अष्ट्रेलियामा आर्थिक अपराधमा पक्राउ र जेल पर्दै नेपाली विद्यार्थी

केही समय देखी नेपाली विद्यार्थीहरू अष्ट्रेलियाको समाचार माध्यमहरूमा अपराधमा संलग्न भएको विषयलाई लिएर चर्चामा छन्। धेरै जसो गर्मीको मौसममा पानीमा डुबेर मृत्यु भएको विषयमा जोडिने नेपालीहरू पछिल्लो समयमा घरेलु हिंशा, काममा दुर्व्यवहार, सडक दुर्घटना साथै अपराधका क्रियाकलापमा पनि जोडिन थालेका छन्। अपराधिक विषयसँग जोडिएर अष्ट्रेलियाका समाचार माध्यममा नेपाली पहिचान खुल्दा धेरैलाई नेपालीको ईज्जत नै फालेको जस्तो महशुस हुने गरेको छ। त्यो सामाजिक संजाल फेसबुक, यूट्यूब लगायतमा गरिएका पोस्टहरूमा प्रकट भएको देखिन्छ।

 

पछिल्लो केही सातामा मात्रै नेपाली विद्यार्थीहरू अष्ट्रेलियामा विभिन्न ठगीका अपराधको विषयमा पक्राउ परेको तथा जेल सजायँ भएको दुई तिनवटा समाचारहरू आईसकेका छन्। विशेष गरेर आर्थीक ठगी र अपराधका घटनामा नेपालीहरू पक्राउ परेको घटनाहरू छोटो समयमा पटक पटक आउनुले नेपाली विद्यार्थीहरू छोटो समयमा र छिटो पैसा कमाउनका लागी जे पनि गर्न तयार रहेको देखाएको छ।

२३ जुनमा एनएसडब्लु प्रहरीले दुई नेपाली युवालाई पक्राउ गरयो। २२ वर्षकी युवती र १९ वर्षका युवक। उनीहरूलाई वृद्ध र जोखिममा रहेका रहेकाहरूलाई आर्थिक ठगी गरेको आरोपमा पक्राउ गरिएको हो। उनीहरूले पश्चिम सिड्नीको एक उपनगरकी ८५ वर्षिय महिलाको आठ हजार डलर ठगी गर्न लागेको लागेको बेलामा पक्राउ गरेको हो। उनीहरू अन्तर्राष्ट्रिय ठगी गिरोहले भारतबाट संचालन गरेको संजालमा जोडिएकाले पक्राउ परेको समचारमा उल्लेख छ। उनीहरूले अष्ट्रेलियामा बसेर ठगहरूको लागी काम गर्ने गरेको देखिन्छ। जसले अष्ट्रेलियाको विभिन्न ठेगानामा गएर पैसा संकलन गर्ने र भारतमा पठाउने काम कमिसनमा गरेको बुझिन्छ।

अष्ट्रेलियामा काम खोज्दै हुनुहुन्छ भने यहाँ क्लिक गरेर कामका विषयमा पढ्नुहोस्, कसरी अप्लाई गर्ने कसरी पाउने

अष्ट्रेलियामा आर्थिक अपराधमा पक्राउ र जेल पर्दै नेपाली विद्यार्थी - NepaliPage
प्रारूप तस्वीर/पिक्सावेबाट

यो पनि पढ्नुस्: नहतारिनुस् ट्याक्स रिटर्न गर्न

त्यस्तै ९ जुलाईमा अर्का २० वर्षका नेपाली विद्यार्थी जो आईटी पढ्नको लागी अष्ट्रेलिया आएका थिए उनलाई उस्तै खालको घटनामा अष्ट्रेलियाको स्थानिय अदालतले १८ महिनाको जेल सजायँ सुनाएको छ। उनी गत मार्चमा पक्राउ परेका थिए। उनलाई करिब २० हजार अष्ट्रेलियन डलर बराबरको ठगी गरेको आरोप पुष्टि भएर जेलको सजायँ भएको हो। उनी जेल सजायँ पुरा भएपछी नेपाल ‘डिपोर्ट’ हुनेछन्। अष्ट्रेलियाको माईग्रेसन ऐनले यस्तो खालको जेल सजायँ पाउने विदेशी नागरिकलाई देशनिकाला गर्ने व्यवस्था गरेको छ। उनले पनि प्रहरीलाई ‘गमट्री’ नामको वर्गीकृत वेबसाईटमा काम बारेको विज्ञापनबाट सम्पर्क भएको मानिसले फोनमा भने अनुसार आफुले काम गरेको बताएका थिए।

 

प्राथमिकता पैसा

नेपालीहरूको अष्ट्रेलिया आउनुको प्रमुख उदेश्य भनेको नै पैसा कमाउनु र पीआर लिएर यतै बस्ने मेलो मिलाउनु हो। यो ‘ओपन सेक्रेट’ हो। तर, अष्ट्रेलियामा पनि पैसा कमाउन त्यति सजिलो छैन, जति नेपालमा सुनिन्छ सोचिन्छ। हो, नेपालमा भन्दा काम पाउने संभावना धेरै हुन्छ। यहाँको चमक दमक र जिवन शैली पछ्याउन खोज्ने हो भने दुख गरेको कमाएको पैसाले एक छेउ पनि लाग्दैन। यस्तो अवस्थामा सजिलै राम्रो कमाई हुनसक्ने कामहरूको विज्ञापन देख्दा जो कोहि आकर्षित हुन्छ, त्यसमा पनि नेपालबाट ठूलो ऋण र अष्ट्रेलियामा राम्रै ‘फि’को दायित्व भएको युवा आकर्षित नहुने कुरै भएन। त्यस्ता युवालाई सजिलै पैसा कमाउन सकिने उपायहरू व्याख्या गर्ने हो भने जो कसैले पनि उनीहरूलाई प्रभावित पारेर काममा लगाउन सक्छ। त्यसमा पनि अष्ट्रेलिया जस्तो ‘डिजिटल’ व्यवहार धेरै हुने देशमा उनीहरूलाई फसाएर कामका लागि बाध्य पार्न सजिलो नै छ। त्यसको फन्दामा पर्ने नेपालीको संख्या पनि कम नहोला, जसरी क्रेडिट कार्ड ठगीमा परेकाहरू सार्वजनिक भईरहेका छन्।

 

पछील्लो समय नेपाली समुदायमा नै पनि बहुतहगत बजारीकरण (मल्टिलेभल मार्केटिंग)मा सुनौलो सपना देखाएर उनीहरूको तत्कालको आर्थिक अवस्था अनुकुल नभएको लगाउनेहरूको कमि छैन। तपाईंलाई फेसबुकमा ‘बिजनेस अपरच्यूनिटी’ छ भन्दै मेसेज गर्नेहरूको प्रोफाइल हेर्नुस् त्यसको झलक देखिन्छ। विद्यार्थीहरूलाई उनीहरूको तत्कालिन अवस्थासँग मेल नखाएपनि मिठो संभावना देखाउनेको कमी छैन। यसबाट जोगिन नसकेको अवस्थामा ठूलै समस्यामा समेत पर्न सकिन्छ।

अष्ट्रेलियामा आर्थिक अपराधमा पक्राउ र जेल पर्दै नेपाली विद्यार्थी- NepaliPage
नेपालमा सुने जस्तो वा सोचे जस्तो पैसा कमाउन सजिलो छैन अष्ट्रेलियामा। ‘ईजी मनि’को मिठो सपनाको पछी लाग्दा समस्यामा पर्ने संभावना नि धेरै हुन्छ।

नेपाली विद्यार्थीलाई भारतीय ‘स्क्यामर’को फन्दा

पैसाको आवश्यकता बढ्दै र पर्दै गएपछी ‘कम्प्रोमाइज’ को विभिन्न चरणहरू चढ्दै मानिस ठगीको सहारा लिने सम्ममा पुग्छ। राम्रोसँग अष्ट्रेलियामा काममा ‘सेटल’ नै नभईसकेकाहरूले ‘फाईनान्सियल फ्रिडम’ खोज्न थाल्दा ‘गमट्री’ जस्ता वर्गीकृत वेबसाईटमा विभिन्न लालच देखाउने सफल हुने संभावना धेरै हुन्छ। मोबाईल र ईन्टरनेट भए मात्र हुने विभिन्न व्यवसाय तथा जागिरको अवसरहरूका बारेमा फेसबुक र अरू सामाजिक संजालमा पोस्ट भएका विज्ञापनहरू नै ‘हनि ट्रयाप’ साबित हुनसक्छन्।

यो पनि पढ्नुस: सिड्नीमा ठगी आरोपमा दुई नेपाली युवा पक्राउ

पछिल्ला ठगीको घटनामा मुछिएका नेपाली विद्यार्थीहरूले प्रहरीलाई दिएको भनिएको विवरणमा पनि उनीहरूले फोनबाट कसैले यसो वा उसो गर भनेको र त्यसै अनुसार चलेको भनेका छन्। साथै प्रहरीले जारी गरेको विज्ञप्तीमा पनि भारतबाट संचालित ठगीको संजाललाई उनीहरूले यहाँ अष्ट्रेलियाबाट सहयोग गरेर आफ्नो हिस्सा समेत लिने गरेको बताएको छ। प्रहरीले भारतीय ‘स्क्यामर’को लागी नेपाली विद्यार्थीहरूले काम गरेको र अष्ट्रेलियाबाट भारत पैसा पठाएको पनि उल्लेख गरेको छ।

 

ट्याक्स टाईममा बढ्छ ठगी

अंग्रेजी महिना जुलाईमा धेरै अष्ट्रेलियनले ट्याक्स रिटर्न भनिने कर चुक्ता गर्ने गर्दछन्। यस क्रममा कम आम्दानी भएकाहरूले पहिले नै काटिएर सरकारको खातामा जम्मा भएको करको राम्रै हिस्सा फिर्ता पाउँछन्। त्यसैले ‘ट्याक्स रिटर्न’को विषयलाई लिएर ठगहरूले अनेकन समस्या रहेको, भिसा नै ‘क्यान्सिल’ गरिदिने, कर छलीको आरोपमा जेल हुने, प्रहरी पक्राउका लागी पठाउन लागेको जस्ता धम्किपूर्ण फोनहरू गरेर पैसा माग्ने वा त्यस्तै खालका गतिविधी गर्छन्। यस्तो समयमा भरखर अष्ट्रेलिया आएका विद्यार्थीहरू सतर्क हुनुपर्छ। अष्ट्रेलियाको कर कार्यालय मात्र नभएर कुनै पनि सरकारी निकायले मोबाईलमा नै फोन गरेर त्यस्तो खालका कुरा गर्दैनन्। त्यसैले त्यस्ता फोनहरूबाट प्रभावित भएर वा डराएर कुनै काम गर्ने वा पैसा भनेको जसरी पठाईदिने काम गर्नु हुँदैन।

त्यसो त ‘ट्याक्स रिटर्न’का लागी पनि भरपर्दो संस्थामा मात्र जानुपर्छ। ‘ट्याक्स रिटर्न’का बेला दिएको जानकारी प्रयोग गरेर फोन किनिदिने, ऋण नै लिईदिने वा सुपरमा रहेको पैसा चोरी गर्नेहरू पनि यही मौकामा सक्रिय हुन्छन्।

 

 

यसरी जोगिन सकिन्छ, ठगको फन्दामा पर्न, समशेर सिं थापाको सुझाव

महत्वपूर्ण सूचना !

नेपाल बाट आउने सोझा नेपाली बिद्यार्थी भाई-बहिनि हरुलाई नेपाली मूलका वा अन्य व्यक्ति हरुले २-४ सय…

Posted by Shamser S Thapa on Monday, June 22, 2020

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

बढ्दैछन्, एज्ड केयरमा जासुसी क्यामेरा राख्ने - NepaliPage

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई धेरै समय काम गर्न दिने

एज्ड केयर, डिज्याबिलीटी, हेल्थ केयर र फार्ममा काम गर्ने विद्यार्थीहरूले पढाईसँगै पाक्षिक ४० घण्टा भन्दा …