सिड्नीकी एक युवतीले चिट्ठामा ६० मिलियन अर्थात् छ करोड डलर जितेकी छिन्। बिसको वयमा रहेकी उनको नाम भने खुलाईएको छैन तर, सिड्नीको ‘ईनर सवअर्ब’मा बस्ने उनको भाग्य परिवर्तन गर्ने चिठ्ठाको ’boutमा अष्ट्रेलियाको औपचारिक रूपमा ‘द लट’ले उनी एकजना मात्र ६० मिलियन डलरको भागिदार भएको जनाएको छ। यसका साथै उनको ‘पावरहिट’ ईन्ट्रीले डिभिजन टु समेत १९ पटक जितेको छ, जसका कारण उनले पाउने रकम छ करोड छ लाख ८३ हजार छ सय ५६ डलर हुने छ।
A winning entry from NSW has won the entire #Powerball60M jackpot in tonight’s draw 1270.
Results: https://t.co/rRHWLypTq2#gambleresponsibly Gamblers Help 1800 858 858 pic.twitter.com/cg5Xv3EDRC— the Lott (@theLott) September 17, 2020
१७ सेप्टेम्बरको पावरबलको ६० मिडियन डलरको ज्याकपट जितेकी उनलाई चिट्ठामा उनले करोडौं डलर जितेको खबर दिन गरिएको फोन समेत सुरूमा उठाएकी थिईनन्। ‘मजाक गर्दै हुनुहुन्छ? के यो साँच्चै हो? हे भगवान्, यो अचम्म भयो। धन्यवाद’ छ करोड डलर भन्दा धेरैको चिट्ठा आफूलाई परेको सुनेपछी खुसीले गदगद हुँदै उनले भनिन, द लटले उदृत गरेको छ। उसले थप उल्लेख गर्दै युवतीले यत्रो पैसाले के गर्ने भनेर कहिले पनि नसोचेको तर चिट्ठामा परेको रकमले ऋणहरू तिर्ने बुबा आमा र भाईबहिनीहरुलाई सहयोग गर्ने बताएकी छिन्।
यो पनि पढ्नुहोस्: अष्ट्रेलियामा आर्थिक अपराधमा पक्राउ र जेल पर्दै नेपाली विद्यार्थी
अष्ट्रेलियामा चिट्ठा खेलेर जितसँगै जिन्दगीमा अदभूत परिवर्तन ल्याउनेहरूसँगै चिठ्टा र जुवाको लतमा लागेर घरबार नै गुमाएर मानसिक समस्यासँगै सडकमा आउनेको संख्या पनि उत्तिकै छ। जुवाको लतमा लागेर धेरै नेपाली विद्यार्थीहरूले मानसिक तथा आर्थिक समस्या भोग्नुपरेको खबरहरू समेत निरन्तर आउने गरेका छन्।