सिड्नीमा रेल र बसको भाडा बढ्यो, आईतबार घुम्न महँगो

सिड्नीमा रेल, बस चढेर काममा जानेहरूलाई ६ जुलाईबाट यात्रा महँगो पर्ने भएको छ।

 

नयाँ आर्थिक वर्षसँगै अष्ट्रेलियामा विभिन्न नयाँ परिवर्तन हुन्छन्। जुन जुलाई महिनामा हुने गर्दछ। विभिन्न सेवा तथा सामानको भाउ आर्थिक वर्षको सुरूसँगै बढ्ने घट्ने हुन्छ। यसै क्रममा सिड्नीको रेल तथा बसको भाडामा पनि यही ६ जुलाई देखी परिवर्तन हुने भएको छ। आगामी सोमबार देखी न्यूसाउथवेल्स सरकारले सिड्नीको यातायात संजालमा भाडाको दरमा परिवर्तन गर्न लागेको हो। नयाँ परिवर्तनले सप्ताहन्तमा परिवार सहित घुम्ने सिड्नी निबासीको बानीलाई भने धक्का लाग्न सक्छ।  सिड्नीमा रेल र बसको भाडा बढ्यो, आईतबार घुम्न महँगो - NepaliPage

यो पनि पढ्नुस्: अष्ट्रेलियामा कामको तालमेल: थोरैले फी पुग्दैन, धेरै गरे डिपोर्ट

सरकारले गर्न लागेको भाडादर परिवर्तनले ज्यादा भिडभाड हुने कार्यालय समय बाहेकको यात्रामा निस्कनेलाई भने फाईदा हुने भएको छ। तर, आईतबार परिवार सहित घुम्न निस्कने बानी लागेकाहरूलाई भने सार्वजनिक सवारी भन्दा आफ्नै कार चढ्नु सस्तो हुने देखिएको छ। नयाँ परिवर्तनमा शनिबार, आईतबार र सार्वजनिक बिदाको दिनमा सिड्नीको रेल, बस, फेरी लगायत सबै ओपल कार्ड प्रयोग हुने यातायात साधनको प्रयोगमा एकमुष्ट ८ डलर ०५ सेन्ट लाग्ने तय भएको छ। अहिले आईतबार मात्र एकमुष्ठ २ डलर ८० सेन्ट लाग्छ। आईतबार जता गएपनि २ डलर ८० सेन्ट लाग्ने भएकाले धेरै परिवार आईतबार सबै सदस्य सहित रेल, फेरी, बस सबै खालका साधनमा घुम्न जाने गरेका थिए। अब त्यसरी परिवारै सार्वजनिक सवारीमा जानु भन्दा आफ्नै कारमा जानु सस्तो पर्ने देखिन्छ। शनिबार र अरू सार्वजनिक बिदाको दिनमा समेत एकमुष्ट ८ डलर ०५ सेन्ट लाग्ने नयाँ व्यवस्थाले ति दिनमा १६ डलर १० सेन्ट अधिकतम तिर्नुपर्ने अवस्था रहेकालाई भने राहत हुनेछ।

 

के थियो के भयो
आईतबार २ डलर ८० सेन्टमा जता पनि जान पाईन्थ्यो। ओपलकार्डबाट २ डलर ८० सेन्ट भन्दा धेरै काटिँदैन थियो। शनिबार, आईतबार र सार्वजनिक बिदाको दिनमा ८ डलर ०५ सेन्टमा जता पनि जान पाईन्छ। ओपलकार्डबाट ति दिनमा ८ डलर ०५ सेन्ट भन्दा धेरै काटिँदैन।

 

यो सँगै सरकारले साताका पाँच दिनको व्यस्त समय (कार्यालय समय, धेरै सार्वजनिक यातायात प्रयोग हुने समय)को समायावधी पनि बढाएको छ। अब सिड्नीको मेट्रो, रेल, लाईटरेट, बसको व्यस्त समय सोमबार देखी शुक्रबार विहान ६.३० देखी १० बजे र दिउँसो ३ बजे देखी ७ बजे सम्मको हुनेछ। भने, ईन्टर सिटी (अन्तर शहरी) रेलको लागी विहान ६ बजे देखी १० बजे र दिउँसो ३ बजे देखी ७ बजेको हुने छ। तर, कम व्यस्त रहने समयहरूमा भने अस्थायी रूपमा ५० प्रतिशत छुट मिल्ने छ।

दैनिक र साप्ताहिक भाडाको अधिकतम सिमामा कुनै फेरबदल भएको छैन। सिनियर तथा पेन्सनर ओपलकार्ड हुनेहरूलाई सदा झैं २ डलर ५० सेन्टको दैनिक सिमा कायम छ। साथै  साताको आठौं पटकको यात्रा पछिका सबै यात्राहरूमा भाडादर आधा पर्ने छ।

सिड्नीमा ओपलकार्ड प्रयोग गरेर रेल, बस तथा फेरीको यात्रा गर्दा दिनमा अधिकतम १६ डलर १० सेन्ट र सातामा ५० डलर लाग्छ।

नयाँ भाडादर तथा सिड्नीको सार्वजनिक यातायातको जानकारीका लागी यो पेजमा जानुहोस्।

 

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

सेन्ट्रलकोस्टमा भण्डारीको भद्रगोल अष्ट्रेलियन मिडियामा - NepaliPage

सेन्ट्रलकोस्टमा भण्डारीको भद्रगोल अष्ट्रेलियन मिडियामा

अष्ट्रेलियामा घर, यहाँ आउने सबैको सपना हो। अष्ट्रेलियामा घर सबैको सपना भएपनि केहीको मात्र सजिलैसँग …