५० प्वाईन्टमा नै सम्भव छ अष्ट्रेलियामा पीआर

केही वर्ष अघि देखी अष्ट्रेलियामा पीआर पाउन अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मुस्किल पर्न थालेको छ। पढ्नेबेलामा काम गर्न र पैसा कमाउन सजिलो हुने भएर मेलबर्न, सिड्नी जस्ता शहर रोज्नेहरुलाई पछील्ला वर्षमा अष्ट्रेलिया सरकारले राजनीतिक र आर्थिक रुपमा महत्वपूर्ण अर्थ राख्ने गरी जनसंख्या तथा आप्रवासन नीतिमा परिवर्तन गरेपछी समस्या परेको हो। यतिखेर सिधा अष्ट्रेलियाको पीआर भनेर बुझिने उपवर्ग १८९ को भिसाका लागी तोकिने कोटा निक्कै घटेको छ भने उक्त भिसा पाउनको लागी प्रतिस्पर्धा पनि निक्कै कडा छ। नेपालीहरूले धेरै रोज्ने विषयहरूमा पर्ने अकाउन्टिंग, आईटी र नर्सिङ विषयमा पढाईसकेकाहरूले पीआरको लागी कम्तिमा पनि अष्ट्रेलियाको पीआरका लागी ‘स्किल सेलेक्ट’मा दर्ता गर्ने ‘ईओआई’मा ८५ देखी ९० प्वाईन्ट पुरयाउनु आवश्यक भईसकेको छ।

राज्यले प्रायोजन गरेर पाउन सकिने उपवर्ग १९० को भिसा जुन अर्को ‘पीआर’हो त्यो पाउनको लागी पनि राज्य सरकारहरुले कडा प्रावधानहरु तोकेपछी धेरैले सिड्नी तथा मेलबर्नलाई आफ्नो भविष्यको शहर देख्न छोडिसकेका छन्। १९० उपवर्गको भिसा पाउनको लागी पनि ‘स्किल सेलेक्ट’मा दर्ता गर्ने ‘ईओआई’मा ८५ कै हाराहारीमा प्वाईन्ट, आफ्नै क्षेत्रमा कम्तिमा एक वर्ष काम गरेको हुनुपर्ने लगायतका प्रावधानले ‘स्टेट नोमिनेसन’बाट पीआर पाउने सम्भावना समेत कम देखिन्छ। यस्तो परिदृष्य देखेर मेलबर्न तथा सिड्नी छोड्नेको संख्या अत्याधिक छ। सिड्नी तथा मेलबर्नबाट कता जाने त पीआरको लागी? यतिखेरको मुख्य प्रश्न बनेको छ, कसैले क्यानबेरा रोजिरहेका छन् त कसैले तासमानिया अनि डार्बिन रोज्ने नि कम छैनन्। ‘जस्तो जस्तो एजेन्ट पर्छ, त्यसै त्यसै स्वाहा!’ चलिरहेको छ। तर, आफैले अध्ययन गर्नेहरूले भने सिड्नी र न्यूसाउथवेल्सकै ‘रिजनल’मा केही साता बसेर नै पीआरको बाटो खोलिपनि रहेका छन्।

क्वीन्सल्याण्डमा हुनसक्छ ५० प्वाईन्टमा नै पीआर

जसरी विद्यार्थीहरू पीआरको लागी तनाबमा छन् त्यसरी नै अष्ट्रेलियाका राज्य सरकारहरु पनि कसरी आफ्नो राज्यलाई विद्यार्थी र पीआर लिन चाहनेहरुबाट राज्यलाई कसरी बढी भन्दा बढी फाईदा दिने भन्नेमा कस्सिएका छन्। त्यसै क्रममा क्वीन्सल्याण्ड राज्यले पीआरको लागी आँखा लगाईरहेकाहरूलाई सजिलो बाटो देखाएको छ। सानो व्यवसाय चलाउन सक्नेलाई ५० प्वाईन्टमा नै पीआरको लागी सम्भावना देखाएर। क्वीन्सल्याण्ड राज्य सरकारले उसको व्यवसाय तथा आप्रवास सम्बन्धी विभाग मार्फत साना व्यवसाय चलाउन चाहनेहरूलाई ‘स्किल्ड रिजनल भिजा’ उपवर्ग ४९१ को भिसा दिने नीति ल्याएको छ। जसमा सहभागी हुन क्वीन्सल्याण्डको रिजनल क्षेत्रमा एक लाख डलर लगानी गरेर सानो व्यवसाय खरिद गरेर छ महिना चलाएको हुनुपर्छ। यस्तो व्यवसाय चलाउनका लागी क्षेत्र आफैले छान्न सकिन्छ साथै व्यवसाय गरेर अस्थायी तथा स्थायी बसोबास गर्ने योजना भएकाले ‘होम अफेयर्स’को अन्य भिसाका शर्तहरू भने पुरा गरेको हुनुपर्छ। जस्तो कि ‘स्किल्ड अकुपेसन लिस्ट’मा भएको पेशामा ‘स्किल एसेसमेन्ट’ गरेको।

क्वीन्सल्याण्डमा सानो व्यवसाय किनेर पीआर पाउने बाटोका विषयमा थप जान्न यहाँ क्लिक गर्नुहोस् 

५० प्वाईन्टमा नै सम्भव छ अष्ट्रेलियामा पीआर - NepaliPage
पछिल्लो समय आफू पढेको शहरमा नै बसेर पीआर नपाउने अवस्था भएपछी अन्य राज्य सर्ने विद्यार्थीहरूले समय साथै हजारौं डलर फेरी पढ्नमा नै खर्च गर्नुपर्ने अवस्था छ, तर पनि पीआरको सम्भावनामा भने पैसा खर्च भए जसरी सकारात्मक संकेत मिलिरहेको छैन।

के के छन्, क्वीन्सल्याण्डका शर्त?

क्वीन्सल्याण्डले यो साना व्यवसायको माध्यमबाट राज्यमा पीआर लिन चाहनेलाई तोकेको नोमिनेसन शर्तहरूले टीआरको एक वर्ष अन्य राज्यमा काम गरेर राम्रो बचत गरेकाहरूलाई सजिलै अष्ट्रेलियाको पीआर लिन सहयोग गर्ने देखिन्छ। क्वीन्सल्याण्डको ‘स्मल बिजनेस ईन रिजनल क्वीन्सल्याण्ड’ माध्यमबाट ४९१ भिजाको लागी ‘नोमिनेसन’ पाउन पहिले कुनै व्यवसाय संचालन गरेको अनुभव (यहाँनेर परिवारले कुनै व्यवसाय गरेको भए पनि हुने भन्ने पनि छ), ‘फुल टाईम’ काम गर्ने भिसा कन्डिसन भएको (किनभने व्यवसाय ३५ घण्टा सातामा चलाउनुपर्छ), रिजनल क्वीन्सल्याण्डमा चलिरहेको व्यवसाय एक लाख डलरमा खरिद गरेको हुनुपर्ने र कुनै अरू शेयर होल्डर हुन नहुने शर्त छ। थप शर्तमा यसखालको भिसा नोमिनेसनका लागी व्यवसाय छ महिना चलाएको र कम्तिमा एकजना अष्ट्रेलियाको निवासीलाई साताको २० घण्टाको दरले रोजगारी दिएको साथै बसोबासका लागी समेत उचित रकम हुनुपर्ने शर्त छ। यस्तो व्यवसाय घरेलु तथा नयाँ हुन नहुने भनिएको छ।

क्वीन्सल्याण्डमा सानो व्यवसाय किनेर अष्ट्रेलियामा पीआर पाउने विषयका थप शर्तहरू जान्न यहाँ क्लिक गर्नुहोस् 

के सम्भव छ? यसरी अष्ट्रेलियामा पीआर पाउन

झट्ट सुन्दा एक लाखको व्यवसाय किन्ने अनि एकजना कामदार राखेर छ महिना चलाउने भन्ने अलिक महँगो सुनिन्छ। तर, यदी तपाईंले योजनाबद्द रुपमा सोच्नुभयो भने यतिखेर पीआरको लागी सजिलो र राम्रो विकल्प यो हुनसक्छ। सामान्य हिसाब गर्दा यो बाटोबाट पीआरको लागी लाग्ने हो भने डेढ देखी दुई लाख डलरको योजना बनाउनु पर्ने देखिन्छ। जुन विद्यार्थीका रूपमा अष्ट्रेलिया आएकाहरूका लागी ठूलै रकम हो तर असम्भव रकम भने होईन, यदी तपाईंले अष्ट्रेलिया आएर आफू र आफ्नो कारोबारलाई व्यवस्थित बनाउनु भएको छ भने। विशेष गरेर ‘कपल’ अर्थात् श्रीमान् श्रीमती भएर आएकाहरूलाई यो बाटोबाट जान सजिलो हुन्छ। सिड्नी तथा मेलबर्नमा ‘टीआर’को एक वर्ष ‘फुल टाईम’ काम गरेर एउटा जोडीले सजिलै एकलाख बचत गर्न सक्छ, त्यसैले ‘टीआर’को समयमा काम गरेर बचत गरेकाहरूले अर्को छ महिनामा ४९१ भिसा पाउन सक्छन्।

श्रीमान वा श्रीमती मध्ये जसले नोमिनेसनका लागी निवेदन दिने हो उसले व्यवसाय गर्ने र अर्कोले चाहिँ सोही ‘रिजन’मा ‘फूलटाईम’ काम गर्ने हो भने यो बाटोबाट पीआर लिन यतिखेर उपलब्ध उपायहरूमा सबैभन्दा सजिलो यो देखिन्छ। पैसा एकै पटकमा लगानी गर्न परयो भन्ने लागे पनि क्वीन्सल्याण्ड सरकारले पैसाको श्रोत नखोज्ने बताएकाले नेपालबाट ल्याउन वा ऋण गरेर पनि मिलाउन सकिन्छ।

५० प्वाईन्टमा नै सम्भव छ अष्ट्रेलियामा पीआर - NepaliPage

विद्यार्थी हुँदैमा एक डेढ लाख डलर बचत गर्ने नेपालीको संख्या पनि उल्लेख्छ छ, यहाँ हेर्नुहोस् 

किन राम्रो त?

यतिखेर तपाईंले भरखर पढाई सकेर बस्नुभएको छ र ‘टीआर’ भर्दै हुनुहुन्छ भने तपाईंलाई यो बाटोबाट पीआर हुने उपाय महँगो लाग्न सक्छ। तर हिसाब गर्नुभयो भने यो केही चुनौतीपूर्ण तर सफल र सरलबाटो हुनसक्छ। मानौं तपाईं अकाउन्टिंग ग्र्याजुयट हुनुहुन्छ, पीटीई, प्रोफेसन ईएर, नाटी सबै गरेर ९५-१०० प्वाईन्ट पुरयाउने क्रममा तपाईंको एक वर्ष साथै राम्रै पैसा खर्च हुन्छ। त्यसमा पनि ‘ईन्भिटेसन’को कुराई र समयमा नआएको खण्डमा फेरी अर्को विषय पढ्नुपर्ने वा रिजनल यदी तासमानिया, डार्बिन वा क्यानबेरा नै छानेको अवस्थामा पनि तपाईंको कुल खर्च (बसाईं सर्न परयो, काम पाउन समय लाग्छ, कलेज र नयाँ ठाउँको सेटअप सबै गर्दा) ५० हजार डलरले पनि नपुग्न सक्छ। त्यति त नयाँ ठाउँमा जाँदा मात्र, त्यसपछी ‘नोमिनेसन क्राईटएरिया’ पुरयाउन गर्नुपर्ने धेरै कुराहरु छन्। यी सबै हिसाब गर्दा तपाईंको खर्चको हिसाब सालाखाला उस्तै हुन आउँछ। अन्य ठाउँमा काम पाउने अनि टिक्ने चुनौती छ भने क्वीन्सल्याण्डको यो बाटो समात्दा छ महिना तथा त्यसपछी पनि व्यवसाय चलाउने चुनौती। तर, चलिरहेको व्यवसाय किन्ने भएकाले तपाईंले सून्यबाट सुरू गर्न नपर्दाको लाभ त मिल्ने नै छ। यदी व्यवसाय सफल भयो भने पीआर मात्र हैन जीवन नै परिवर्तन हुन्छ। त्यसो त तपाईं यो बाटो समात्न तपाईंसँग व्यवसाय चलाउने ज्ञान र सिप भएको हुनुपर्ने भन्ने त आधारभूत शर्त भएकाले तपाईं व्यवसायका लागी पनि नयाँ हुनुहुँदैन। यसरी व्यवसायमा गरेको लगानी एकै पकट ढुस भएर ‘जिरो’ हुने पनि त होईन। कलेज, एजेन्ट र कन्सल्टेन्सीमा जाने पैसा तपाईंको आफ्नै व्यवसायमा लगानी हुने मात्र त हो।

 

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

५० प्वाईन्टमा नै सम्भव छ अष्ट्रेलियामा पीआर - NepaliPage

के सजिलो छ? न्यूसाउथवेल्सको ४९१ को नोमिनेसन

अष्ट्रेलियाले आफ्नो आप्रवासी भित्र्याउने नीतिमा परिवर्तन गरेपछी पछिल्ला केही वर्ष देखी अष्ट्रेलियाको पीआर पाउनुलाई एउटा लक्षका रूपमा राखेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पीआर पाउनु मुस्किलको कुरा भएको छ। विशेष गरेर आफ्नै दक्षता र क्षमताले नै पाउन सकिने उपवर्ग (सवक्लास) १८९ भीजाका लागी प्रतिस्पर्धा आम क्षमता भन्दा माथि हुनथालेपछी 'स्टेट नोमिनेसन'का लागी तोकिएका शर्तहरू पुरा गर्नु नै यतिखेर अष्ट्रेलियाको पीआर पाउने एकमात्र बाटो देखिएको छ धेरैका लागी। त्यसैले केही लचक व्यवस्था भएका राज्यहरूमा सिड्नी, मेलबर्न लगायतका शहरमा बसेर पढेकाहरू तासमानिया, नर्दन टेरिटोरी, क्यानबेरा लगायतका राज्य तथा तिनका रीजनल शहरहरूमा सर्न थालेका छन्। यसरी सिड्नी लगायत न्यूसाउथवेल्समा रहेका विद्यार्थीहरू अन्य राज्यमा सर्न थालेको अवस्थामा न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा आएर आफ्नो रीजनल माईग्रेनसका लागी नोमिनेसन खुला गरेको छ। गत वर्षको नोभेम्बरमा ग्रामिण अष्ट्रेलिया केन्द्रीत गरेर सुरू गरिएको उपवर्ग ४९१ को भीजा प्रक्रिया अन्य राज्यले सुरू गरेर न्यूसाउथवेल्सबाट सरेर गएकाहरूले समेत पाईसक्दा पनि प्रक्रिया सुरू नगरेको न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा एकैपटक नोमिनेसन खुलायो।  एक साताका लागी मात्र निवेदन खुलाएको न्यूसाउथवेल्सले, पहिले तोकेको शर्तहरूमा पनि तत्कालै संसोधन गरयो जसले गर्दा न्यूसाउथवेल्सको रीजनल स्किल भीजा पाउने संभावना धेरैले सोचेको भन्दा निक्कै सजिलो महसुश गरिएको छ। केही माईग्रेसन एजेन्टले त यसलाई थालीमा सजाएर दिईएको 'केक' नै समेत भनेका छन्।