Tag Archives: माइग्रेसन

अष्ट्रेलियामा भिजा अवधी नाघेर अवैध बस्ने ६४ हजार

अष्ट्रेलियाको अध्यागमन कानुन र त्यसको पालना कडा मानिएपनि पछिल्लो पटक सार्वजनिक भएको एक तथ्यांक भने अचम्म पार्ने खालको छ। अष्ट्रेलियाको अध्यागमन विभागको एक तथ्यांक अनुसार अष्ट्रेलियामा ६४ हजार भन्दा धेरै विदेशी नागरिक अवैध रूपमा बसिरहेका छन्। विभागको तथ्यांक अनुसार ती व्यक्तिहरू उनीहरूलाई अष्ट्रेलियामा विभिन्न प्रयोजनका लागि दिईएको भिजाको म्याद सकिएपछी पनि अष्ट्रेलियामा नै रहेका हुन्। भिजाका सर्त तथा अध्यागमन कानुन …

Read More »

यो हो अष्ट्रेलियाको नयाँ पीआर लिस्ट, नेपालबाटै पाउन सकिन्छ पीआर

विदेशी कामदारमाथिको भर हटाउने र अष्ट्रेलियनलाई रोजगारी श्रृजना गर्ने मालकम टर्नबुल सरकारको निर्णयले अष्ट्रेलियामा व्यापार, अध्ययन तथा कामका लागी आउने विदेशीहरु झस्किरहेको समयमा नयाँ वर्षको लागी अष्ट्रेलियन सरकारको दक्ष पेशाको सूचि सार्वजनिक भएको छ। अष्ट्रेलियामा स्थायी बसोबासको अवसर खोज्नेका लागी लक्षित गरेर अष्ट्रेलिया सरकारले अार्थिक वर्ष २०१७-२०१८ का लागी दक्ष जनशक्तिको सूचि सार्वजनिक गरेको छ। जसमा मिडियम एण्ड लङ टर्म …

Read More »

अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइट

नेपालमा देख्ने र सुन्ने भन्दा धेरै फरक छ अष्ट्रेलियाको अवस्था विशेष विद्यार्थि भिषामा आउनेका लागी। कामको शैली, उपलब्धता अनि प्रकृतीको फरकपनको कारण नेपालमा रहँदा परेको अष्ट्रेलियाको आकर्षण सुरूको केही महिनामा नै जमिनमा खसेर धुजा धुजा नै हुन्छ। (यहाँ हेर्नुस नेपाली विद्यार्थीको अनुभव) नेपालमा अष्ट्रेलिया पुगेपछी त जे पनि गरिन्छ भन्ने हुन्छ। त्यसमा एजुकेशन कन्सल्टेन्सीले नि साताला २० घण्टा काम गर्न पाईन्छ अनि घण्टाको २० डलरको दर भनेर सुनाएपछी त मख्खै पो परिरहीएको हुन्छ। नेपालमा बसेर हिसाब गर्दा सबै म्यानेज हुने देखिए पनि यहाँ अष्ट्रेलिया आएको पाँच देखी छ महिना सम्म काम नपाउने सम्भावना पनि हुनसक्छ। काम नै पाएको छैन भन्नेको संख्या पनि धेरै नै छ। यहाँबाट हेर्नुस अष्ट्रेलियाको मेलबर्नमा स्टुडेन्ट भिजामा आएका नेपाली विद्यार्थीके भन्छन् (यहाँ क्लिक गर्नुस) काम नपाईने साथै खर्च र यहाँको समाज, शैलीसँग परिचित हुन केही समय लाग्ने भएपनि अष्ट्रेलिया गर्न सक्नेका लागी लरोतरो विकल्प चाहिँ होईन। तर त्यसका लागी नेपालबाट आर्थिक व्यवस्थापन सँगै यहाँ काम लाग्ने शीप समेत सिकेर आउनु उपयुक्त हुन्छ। जसले यहाँ अष्ट्रेलियामा रहन बस्न सजिलो गराउँछ तर यी सबै भन्दा महत्वको कुरा हो नेपालमा अष्ट्रेलिया आउनु अघी नै यहाँका कुराहरू जानेर आउनु। त्यसका लागि हरेक विद्यार्थीले आफ्नो करिअर, अर्थतन्र साथै परिवार र अष्ट्रेलियामा भविष्य लगायतका बारेमा सानो तिनो अनुसन्धान नै गरेर आउनु राम्रो हुन्छ। अष्ट्रेलियाको पढाई, काम र सामाजिक व्यवाहर जान्नको लागी न त अष्ट्रेलियामा रहेकालाई सोध्नुपर्छ न त कन्सल्टेन्सी नै धाउनुपर्छ विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका वेवसाइट र कामदार खोज्ने साइटहरू अष्ट्रेलिया आउने योजना बनाउँदा नै हेरेको खण्डमा पनि धेरै कुरा थाहा पाउन सकिन्छ। सामान्य पनि अष्ट्रेलिया आउने सोच बनाउनु भएको छ भने यी छ वटा वेबसाइट हेरेर यहाँको बारेमा पहिले बुझ्नुस् :

Read More »

यी कुरा सिकौं सिड्नीबाट

नेपालीहरुका लागि यो सपनाको सहर हो। जहाँ कोही आफै अवतरण हुने सपना साँचेका छन् भने अभिभावक भएकाहरु यूवा सन्तानको भविष्यलाई यहाँ अवतरण गराउने योजनामा छन्। राजधानी काठमाडौंका चोक र गल्लीमा अनगिन्तीको संख्यामा रहेका शैक्षिक परामर्शदाताहरु नेपाली सपनालाई त्रिभूवन विमानस्थलबाट उडाउनका लागि इन्धन भर्ने काम गरिरहेका छन्, बैंकहरु त्यसैमा क्याटालिष्ट (उत्प्रेरक)को काम गर्छन्। अष्ट्रेलिया यतिखेर हरेक प्लस टु गर्नेहरुको सपनामा देखिन थालिसकेको छ। कम्तिमा दुई वर्षको विश्वविद्यालय शिक्षा त्यसपछिको अध्ययन पछिको दुईवर्षे काम गर्ने अनुमति र स्थायी बसोबास (पीआर) स्वयंभूका भरयाङ जसरी नै एक पछि अर्को गरि योजना गरिएका छन्। यही यूवा योजनाको अन्तर कुन्तरमा अभिभावका सपना र भविष्य पनि जोडिन्छन्। अष्ट्रेलियाको राजधानी नै थाहा नभएका धेरै छन् काठमाडौंमा अष्ट्रेलिया पुग्ने सपना बोक्ने। अष्ट्रेलियाको राजधानी सोध्दा ९० प्रतिशत भन्दा बढिले सिड्नी नै जवाफ दिन्छन्। यसको कारण हो नेपालीले सजिलै चिन्दछन् सिड्नी। सायद यो नेपालीका लागि अरु भन्दा नजिक छ। ओलम्पिक आयोजना भएकाले पनि हुनसक्छ नेपालीलाई अष्ट्रेलिया भन्नासाथ मानिसहरु सिड्नी नै सम्झन्छन्। त्यसो हुनाको कारण हो अष्ट्रेलिया चिनाउने दुई ठूला संरचना ‘ओपेरा हाउस’ र ‘हार्बर ब्रिज’ सिड्नीमा हुनु। जसले मानिसहरुलाई अष्ट्रेलिया भनेकै सिड्नी हो भन्ने बनाउँछ। सिड्नीको मुख्य आकर्षण यी दुई हुन्। साथै सिड्नीका ‘बोन्डाई’, ‘म्यान्ली’ लगायतका वीच अनि रोयल बोटानिकल गार्डेन र हाइड पार्क पनि सिड्नीका आकर्षक स्थल हुन् जहाँ यहाँ भित्रने पर्यटक र आगन्तुक घुम्न छुटाउँदैनन्।

Read More »

अष्ट्रेलिया अध्ययन प्रष्ट हुनुपर्ने कुराहरु

भारतवर्ष शिक्षा र चेतनाको विकासमा संसारमा नै अग्रणी मानिन्छ तर यतिखेर उत्तरआधुनिक विश्व चेतमा पश्चिमा संसार शिक्षाको ‘हब’का रुपमा स्थापित छ । पश्चिमको भौतिक सम्पन्नता र सामरिक विकासले औद्योगिकरण साथै त्यसको आधारमा उभिएको शिक्षा व्यवस्थाले यूरोप, अमेरिका र अष्ट्रेलियालगायतका मुलुकले यतिखेर नेपाल मात्र होइन विश्वका सबै विकासोन्मुख तथा कम विकसित मुलुकका युवालाई आकर्षित गरेका छन् । आप्रवासन, रोजगारी तथा शिक्षा यतिखेरको अर्थव्यवस्था कै मेरुदण्ड बनेको छ, त्यसैले त यूरोप, अमेरिका अनि अष्ट्रेलिया अरु महादेश र मुलुकका विद्यार्थी भित्रयाउनमा लागि परेका छन् । यतिखेरको ‘ट्रेण्ड’ बनेको छ नेपालमा अध्ययनका लागि विदेश जाने विषय । भ्रष्टाचार, कुशासन, अस्थिर, अपराधीकरण भएको राजनीतिका कारण नेपाल यतिखेर युवा तथा बौद्धिक शक्ति पलायनको बाटोमा छ । यतिखेर अभिभावकहरुमा रहेको छोराछोरी यूरोप वा अमेरिकाको कुनै शहरको कुनै शहरमा गएर भविश्य बनाओस् भन्ने चाहनाका कारण विद्यार्थीका रुपमा यूरोप, अष्ट्रेलिया तथा अमेरिका भित्रने नेपालीको संख्या निरन्तर बढिरहेको छ । काठमाडौंमा शैक्षिक परामर्शदाताको कार्यालमा अष्ट्रेलिया अध्ययनको बारेमा बुझ्दा धेरैलाई पहिले अष्ट्रेलिया त पुगुँ त्यसपछि त गरिहालिन्छ नि भन्ने लागिरहेको हुन्छ । अष्ट्रेलिया स्वप्नलोकका रुपमा खडा भएको छ नेपाली यूवाका लागि, जहाँ पुगेपछि सामान्य प्रयासमा नै सपना र करिअरको स्तम्भ गाड्न सकिन्छ । तर वास्तविकता काठमाडौंबाट देखिनेभन्दा बिलकुल फरक छ । अष्ट्रेलिया अध्ययनका लागि आउने हो भने नेपालमा रहँदा नै केही विषयमा स्पष्ट हुनु जरुरी हुन्छ ।

Read More »