद्धाहरूलाई ठगी गर्नमा सहभागी भएको आरोपमा दुई नेपाली युवा पक्राउ परेको जनाएको छ। उनीहरूलाई पश्चिम सिड्नीको टेलोपीमा एक घरबाट पक्राउ गरिएको हो। पक्राउ हुनेमा २२ वर्षकी महिला र १९ वर्षका पुरूष रहेका छन्।
उनीहरू आफूलाई अष्ट्रेलियाका वृद्धवृद्धाहरूलाई बैंक कर्मचारीका रूपमा चिनाउँदै उनीहरूको बैंकिंङ सूचनाहरू चोरी भएका कारण उनीहरूले नयाँ बैंक खाता खोल्नुपर्ने तथा उनीहरूसँग रहेको ‘क्रेडिट/डेबिट कार्ड’ बैंकलाई फिर्ता गर्नुपर्ने सुचना दिँदै आर्थिक ठगी गर्ने समुहमा संलग्न भएकाले पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरू १९ जुन मा टेलोपीकी एक ८५ बर्षिया वृद्धाले प्रहरीलाई आफू “स्क्याम” को शिकार भएको भनेर गरेको उजुरीको छानबिनका क्रममा पक्राउ परेका हुन्। ति वृद्धाको उजुरी माथि कम्बरल्याण्ड प्रहरीले छानबिन सोमबार, २२ जुन २०२० मा टेलोपीको घरबाटै उनीहरू पक्राउ परेका हुन्। जहाँ फोन गरेर ८५ बर्षिया वृद्धासँग उनको नयाँ बैंक खातामा जम्मा गर्नका लागी तीन हजार डलर कुरियरको चिठी पत्र बाँढ्न आउने पुरूषलाई दिन भनिएको थियो। वृद्धाले प्रहरीलाई उजुर गरेपछी पनि ठगले फोन गरेर थप पाँच हजार डलर २२ जुन २०२० मा कुरियरको चिठी बाँढ्न आउने व्यक्तिलाई दिन भनेको थियो।
यो पनि पढ्नुहोस्: घरेलु हिंशामा सिड्नीमा एक नेपालीको मृत्यु

बेइमानी पूर्वक सम्पत्ति हत्याएको पाँच आरोप जानजान आपराधिक क्रियाकलापमा लागेको तीन गरेर आठ आठ आरोप उनीहरूलाई लगाईएको न्यूसाउथवेल्स प्रहरीले विज्ञप्ती मार्फत जनाएको छ। उनीहरूलाई पक्राउ गरेर ग्रानभिलमा रहेको प्रहरी चौकीमा लगिएको थियो र २३ जुन २०२० मा पारामाटा अदालतले उनीहरूको जमानतको अपिल खारेज गरिदिएको छ।
न्यूसाउथवेल्स प्रहरीले अष्ट्रेलिया बाहिरबाट विशेष गरेर भारतबाट प्रविधीको प्रचुर प्रयोग गरेर संचालित संगठीत ठगीको समेत खुलासा गरेको जनाएको छ। प्रहरीले भारतबाट संचालित त्यस्ता ठगीमा अष्ट्रेलियामा रहेर उनीहरूको लागी पैसा संकलन गरिदिने र उनीहरूलाई पठाईदिने मानिसहरूको संजाल समेत रहेको बताएको छ।
यो पनि पढ्नुस्: विद्यार्थी हुँदै हो बचत गर्ने अष्ट्रेलियामा
भारतबाट संचालित यस्ता ठगीको स्थानिय एजेन्ट वा संकलकका रूपमा ति पक्राउ परेका नेपाली संलग्न हुन् वा उनीहरूलाई पनि ठगहरूले धम्कि वा कुनै करकापमा पारेर त्यस्ता कामका लागी प्रयोग गरेका हुन् भन्ने चाहिँ खुलेको छैन। नेपालमा भन्दा फरक र धेरै विषयहरू विद्युतीय कारोबारबाटै सम्पन्न हुने भएकाले नेपालबाट पढ्न आउने युवाहरू नजानेर नै यस्ता ठगीका शिकार हुने तथा ठगीमा नै संलग्न हुने खतरा सदैव रहेको छ। नयाँ आउने तथा केही समय देखी अष्ट्रेलियामा बसिरहेका नेपालीहरूले नयाँ नयाँ ठगीका प्रकृतीबाट जोगिन हरेक कुरामा शंका गर्ने र त्यस विषयमा अरूसँग कुराकानी पनि गर्ने गर्नु जरूरी देखिन्छ।
यस’boutमा नाईन न्यूज सिड्नीको भिडियो रिपोर्ट हेर्नुहोस्
Nepalese nationals accused of fleecing elderly Sydney residents
Two Nepalese nationals are behind bars, accused of fleecing tens of thousands of dollars from elderly and vulnerable Sydneysiders as part of an international fraud syndicate. #9News
Posted by 9 News Sydney on Tuesday, June 23, 2020
यदी तपाईंलाई कसैले फोन गरेर धम्कि दिन्छ, बैंक, ईमिग्रेसन तथा कर कार्यालयको नाम लिएर चेतावनीपूर्ण कुरा गर्छ भने तपाईंले त्यस विषयमा प्रहरी वा क्राईम स्टपर्सलाई १८०० ३३३ ००० मा सम्पर्क गरेर सोध्नसक्नुहुन्छ।