अष्ट्रेलियामा चक्कु देखाएर चर्चामा नेपाली युवती

नेपाली युवाहरूको विभिन्न अपराधमा संलग्नतालाई लिएर आलोचना भईरहेको बेलामा यतिखेर अष्ट्रेलियाको राष्ट्रिय मिडियामा हातमा चक्कु देखाएरै चर्चामा आएकी छिन्, एक नेपाली युवती। उनले भान्सामा प्रयोग हुने चक्कु देखाएर पसल लुट्न खोज्ने लुटेरालाई भगाएको कारण उनको चर्चा भएको हो।

उनी काम गर्ने किराना पसलमा लुटपाट गर्ने मनसाय देखाएर छिरेको मध्यपूर्वी अनुहारको व्यक्तीलाई पसलको काउन्टरमा राखिएको चक्कु ताकेर भगाउन सफल भएकी थिईन। पसल लुट्न आएको व्यक्तिबाट हुनसक्ने हमलाको पर्वाह नगरी पसलमा प्याक काट्नका लागी राखिएको चक्कु देखाएर लुटेरा माथि जाई लागेकी उनको भिडियो सामाजिक संजालमा यत्रतत्र भएपछी सेभेन न्यूजले यस विषयमा विस्तृत रिपोर्टिङ गरेको छ।

यो पनि पढ्नुस: विद्यार्थी हुँदै हो बचत गर्ने अष्ट्रेलियामा

अष्ट्रेलियामा चक्कु देखाएर चर्चामा नेपाली युवती - NepaliPage
तस्वीर: सेभेन न्यूज

पसल लुट्न आईलाग्ने माथि सामान्य चक्कु देखाएरै प्रतिकारमा उत्रेकी उनलाई धेरैले बहादुर केटीको उपमा दिएका छन्। सिड्नीको पश्चिमी उपनगर ओबनको एक नेपाली किराना पसल क्याटमाण्डौ विविध खाद्य भण्डारमा काम गर्ने कार्की थरकी २३ वर्षिय ती युवती उक्त दिन (२८ जुन, २०२०) पहिलो पटक साँझको सत्र (नाइट सिफ्ट)मा काम गर्दै थिईन। चाईल्ड केयर पढ्दै गरेकी युवतीलाई उनका साथी र चिन्नेहरूले बहादुर केटी भनेका छन्। भने, सामाजिक संजालमा राम्रो कामका कारण चर्चामा आएका नेपालीको राष्ट्रियता नखुट्याउने तर नराम्रो कामको आरोपमा मात्र  पक्राउ पर्नेको राष्ट्रियता र सामाजिक संजालको फोटोहरूसमेत प्रचार गर्ने मिडियाको शैलीको आलोचना पनि भईरहेको छ।

सिड्नीका विभिन्न उपनगरहरूमा पेट्रोल पम्प, किराना पसलहरूमा हुने ‘क्यास’ कारोबारका कारण यदाकदा यस्ता लुटपाटका घटना हुने गरेका छन्।

 

सेभेन न्यूजको यस विषयको भिडियो रिपोर्ट:

Young Auburn shop assistant stands her ground against would-be thief

A young Auburn shop assistant is being praised for her bravery after grabbing a knife and chasing a would-be thief out of her family store.The hooded offender fled rather than face the angry woman, who was armed and determined not to be a victim.www.7NEWS.com.au#Auburn #7NEWS

Posted by 7NEWS Sydney on Monday, June 29, 2020

यो पनि पढ्नुस्: सिड्नीको ओबनमा ग्याङ फाईट

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध - NepaliPage

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध

अष्ट्रेलियामा बस्ने नेपालीहरूले बैंकिङ र वैध माध्यमबाट भन्दा बाहिरबाट नेपाल पैसा पठाउने गरेको कुरा कसैबाट …