ध्यान दिनुस दशैंमा पैसा पठाउँदा

स्टुडेन्ट भिसामा नै आएपनि अष्ट्रेलिया आउने सबैजसोको पहिलो प्राथमिकता भनेको पैसा कमाउने नै हो। यो नेपाली सन्दर्भको मात्र कुरा हैन, एशियाका धेरै देशबाट आउनेहरूको मिलेको वास्तविकताको संयोग मान्नुपर्छ। पढे मात्र अष्ट्रेलिया बस्न पाईने र पीआरको ढोका खुल्ने भएकाले पढ्नु चाहिँ बाध्यता कै रुपमा लिनेको संख्या धेरै छ। यसो भन्दाखेरी यो पनि भन्नुपर्छ की, पढेर पीआर पाईसकेपछी करिअर बनाउने वा पढ्दा पढ्दा नै करिअर बनाउँदै लानेको संख्या पनि उल्लेख्य नै छ। आर्थिक उपार्जन सबैभन्दा महत्वको कुरा हो, अष्ट्रेलिया आउने सवालमा अनि यहाँ टिक्नको लागी पनि। अष्ट्रेलिया आउनेको ‘चार्म’ नेपालमा बढ्नुको कारण पनि यहाँ आईसकेपछी गर्न सकिने उपार्जनको संभावना नै हो। पढ्ने बेला देखी नै श्रीमान श्रीमती दुवैसँगै आउनुको कारण पनि उपार्जनको संभावना नै हो। त्यसो त ‘डिपेन्डेन्ट’का रूपमा श्रीमान/श्रीमती ल्याउन पाउने अवसर बेचेर कागजी श्रीमान/श्रीमतीका रूपमा कसैलाई ल्याएर ४० देखी ५० लाख सम्म लिनेको पनि कमी छैन। यस्तो गरेर चलाखी गरें भनेर सोच्नेहरूलाई नि माथ खुवाउन ‘चोर माथि चकार’ भने जस्ता ‘हुण्डि’वालाहरू जमेर बसेका छन्। जसले तपाईंले टिडिक लगाएर र पसिना बगाएर जम्मा पारेको पैसा एकै स्वासमा चिरिप पारिदिन्छन्। तपाईंलाई आफू लुटिएको थाहा पाउन नै महिनौं लाग्छ। नेपालको भन्दा अष्ट्रेलियाको कानुन र व्यवस्थामा रहेको फरकपनको कारण यस्ता ‘हुण्डि’वालाहरू तपाईंको पैसा पचाएर पनि कुनै कारवाही नभोगी उस्तै परे समाजसेवी बनेर तपाईंलाई नै सहयोग गर्ने कार्यक्रमको घोषणा गरेर फेसबुकका कुनै पेजबाट लाईभ नै आईदिन्छन्।

 

यो अष्ट्रेलियामा नेपाली विद्यार्थी तथा नवआगन्तुकहरूले बेहोर्ने वास्तविकता हो। ‘आफ्नो थैलीको मुख राम्रो बाँध्नु, अरूलाई चोर दोष नलगाउनु’ भन्ने नेपाली मान्यता जस्तै तपाईं आफैनै पहिले सतर्क हुने हो यस्ता विषयमा। कोरोनाको कारण तनावपूर्ण घरको अवस्था र आउँदै गरेको दशैंको सन्दर्भमा अष्ट्रेलियाबाट पैसा पठाउनका लागी तपाईंले जसरी तयारी गरिरहनुभएको छ, पैसा चिरिप पार्ने ग्यांगले नि कतै बसेर राम्रो रेटको लोभको जालमा पारेर तपाईंकै पैसाले दशैं भव्य बनाउने तानाबाना बुनिरहेको पनि हुनसक्छ।

यो पनि पढ्नुस्: रेटको लोभमा, हजारौं डलर चैट

 

दशैंको बेलामा नेपालीहरूले घरमा पैसा पठाउँछन्। दशैं आर्थिक र सामाजिक हिसाबले पनि ठूलो चाड भएकाले अष्ट्रेलियाबाट नेपाल पैसा पठाउनेको संख्या पनि यो समय अरूभन्दा धेरै हुन्छ। साथै यही समय हो धेरै पैसा पठाउनेहरू ‘हुण्डी’को नामबाट राम्रो रेटको आशामा अष्ट्रेलियामा अनेकन दुख गरेर जम्मा पारेको हजारौं डलर ठगिईन्छन्। मेलबर्न र तासमानियामा एक यस्तै ‘हुण्डी’ संचालकले विभिन्न व्यक्तिबाट उठाएर करिब चार लाख डलर पचाईदिएको कुरा त फेसबुकमा छ्यालब्याल नै भईसकेको कुरा भयो। त्यसैले यदी आफू त्यस्तो ठगिनेको सूचिमा पर्न छैन पैसा गुमाउनु छैन भने दशैंमा नेपाल पैसा पठाउँदा अलिक बढी विचार गर्नु र राम्रो ‘रेमिट’ कम्पनी छान्नु बुध्दिमानी हुन्छ। ‘हुण्डीमा रेट राम्रो छ’, ‘फलानोले नि यसैबाट पठाईराको हो’ भन्ने हो भने चाहिँ सबैले भन्न सक्ने भनेको ‘राम राम’ मात्र हो।

यसरी ठगिएँ भनेर भन्ने दिन नआओस् भन्नेमा सँधै सतर्क रहनु राम्रो

I had to post this story of another victim of infamous Bharat KC aka Lok Gaire or Anil Basnet or Everest Craft or Son…

Posted by Deepa Rai Nepali on Wednesday, June 3, 2020

 

अष्ट्रेलियाबाट पैसा पठाउँदा यस्तोमा दिऔं ध्यान:

 

सकेसम्म अष्ट्रेलिया र नेपाल दुवै देशमा दर्ता भएका र दुवैका केन्द्रीय बैंक वा सम्बन्धित निकायका वेबसाईटमा सूचिकृत रेमिट कम्पनी। जस्तो कि अषट्र्याक र नेपाल राष्ट्रबैंकको सूचीमा रहेका कम्पनीहरू।

 

एक भन्दा धेरै देशबाट कारोबार गर्ने रेमिट कम्पनीहरू। अष्ट्रेलिया, वेलायत, अमेरिका, भारत, फिलिपिन्स, जापान, नेपाल लगायत विश्वका धेरै देशहरूमा कारोबार गर्ने कम्पनीहरू छान्दा राम्रो। धेरै देशमा कारोबार गर्ने यस्ता कम्पनीहरू ठग हुने संभावना कम हुनसक्छ। जस्तो कि रेमिट्ली। यस्ता कम्पनीहरूले दिने रेट केही कम होला तर पैसा सुरक्षित र कानुनी हुन्छ।

 

फेसबुक एकाउन्टवाला रेमिटबाट जोगिऔं। धेरै विद्यार्थी तथा नवआगन्तुकलाई फेसबुकमा एनआरएनएका नेता वा नेपाली बीचमा चिनिएका, आफ्ना चिनजानका मानिसहरूसँग रहेको रेमिटवाला एकाउन्ट विश्वासिलो लाग्न सक्छ। सबै ठूलाबडासँग फेसबुकमा साथी छ अनि रेट पनि राम्रो दिईराको छ भन्ने लाग्ला। तर, फेसबुकको ग्रुप वा कसैसँग साथी (म्युचुअल) हुँदैमा उसले तपाईंको पैसा सुरक्षित नेपाल लैजान्छ र कानुनी हो भन्ने हुँदैन। यस्तोलाई फ्याट्टै विश्वास र रेटमा लोभ गर्दा तपाईंले पैसा गुमाउने संभावना धेरै हुनसक्छ।

 

नेपाली नै भनेर नलाग्नुस्। धेरैलाई नेपालीमा विज्ञापन फेसबुकमा सेयर गरेका वा नेपालीमूलकाको कम्पनी भनेर पनि झ्याप्पै नलाग्नुस्। नेपाली भाषा वा नामको प्रयोग खासमा ‘ईमोसनल’ मार्केटिंग हो। कम्पनी सही छ र उसको कारोबारको कानुनी मान्यता छ भने मात्र पैसा पठाउन उक्त कम्पनी छनौट गर्नुस्। नेपाली हुँदैमा कानुनी वा सही भएको प्रमाणित हुँदैन। आजसम्म जति पनि नेपाली विद्यार्थी वा नवआगन्तुकले गुनासो गरेका कम्पनी वा सेवाप्रदायक छन् ति सबै नेपाली नै छन्। वेस्टर्न युनियन वा रेमिट्लीले पैसा खाईदियो भनेको पनि सुनिएको छैन न त आईडिपीले गलत सल्लाह दियो भनेको। त्यसैले भावनामा बगेर पैसा नडुबाउनुस्।

यो पनि पढ्नुस्: यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी

रेमिट्ली नि राम्रै बिकल्प हो है

अष्ट्रेलियाबाट नेपाल पैसा पठाउन रेमिट्ली एउटा राम्रो बिकल्प हो। यसको रेट पनि राम्रै छ र लाग्ने शुल्क पनि अरूको भन्दा कम। हुन त म वेस्टर्न युनियन पनि प्रयोग गर्छु तर रेमिट्ली रेट र पैसा डेलिभरीको हिसाबमा वेस्टर्न युनियन भन्दा राम्रो छ। वेस्टर्न युनियनबाट १०-१२ पटक पैसा पठाईसकेपछी रेमिट्ली रोजेको। यताबाट पैसा पठाउनासाथ नेपालमा पाउने मान्छेलाई एसएमएस गरिदिन्छ अनि केही क्षणमा नै पैसा बैंक वा हातमा।

(मदनमणिको रेमिट्लीबाट नेपाल पैसा पठाउँदाको अनुभव)

 

सुरक्षित र कानुनी रूपमा नेपाल पैसा पठाउँदै  रेमिट्लीबाट पैसा पठाउन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुस्।

(रेमिट्ली र नेपालीपेजको एफिलिएट सम्बन्ध छ )

NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

NAATI CCL Nepali

लेखक: मदनमणि

सन् २०१३ मा स्टुडेन्ट भिजामा आएका मदनमणि अष्ट्रेलियामा अध्ययन, रोजगार, जिवनशैली, माईग्रेसन लगायतका विषयमा लेख्छन्। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचार साथै अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीको 'प्रोजेक्ट म्यानेजमेन्ट' र फेडरेसन यूनिभर्सिटीको सफ्टवेयर ईन्जिनियरिङका विद्यार्थी रहेका उनीसँग नेपालमा मिडिया अध्यापन, फोटोग्राफी र पत्रकारिता गरेको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिकमा आबद्ध थिए।

यो पनि पढ्नुहोस्

अष्ट्रेलियाको तीन ‘पी’ कुन रोज्ने ?

अष्ट्रेलिया, अब नेपालीका लागी विदेश हुन छोडिसक्यो। हरेक वर्ष २० हजार भन्दा धेरै नेपालीहरू अष्ट्रेलियामा …

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।