ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ पासपोर्ट पाउने भएका छन्। क्यानबेरामा रहेको नेपाली राजदूतावासले ओप्टस र मेडिबैंकको डाटा चोरी घटनाबाट व्यक्तिगत विवरणको गोपनियता भंग भएकाहरूका लागी नयाँ पासपोर्ट लिन सकिने व्यवस्था रहेको जनाएको छ। नेपाली दूतावासले ओप्टस र मेडिबैंकबाट नयाँ पासपोर्ट बनाउन पर्ने भन्ने जानकारी सहितको निवेदन दिए नयाँ पासपोर्ट जारी हुने बताएको छ।

ओप्टस र मेडिबैंक डाटा चोरी प्रकरणबाट प्रभावित भएक अष्ट्रेलियनहरूलाई सम्बन्धित कम्पनीहरूले लाईसेन्स तथा पासपोर्ट बनाउन लाग्ने खर्च दिने भनिसकेका छन्। ती कम्पनीसँग आफ्नो सूचना साझे गरेका नेपालीहरूलाई पनि ति कम्पनीहरूले नयाँ पासपोर्ट बनाउन र त्यसबापतको खर्च कम्पनीले भरिदिने सूचित गरिसकेका छन्।

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट कसरी लिने?

 

यदी तपाईंलाई ओप्टस र मेडिबैंकले डाटा ब्रीच तपाईंको विवरण ह्याकरहरूले चोरेको र नयाँ लाईसेन्स तथा पासपोर्ट बनाउने सुझाव दिएका छन् भने भविष्यमा समस्यामा पर्नसकिन्छ। त्यसैले नयाँ पासपोर्ट बनाउनु सबैभन्दा सुरक्षित र बुध्दिमानी कदम हुनजान्छ। तर, कसरी तपाईंले नयाँ पासपोर्ट लिन सक्नुहुन्छ त? त्यसको प्रकृया यस्तो छः

 

  • तपाईंले नेपाली राजदूतावासको वेबसाईटमा गएर ई-पासपोर्टको लागी प्रि-ईनरोलमेन्ट फारम भर्नुपर्छ।
  • तपाईंले डाटा ब्रिचका कारण पासपोर्ट बनाउन परेकाले तपाईंको अहिलेको पासपोर्टमा एकवर्ष भन्दा बढी समय छ भने तपाईंले ‘बिग्रेको’ (ड्यामेज्ड) अन्तर्गत निवेदन दिनुपर्छ।
  • तपाईंको पासपोर्टको अवधी यदी एकवर्ष भन्दा कम छ भने तपाईंले नवीकरणको लागी भनेर निवेदन दिन सक्नुहुन्छ।

कति लाग्छ नयाँ पासपोर्ट बनाउँदा?

  • नेपाली राजदूतावासका अनुसार ‘बिग्रेको’ (ड्यामेज्ड) अन्तर्गत निवेदन दिएर नयाँ पासपोर्ट लिनको लागि वयश्कले ४६० डलर शुल्क तिर्नुपर्छ। यदी १० वर्ष भन्दा कम उमेरको बच्चाको बनाउनु परेमा २३० डलर लाग्दछ।
  • यदी तपाईंको पासपोर्टको बहाल रहने अवधी एक वर्ष भन्दा कम छ र नवीकरणको माध्यमबाट नयाँ पासपोर्ट लिन चाहनुहुन्छ भने वयश्कका लागी २३० र १० वर्ष भन्दा कम उमेरको बच्चाको लागी ११५ डलर शुल्क लाग्दछ।

 

अष्ट्रेलियामा नेपाली पासपोर्ट कसरी बनाउने भन्ने विषयमा थप जानकारीका लागी तलका लिंकहरूमा जानुहोस्।    

How to renew a Nepali passport in Australia?

How to get a Nepalese e-Passport in Australia?

How to get a Nepali e-passport for baby in Australia?

It costs 460 if you lose your Nepali passport in Australia

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

नेपाली पत्रकारका तीन प्रतिबद्धता, सुधारिएला समुदायको पत्रकारिता - NepaliPage

नेपाली पत्रकारका तीन प्रतिबद्धता, सुधारिएला समुदायको पत्रकारिता

अष्ट्रेलियामा बस्ने नेपाली पत्रकारहरूले संगठीत रूपमा नै अष्ट्रेलियाको नेपाली पत्रकारिता सुधार्ने प्रतिबद्धता जनाएका छन्। औपचारिक …