काठमाण्डौंमा डेढ करोड पैसा सहित हुण्डी कारोबारी पक्राउ

नेपाल प्रहरीले गैरकानुनी तवरबाट वित्तिय कारोबार गर्नेहरुलाई ठूलो रकम सहित पक्राउ गरेको छ। नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले डेढ करोड नेपाली रुपैंया सहित हुण्डी कारोबारी पक्राउ गरेको जनाएको हो। काठमाण्डौंको ताहाचलमा डेरा गरेर बस्ने भारतीय नागरीक अमित कुमार अग्रवाल र कीर्तिपुर डेरा गरेर बस्ने बिक्की खड्गीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो। उनीहरूले राजस्व छली गैरकानूनी रूपमा हुण्डी मार्फत वित्तिय कारोबार गर्दै आइरहेको सूचनाको आधारमा अनुसन्धान तथा निगरानी पछी अमित कुमार अग्रवालको कोठा खानतलासी गरेर प्रहरीले  डेढ करोड रकम बरामद गरी उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान बिभाग, हरिहरभवन, ललितपुर पठाएको छ। बिक्की खड्गीको कीर्तिपुरको कोठामा भने प्रहरीले खानतलासी गर्दाभने प्रहरीले २४ हजार रूपैंया र केही कागजपत्र बरामद गरेको छ।
महानगरीय अपराध महाशाखाका अनुसार प्रहरीले अमित कुमार अग्रवाल बस्ने घरको गेट अगाडी बिक्की खड्गीलाई भेटेर सोधपुछ गर्दा उनले कालीमाटी स्थित जीवनदृष्टी बहुउद्धेश्यीय सहकारी संस्थाबाट पचास लाख अमितकुमार अग्रवालको कोठामा छोडेको जानकारी दिएका थिए। प्रहरीले उनीहरूले लामो समय देखी उनीहरूले हुण्डी कारोबार गरेको सुईंको पाएर अनुसन्धान तथा निगरानी गर्दै आएको थियो। काठमाण्डौंमा पक्राउ परेका हुण्डि कारोबारीको कारोबारमा अष्ट्रेलियामा बस्ने नेपालीहरूले पठाएको पैसा परे नपरेको भने खुल्न सकेको छैन।
पछिल्लो समय देशमा आर्थिक समस्या देखिन थालेपछी नेपाल सरकारले आर्थिक कारोबार विशेष गरेर विदेशबाट हुने अनौपचारिक आर्थिक गतिविधीमा कडाई गरेको छ। अष्ट्रेलियामा नेपालीहरूले ठूलो मात्रामा अनौपचारिक माध्यम हुण्डिको माध्यमबाट नेपाल पैसा पठाउने गर्दछन्। नेपाल सरकारको कडाई पछी अष्ट्रेलियाबाट हुण्डिको माध्यमबाट पैसा पठाउनेहरूको पैसा जोखिममा पर्ने देखिन्छ। सामुदायिक अगुवाहरू अष्ट्रेलियामा बस्नेहरूले नेपाल पैसा पठाउँदा कानुनी र नेपाल सरकारको मान्यता प्राप्त रेमिटबाट मात्र पैसा पठाउन सुझाव दिन्छन्। केही समय अघि हुण्डिबाट पैसा नेपाल पठाउने क्रममा धेरै नेपालीहरूको तीनलाख डलर बराबरको रूपैंया नै हुण्डिवालाले नतिरेर खाईदिएको भन्ने खबर सार्वजनिक भएको थियो।
 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …