कथावाचन श्रृंखलाकालागी सिड्नी आउँदै साईग्रेस

सामाजिक संजालबाट प्रख्याती कमाएका कथावाचक साईग्रेस पोखरेल सिड्नी आउने भएका छन्। यो वर्ष अष्ट्रेलियाको राष्ट्रिय यात्राका लागी उनी सिड्नी आउन लागेका हुन्। साईग्रेसका नामबाट प्रख्यात उनलाई हाईप एक्स ईभेन्टस् एण्ड ईन्टरटेनमेन्टले अष्ट्रेलिया टुरमा ल्याउन लागेको हो।

युट्युबको ‘स्टोरीटेलिङ’ मार्फत अन्तर्राष्ट्रिय ख्याती कमाएका साईग्रेसको यो पहिलो अष्ट्रेलिया यात्रा हो। बार्सिलोना मा बस्ने साईग्रेसको नेपालमा भएको कथावाचनमा निक्कै ठूलो संख्यामा प्रसंशकहरूको सहभागिता थियो। उनको कथावाचनको शैली र जादुमयी आवाजले उनलाई मनपराउनेको संख्या अष्ट्रेलियामा पनि उल्लेख्य भएकाले उनलाई अष्ट्रेलियाका शहरहरूमा कथावाचनको लागी ल्याउन लागेको हाईप एक्स ईभेन्टस् एण्ड ईन्टरटेनमेन्टमा म्यानेजिङ डाईरेक्टर सफल सार्थकले बताए। कथावाचन श्रृंखलाकालागी सिड्नी आउँदै साईग्रेस - NepaliPage

सफल सार्थकका अनुसार साईग्रेसको शो अष्ट्रेलियाका तिन शहर सिड्नी, ब्रिजबेन र पर्थमा हुने पक्का भईसकेको छ। अगस्त १ तारिख सोमबार ब्रिजबेनको ब्ल्याक बिअर लजमा साईग्रसले प्रत्यक्ष कथावाचन गर्नेछन्। ब्रिजबेनबाट सुरू हुने उनको अष्ट्रेलियाको कथावाचनको यात्राले धेरै अष्ट्रेलिया बसेका उनका प्रसंशकलाई उनीसँग नजिक बनाउने आशा गरिएको छ। सिड्नीको चात्सउडको दि कन्कोर्स कर्नर हलमा अगस्त १९ शुक्रबार*** साईग्रेसलाई सुन्न सकिने छ। आईतबार ७ अगस्तमा साईग्रेसले पर्थको मोमो प्लानेटमा प्रत्यक्ष कथावाचन गर्नेछन्।

पहिलोपटक अष्ट्रेलिया कथा सुनाउन आउन लागेका साईग्रेसको अहिले सम्म नसुनिएका नयाँ कथाहरू सिड्नी, पर्थ र ब्रिजबेनमा सुन्न पाईने छ। उनका कथासँगै कार्यक्रममा सिड्नी, पर्थ र ब्रिजबेनमा रहेका नेपाली स्थानिय गायक, कलाकारहरूको प्रस्तुती पनि रहने आयोजकले जानकारी दिएका छन्।

*** आयोजकले कार्यक्रमको मिती परिवर्तन गरे अनुसार सच्याईएको।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

धमाका २०७९: सात शहरमा कमेडी र मेलोडी

सिड्नी ।  कोरोना प्रकोप नियन्त्रणमा आईसकेपछी पुरानै लयमा फर्कन लागेको अष्ट्रेलिया र नेपाली परम्परा अनुसार …