एसाईनमेन्ट किनबेच गर्ने ४० वेबसाईट बन्द

अष्ट्रेलियाले कलेज तथा युनिभर्सिटीका असाईनमेन्ट बेच्ने ४० सबैभन्दा धेरै हेरिने वेबसाईटलाई बन्द गरेको छ। शिक्षामन्त्री जासन क्लेरले यसको जानकारी दिएका हुन्। अष्ट्रेलियामा अरूको एसाईनमेन्ट गरिदिनेलाई जेल समेत हुने सजायँको व्यवस्था छ। तर, सामाजिक संजालको माध्यमबाट यसखालको चिटिङ गर्ने क्रम भने घटेको छैन।

 

अष्ट्रेलियाको उच्चशिक्षाको नियमन गर्ने निकाय टेक्साले विशेष प्रोटोकलको प्रयोग गरेर त्यस्ता वेबसाईटहरूलाई बन्द गरिदिएको हो। अष्ट्रेलियाले बन्द गरेका ४० वेबसाईट करिब मासिक चारलाख ५० हजार पटक अष्ट्रेलियाबाट हेरिने गरेका वेबसाईट हुन्। यसबाट कलेज तथा विश्वविद्यालयको प्राज्ञिक गुणस्तरमा पर्ने नकारात्मक प्रभाव कम हुने आशा गरिएको छ। यस्ता वेबसाईटहरूबाट विद्यार्थीहरूले एसाईनमेन्टहरू किनेर परिक्षामा उच्च अंक हासिल गर्दै आएका थिए। भने यस खालको गतिविधीले विद्यार्थीहरूलाई विदेशी अपराधिक गिरोहसँग सम्बन्धमा पुरयाउने गरेका थिए।

यो पनि पढ्नुस्:

एसाईनमेन्ट किनबेच गर्ने ४० वेबसाईट बन्द - NepaliPage
तस्वीर: शिक्षामन्त्रीको ट्वीटर

 

अष्ट्रेलियाका विशेष गरेर अन्तर्राष्ट्रिय विद्यार्थीहरूले एसाइनमेन्ट किन्ने र बुझाउने पढ्ने समय चाहिँ काम गर्नमा बिताउने गरेको आरोप लाग्दै आएको छ। संगठीत र व्यवसायिक रूपमा चलेको चिटीङ व्यवसाय रोक्न सरकारले कडा सजायँको व्यवस्था गरेको छ भने कलेज तथा विश्वविद्यालयहरूले यसरी चोरी गरेर पास गरेको पत्ता लागेको खण्डमा उक्त उपाधी नै खोस्न सक्ने व्यवस्था गरेका हुन्छन्।

 

पछिल्लो समय सामाजिक संजालको प्रयोग गरेर नेपालबाट अष्ट्रेलियाका कलेजहरूमा पढ्ने विद्यार्थीहरूको एसाईनमेन्ट गरिदिने व्यवसाय नै सुरू भऐको छ। त्यसो त केही समय अघि मात्र नेपालमा कल सेन्टर नै खोलेर विदेशमा ठगी गर्ने सयौंलाई प्रहरीले पक्राउ गरेको थियो। यति खेर केही नेपाली विद्यार्थीहरू नै कारवाहीमा परेको गाईंगुईं  समाचार पनि सामाजिक संजालमा चलिरहेको छ। यस्तै वेबसाईटबाट सिडिआर लेखाएर स्किल एसेस गर्न खोजेका धेरै नेपाली विद्यार्थीहरू कारबाहीमा पनि परेका छन्। ति मध्ये केही नेपाली पेजको सम्पर्कमा समेत छन्।

एसाईनमेन्ट किनबेच गर्ने ४० वेबसाईट बन्द - NepaliPage
तस्वीर: सामाजिक संजालमा पोस्ट गरिएको विज्ञापन

 

कोरोनाका कारण चाहेजति काम गर्न पाउने भएपछी विशेष गरेर विद्यार्थीहरूले असाईनमेन्ट किनेर बुझाउने टन्न काम गर्ने गरेको समेत भेटिन्छ। तर, त्यसो गर्नेहरू केही वर्ष पछी नराम्रोसँग समातिने गरेका छन्। सरकारको अहिलेको कदम पछी त्यस्ता कामहरू कम हुने आशा गर्न सकिन्छ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

अष्ट्रेलियामा स्वसंवाद, सफल व्यक्ति बनाउने जीवन विज्ञान - NepaliPage

अष्ट्रेलियामा स्वसंवाद, सफल व्यक्ति बनाउने जीवन विज्ञान

टेलिफोन र ईन्टरनेटको माध्यमबाट संसारका जुनसुकै कुनामा भएका व्यक्तिसँग कुरा गर्न सकिने जमाना छ। विज्ञानको …