बैंकको कागजातको कुरा नमिल्दा सिड्नी एअरपोर्टमै विद्यार्थीको भिसा क्यान्सिल

आफैले पेश गरेको बैंक स्टेटमेन्ट र आफ्नै नामको खाताका विषयमा अनभिज्ञता जनाउने दुई अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा सिड्नी एअरपोर्टमा नै क्यान्सिल भएको छ। विद्यार्थी भिजामा अष्ट्रेलिया पढ्न भनेर आएका ति विद्यार्थीलाई अष्ट्रेलियाका ईमिग्रेसन अधिकारीले उनीहरूले भिजा अप्लाई गर्दा पेश गरेको कागजातका विषयमा प्रश्न गर्दा उनीहरूबाट सन्तुष्ट हुने जवाफ नमिलेपछी उनीहरूको भिजा क्यान्सिल भएको हो। सिड्नीका एक प्रख्यात माईग्रेसन एजेन्टले यसको खुलासा एक टिकटोक भिडियो मार्फत गरेका छन्।

यो पनि पढ्नुहोस्:  अष्ट्रेलियामा कार्यक्रमको नाममा हुँदैछ भिजा व्यापार?

बैंकको कागजातको कुरा नमिल्दा सिड्नी एअरपोर्टमै विद्यार्थीको भिसा क्यान्सिल- NepaliPage

ति विद्यार्थीहरूलाई उनीहरूले अष्ट्रेलिया पढ्नको लागी आर्थिक श्रोत देखाएक बैंक स्टेटमेन्ट जारी गर्ने बैंक र शाखासँग सम्बन्धित प्रश्न सोधिएको थियो, जसमा उनीहरूले उक्त बैंक र शाखा थाहा नै नभएको बताएका थिए। उनीहरूले सबै बैंक र आर्थिक अवस्थाका बारेको सबै कागजात एजेन्टले बनाएको समेत भने पछी उनीहरूलाई थप अनुसन्धानको लागी अध्यागमनले नियन्त्रणमा लिएको थियो। सिड्नीका माईग्रेसन एजेन्ट नासिर नवाजका अनुसार उनीहरूले अध्यागमन अधिकारीहरूको पुछताछमा सबै कागजात जसमा उनीहरूले एजेन्टलाई तिरेको शुल्क र रसिद समेत देखाएर यो भिजाको लागी यति पैसा तिरें भनेर समेत भनेका थिए। उनीहरूसँगको थप सोधपुछमा सबै घर व्यवहारका कुरासँगै घर चलाउनको लागी पैसा कमाउनै पर्ने अवस्था खुलाएको नवाजको भिडियोमा उल्लेख छ।

उनीहरूसँगै तेश्रो विद्यार्थीको भिजा भने उनले भरेको ‘पेसेन्जर कार्ड’मा उल्लेख भएको विवरण सही नभएकाले क्यान्सिल भएको हो। सिड्नी एअरपोर्टमा भिजा क्यान्सिल भएका तिनै जना विद्यार्थीहरू पाकिस्तानी हुन्।

नवाज अन्तर्राष्ट्रिय यात्री तथा विद्यार्थीलाई एअरपोर्टमा वा कुनै पनि स्थानमा अध्यागमन अधिकारीहरूले गर्ने सोधपुछमा भाषा तथा प्रश्न बुझ्न गाह्रो भएको खण्डमा अंग्रेजी जानिहालेको छु भनेर जवाफ दिनु भन्दा जवाफ र अवस्थालाई आफ्नो पक्षमा पार्न सकिँदैन त्यसैले सन्दर्भ सहित प्रष्ट बुझ्न र आफ्नो पक्षमा वातावरण बनाउन सहजताका लागी ‘दोभाषे’ सेवा लिन पनि सुझाव दिन्छन्। उनले यसमा थप जानकारीहरू बाँढ्दै जाने पनि बताएका छन्।

@nasirnawaz306 #foryou #trending #hindi #punjabi #tiktokind #tiktokpak #immigrationlawyer #nasirnawaz #themigration ♬ News Show – AXS Music

 नेपाली विद्यार्थीलाई पनि पर्न सक्छ समस्या

सिड्नीमा केही दिन अघि भएको यो घटनाले नेपाली विद्यार्थीलाई पनि पाठ सिकाएको छ। नेपालमा एजेन्टको कुरामा लागेर कलेज, कोर्ष छान्ने र ग्याप तथा आर्थिक हैसियत मिलाउनको लागी अनेकन कागजहरू बनाईदिने गिरोह नै छ। त्यसरी लहै लहैमा कागजात बनाएर आउनेलाई अष्ट्रेलियाको एअरपोर्टमा अध्यागमन अधिकारीहरूले सोधपुछ गरेको खण्डमा त्यस्तो गतिविधीमा लागेका विद्यार्थीको भिजा तत्काल नै रद्द हुन्छ र नेपाल डिपोर्ट समेत गरिदिन्छ।

पछिल्लो समय कलाकारको टोली वा फिल्म सुटिङको समुहमा आउनका लागी पैसा तिर्नेहरू बढिरहेका छन्। सिड्नीका कन्सल्टेन्सीहरूमा यसरी भिजिटर, मनोरंजनात्मक गतिविधी, व्यवसायिक गतिविधी, खेलकुद लगायतका अनेकन भिजामा ३० देखी ३५ लाख दलाललाई तिरेर आएकाहरू विद्यार्थी र शरणार्थी भिसा हाल्नको लागी बुझ्न जाने क्रम बढेको छ। यसबारेमा अष्ट्रेलियामा मिडियामा ठूला समाचार बनिरहेका छन् भने नेपालीहरूले नै गुनासो समेत अष्ट्रेलियाको अध्यागमनमा गरेका छन्। जसले गर्दा कुनै पनि विद्यार्थी भिसा वा अरूमा नेपालबाट आउने पढ्ने भन्दा पनि अरू मनसाय बोकेकाहरूलाई अध्यागमनले एअरपोर्टबाट नै भिजा रद्द गरेर डिपोर्ट गर्ने संभावना बढेको नेपाली माईग्रेसन एजेन्टहरू बताउँछन्।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

अष्ट्रेलियामा स्वसंवाद, सफल व्यक्ति बनाउने जीवन विज्ञान - NepaliPage

अष्ट्रेलियामा स्वसंवाद, सफल व्यक्ति बनाउने जीवन विज्ञान

टेलिफोन र ईन्टरनेटको माध्यमबाट संसारका जुनसुकै कुनामा भएका व्यक्तिसँग कुरा गर्न सकिने जमाना छ। विज्ञानको …