विद्यार्थीले अष्ट्रेलिया आउनासाथ काम गर्न पाउने

अष्ट्रेलियामा चलेको कामदारको संकटलाई व्यवस्थापन गर्नको लागी अष्ट्रेलिया सरकारले चालेको नयाँ रणनीति पढ्न आउने विद्यार्थीको लागी भने फाईदाजनक देखिएको छ।

 

अष्ट्रेलियाले कोरोनाको नयाँ भेरियन्टका कारण सृजित कामदार अभावको अवस्थालाई सम्बोधन गर्न गरेको निर्णयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अष्ट्रेलिया आउनासाथ काम गर्ने अवसर दिएको छ। अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अष्ट्रेलिया आउनको लागी सार्वजनिक आव्हान समेत गरिसकेको छ। अब आउने विद्यार्थीहरूले कोरोनाको कारण पालना गर्नु पर्ने एकान्तबास (क्वारेन्टाईन)को व्यवस्था पछि पढाई सुरू नहुँदै काम सुरू गर्न पाउने भएका छन्। सरकारले यस निर्णयलाई अध्यामन विभाग मार्फत प्रष्टसँग सार्वजनिक गरेको छ। जसअनुसार अप्रिल २०२२ सम्म अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आउनासाथ काम गर्न सुरू गर्न सक्नेछन् भने उनीहरूले जतिपनि घण्टा काम गर्न पाउने छन्। यसभन्दा अघि अन्तर्राष्ट्रिय विद्यार्थीले पढाई सुरू नगरीकन काम गर्न नपाउने व्यवस्था थियो। साथै विद्यार्थीहरूले पाक्षिक ४० घण्टा मात्र काम गर्न पाउने व्यवस्था थियो।

सरकारले यो व्यवस्था छोटो समयको लागी  ल्याएको हो। आगामी अप्रिलमा यसखालको व्यवस्थाको पुनरावलोकन गर्ने छ। साथै अष्ट्रेलियाले १९ जनवरी २०२२ र १९ मार्च २०२२ को बीचमा अष्ट्रलिया आउने विद्यार्थीहरूलाई उनीहरूले तिरेको भिसाको शुल्क समेत मिनाहा गर्ने भएको छ। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले यसको घोषणा गरेका छन्। विद्यार्थीहरूले ३१ डिसेम्बर २०२२ सम्म यो मिनाहा बापतको रकम दाबी गर्न पाउने छन्।विद्यार्थीले अष्ट्रेलिया आउनासाथ काम गर्न पाउने - NepaliPage

अष्ट्रेलियाले गरेको काम तथा भिसा शुल्क छुटको जान्नै पर्ने कुराहरू

के विद्यार्थीेले जति पनि समय काम गर्न पाउँछन्?

अष्ट्रेलियाले विद्यार्थीले पाक्षिक रूपमा ४० घण्टा काम गर्न पाउने प्रावधानलाई निलम्बन गरेर सो भन्दा बढी घण्टा पनि काम गर्न पाउने व्यवस्था गरेको हो। यो भनेको पूर्णकालिन (फुलटाईम) नै काम गर्न पाउने व्यवस्था हो।

म अष्ट्रेलिया आएँ, मेरो पढाई सुरू भएको छैन, के म फुलटाईम नै काम गर्न पाउँछु? 

पाउनुहुन्छ। सरकारको पछिल्लो निर्णयमा स्पष्ट रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीहरले आफ्नो पढाई सुरू नहुँदै काम गर्न सुरू गर्न सक्ने र चाहे जति काम जुनसुकै क्षेत्रमा पनि गर्न सक्ने भनेर भनिएको छ।

अष्ट्रेलियाले दिने भनेको भिसा शुल्क मिनाहा कसरी पाउन सकिन्छ? 

सरकारले भिसा शुल्क मिनाहा दिने भनेर निर्णय गरेको भने पनि अहिले सम्म शुल्क फिर्ता गर्ने माध्यम सार्वजनिक गरिसकेको छैन। विद्यार्थीले छिट्टै एउटा अनलाईन फर्ममा आफ्नो विवरण भरेर भिसा वापत तिरेको रकम आफ्नो बैंक एकाउन्टमा फिर्ता पाउने छन्।

अन्तर्राष्ट्रिय विद्यार्थीले यि कुरामा भने एकदमै ध्यान दिनु जरूरी छ

सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसाका शर्तहरूमा रहेको काम तथा रोजगारी सम्बन्धी प्रावधान मात्र खुकुलो गरेको हो। यो छोटो समयको लागी र कामदारको आपूर्तीको गर्जो टार्न गरेको हो भन्ने प्रष्ट छ। तर, विद्यार्थीका भिसाका अरू शर्तहरू जहाँको तहिँ छन्। जसको कारण ति शर्तहरू पुरा गर्न नसकेको अवस्थामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द हुने वा अरू कारवाहीमा पर्ने संभावना भने यथावत छ।

काम गर्न पाईयो भनेर काममा मात्र ध्यान दिँदा यती तपाईंले आफ्नो (पढ्न भनेर आएको) कोर्षमा भर्ना हुनुभएन, कलेज नियमित (जानुपर्ने जति दिन) जानुभएन र पढाईमा सन्तोषजनक प्रगती गर्नुभएन भने तपाईंले अष्ट्रेलियाको विद्यार्थी भिजाको शर्त नमानेको/पुरा नगरेको मानिन्छ। त्यसले तपाईंको भिजा र अष्ट्रेलिया बस्न पाउने सुविधालाई प्रभाव पार्न सक्छ।

 

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …