क्यानबेरामा भएको नेपाल एम्बेसी कप २०२२ फुटबल प्रतियोगीतामा युनाईटेड फुटबल क्लब विजयी भएको छ। अष्टे्लीयन ईन्स्टिच्युट अफ स्पोर्ट्सको फुटबल मैदानमा  शनिबार भएको फाईनलमा सेन्ट जर्ज नेपाली फुटबल क्लबसँगको खेलमा जित हासिल गरेर युनाईटेड प्रतियोगीताको विजयी बनेको हो। विजेता टीमले चारहजार डलर नगद सहित शिल्ड र मेडल प्राप्त गरेको छ।  प्रतियोगीताको उपविजेता बनेको सेन्ट जर्ज नेपाली फुटबल क्लबले दुई हजार डलर नगद सहित शिल्ड तथा मेडल प्राप्त गरेको छ। प्रतियोगितामा खुकुरी फुटबल क्लब फेयर प्ले टिम, उत्कृष्ट डिफेन्डर सेन्ट जर्जका शिव गिरी, उत्कृष्ट मिडफिल्डर युनाइटेड एफसी मेलबर्नका सन्तोष तामाङ, उत्कृष्ट गोल किपर विवेक अधिकारी,  उत्कृष्ट गोलकर्ता र  खेलाडी दर्शन गुरुङ  घोषित हुनुभयो।

युनाईटेड फुटबल क्लबले जित्यो नेपाल एम्बेसी कप २०२२ - NepaliPage
विजयी टीमका साथ नेपाली राजदूत। तस्वीरः आयोजकबाट प्राप्त

विजेता टीमलाई अष्ट्रेलियाका लागी नेपाली राजदूत  कैलाशराज पोखरेलले नगद र कप प्रदान गर्नुभएको थियो। अष्ट्रेलियामा नेपाली युवाहरूको बसोबास बाक्लिँदै गर्दा विभिन्न राज्य तथा नगरहरूमा नेपाली क्लबहरू बीच यस्ता प्रतियोगिता आयोजना हुने क्रम बढेर गएको छ।

मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

https://nepalipage.com