अष्ट्रेलियामा स्वसंवाद, सफल व्यक्ति बनाउने जीवन विज्ञान

टेलिफोन र ईन्टरनेटको माध्यमबाट संसारका जुनसुकै कुनामा भएका व्यक्तिसँग कुरा गर्न सकिने जमाना छ। विज्ञानको चरम विकाशले मानिसको अरूसँग सम्पर्क र संवादका लागी कुनै व्यवधान छैन भन्दा हुन्छ अहिले। भाषाको अवरोध पनि अनुवाद ‘सफ्टवेयर’हरूले हटाईदिई सके। तर आफैसँग संवाद गर्न भने हामी अध्यात्मकै अभ्यासमा जानुपर्छ। आफैलाई जान्ने चिन्ने र उन्नतिको बाटो पकड्ने लक्ष राख्नेहरूलाई अध्यात्म र योगका अभ्यासहरूले सघाउँदै आएका छन्। त्यस्तै नयाँ प्रयास सिड्नीबाट सुरू हुन लागेको छ अप्रिल ४ देखी

 

काम, करिअर र दुई फरक देशमा बस्ने परिवारका बीच समन्वय मिलाउनु पक्कै पनि सजिलो विषय हैन। अष्ट्रेलियाको नेपाली समुदायका धेरै सदस्यहरू यही जटिल परिस्थितीबाट गुज्रिईरहेका छन्। साथै विभिन्न अशुभ समाचार आउने क्रम पनि बढिरहेको छ। यस्तो अवस्थामा अष्ट्रेलिया बस्ने नेपालीहरूलाई मानसिक रूपमा बलियो र सकारात्मक बनाउन अनलाईन योग शिविरको थालनी भएको छ। सिड्नीमा रहेको जीवनयोग प्रयोगशालाले अष्ट्रेलियामा बस्ने नेपालीहरूलाई अध्यात्मका गहिरा सत्य एवं सुत्रलाई साधना एवं जीवन व्यवस्थापन विधीको माध्यमबाट सहजरूपमा दैनिक जीवनमा उतार्न सिकाउने जीवनयोग प्रयोगशाला सिड्नीका धिरज पौडेलले बताउनु भयो। पौडेलले सुरूमा अनलाईन गरिने ‘स्वसंवाद’ सिड्नी साथै अष्ट्रेलियाका अन्य शहरहरूमा भौतिक रूपमा नै उपस्थित भएर गर्नको लागी समेत व्यवस्था हुने बताउनु भयो।

पौडेलका अनुसार जीवन विज्ञानद्धारा संचालित अनलाईन तथा प्रतिष्ठानमा भौतिक रुपमा उपस्थित भएर गरिने योगाभ्यासले हेरक व्यक्तिमा  बीजरुपमा रहेको आत्मविश्वास, स्वास्थ्य, नेतृत्व, समृद्धि र सफलताको संभावनालाई साकार पार्न प्रेरित गर्दछ। जीवनयोग प्रयोगशालाले जीवन विज्ञानका कार्यक्रमहरु व्यवस्थापन, मनोविज्ञान र अध्यात्मको उपर्युक्त संयोजनबाट तयार गरेको जनाएको छ। कार्यक्रमले जीवनलाई आनन्दित बनाउँदै सुख, शान्ति र समृद्धिको बाटोमा लैजाने आशा गर्न सकिन्छ।

अष्ट्रेलियामा स्वसंवाद, सफल व्यक्ति बनाउने जीवन विज्ञान - NepaliPage

विभिनन्न व्यवसायिक तथा सेवामुखी संस्थाहहरूले यसखालको कार्यक्रमको माध्यमबाट मानव संशाधनमा रहेको अधिकतम उत्पादनशिलता, सुमधुर सम्बन्ध एवं चौतर्फी विकास गर्न सफल हुने जीवनयोग प्रयोगशालाको दाबी छ। आफै भित्रको मसँग संवाद गर्ने विज्ञान “स्व-संवाद विज्ञान” कार्यक्रमले नकारात्मकता, दु:ख र निराशालाई हटाएर सकारात्मक,आनन्दित र लक्ष्यउन्मुख जीवन निर्माण गर्ने सुत्र प्रदान गर्नेछ। स्पष्ट, लक्ष्यकेन्द्रित र सचेत मनको निर्माणले मात्र आध्यात्मिक र भौतिक क्षेत्रमा ठूला उपलब्धी हासिल गर्न सकिन्छ, मनलाई नकारात्मकता, प्रतिरोध, अन्तर्विरोध र अलमल्याउने कुराहरुबाट अलग राख्न सके मात्र आफ्नो प्रतिभा जगाउँन तथा आफ्ना सपना अनुसारको जीवन निर्माण गर्न सक्दछौं जीवन विकास विशेषज्ञ तथा  कार्यक्रमका प्रवाचक एलपी भानु शर्माले बताउनु भयो। स्वसंवाद विज्ञान कार्यक्रमका अर्का जीवन विकास विशेषज्ञ तथा प्रवाचक रमेश नेपालले मनोविज्ञान र नेतृत्व विज्ञानका सुत्र सहित योगाभ्यास, प्राणायाम र ध्यानका प्रयोगात्मक अभ्यास तथा अन्तरक्रियात्मक शैलीमा संचालन  हुने कार्यक्रममा सहभागी बनेर आफूले चाहेको स्वास्थ्य, खुसी, शान्ति, ज्ञान र आनन्द प्राप्त गर्न सकिने बताउनु भयो।

जीवन विज्ञान प्रतिष्ठानका जीवन विकास विशेषज्ञ तथा गुरुदेवद्धय रमेश नेपाल र एल. पी. भानु शर्माको सान्निध्यतामा स्व-संवाद विज्ञान नौ दिन सम्म चल्नेछ।

कार्यक्रमको विवरण: 

सुरू हुने मिती: अप्रिल ४, २०२२ देखी अप्रिल १२, २०२२

समय: दैनिक साँझको ७.१५ देखी ८.४५ सम्म

स्थान: अनलाईन जुमको माध्यमबाट

कसरी जोडिने: मंजला सिटौला दहाल  0420724726, उर्जा धौवडेल 0482334779  र जानकी पौडेल 0422837072 लाई सम्पर्क गरेर विस्तृतमा जानकारी लिएर

 

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …