सिड्नीको ओबनमा ग्याङ फाईट

अष्ट्रेलियाको प्रमुख शहर सिड्नीको पश्चिमी उपनगर ओबनमा शनिबार साँझ किशोरहरूको ठूलै समुहबीच ग्याङ फाईट चलेको छ। प्रहरीले उक्त ग्याङ फाईटमा २० जना संलग्न रहेको जनाएको छ। घटनामा घाईते चारजनलाई वेस्टमिडमा रहेको बालअस्पताल लगिएको छ। घटनामा एक १५ वर्षिय र दुई १४-१४ वर्षका किशोरहरूको शरिरमा धारिलो हतियार प्रहार भएको भेटिएको छ। चौंथो किशोरको शरिरमा काटेको घाउहरू भेटिएको न्यूसाउथवेल्स प्रहरीले जनाएको छ।

ओबनको ओबन रोडमा साँझ करिब पाँच बजे उक्त घटना भएको थियो। २० जना पुरूषहरूको जत्था हतियार सहित झगडामा उत्रिएपछी प्रहरी पुगेर घटनास्थललाई नियन्त्रणमा लिएको थियो। प्रहरी पुग्नासाथ झगडामा उत्रिएकाहरू भागाभाग गरेका थिए। ओबन नेपालीहरूको घना बसोबास भएको सिड्नीको एक उपनगर हो। झगडा भएको क्षेत्रमा नेपालीहरूको बसोबास धेरै भएपनि नेपालीहरू मध्ये कोही झगडामा सहभागी थियो वा थिएन भने खुलेको छैन।

यस घटनाको विषयमा सेभेन न्यूजको प्रत्यक्ष प्रशारणको भिडियो


घटनाको कारण साँझ ओबनमा यातायात आवागमन प्रभावित बनेको थियो। ओबन रोडमा सवारी आवागमन बन्द थियो भने प्रहरी र आपतकालिन सेवाका सवारीहरूको निलो रातो प्रकाश जताततै छरिएको थियो।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

अष्ट्रेलियामा स्वसंवाद, सफल व्यक्ति बनाउने जीवन विज्ञान - NepaliPage

अष्ट्रेलियामा स्वसंवाद, सफल व्यक्ति बनाउने जीवन विज्ञान

टेलिफोन र ईन्टरनेटको माध्यमबाट संसारका जुनसुकै कुनामा भएका व्यक्तिसँग कुरा गर्न सकिने जमाना छ। विज्ञानको …