कोरोनाको कहरका बीच अष्ट्रेलिया सरकारले अप्रिल महिनामा ५० जनालाई मात्र अष्ट्रेलियाको पीआर भनेर चिनिने १८९ उपवर्गको भिजाको लागी निवेदन भर्ने ईन्भिटेसन (आमन्त्रण) दिएको छ। हरेक महिना अष्ट्रेलियाले यसखालको ईन्भिटेसन राउण्ड मार्फत स्थायी बासिन्दाका रूपमा बस्न चाहनेहरूलाई पीआर भिजा भन्नका लागी निम्तो दिने गर्दछ। अष्ट्रेलियाको गृह विभाग (डिपार्टमेन्ट अफ होम अफेयर्स)ले अप्रिल महिनामा ५० जनालाई उपवर्ग १८९ भिजा र अर्को उपवर्ग ४९१ भिजा भर्नका लागी अर्को ५० जनालाई निमन्त्रण गरेको हो। विभागको पछिल्लो तथ्यांकले अष्ट्रेलियामा स्थायी रूपमा बस्ने चाहना राख्नेहरू मध्ये तोकिएको मापदण्ड अनुसार ‘स्किल सेलेक्ट’मा दर्ता गरिएका ‘ईओआई’हरू मध्ये न्यूनतम ९५ प्वाईन्ट पुगेकाहरू मध्ये बाट एक सय जनालाई भिजा भर्नका लागी बोलाईएको हो।
![Only 50 invited for Australian permanent residency visa 189 in April - NepaliPage](https://www.nepalipage.com/wp-content/uploads/2020/04/Only-50-invited-for-Australian-permanent-residency-visa-189-in-April-.jpg)
अप्रिलको ११ तारिखको ईन्भिटेसन राउण्डले १७ जना ९५ प्वाईन्ट भएकालाई पीआर भर्ने अवसर दिएको छ भने पछी मापदण्ड पुरा गरेर पीआरका लागी योग्य हुने शर्त भएको ४९१ उपवर्गको स्किल्ड वर्क रिजनल प्रोभिजनल भिजा भर्नको लागी २७ जनालाई बोलाएको छ। अप्रिलमा १८९ भिजा भर्नको लागी ईन्भिटेसन पाउनेमा १५ जना ‘स्किल सेलेक्ट’मा १०० प्वाईन्ट पुरयाएका छन्। त्यसो त यही उपवर्गको भिजा भर्न निमन्त्रणा पाउनेमा १२ जना १०५ र छ जनाले भने ११० र ११५ प्वाईन्टको दाबी गरेका छन्।
उपवर्ग ४९१ को लागि आमन्त्रण पाउनेमा १२० प्वाईन्ट सम्म दाबी गर्नेहरू पनि छन्। यस उपवर्गको भिजा भर्न आमन्त्रित हुनेमा २७ जना ९५ प्वाईन्ट दाबी गरेका, ९ जना १०० प्वाईन्ट दाबी गरेका, १३ जना १०५ प्वाईन्ट दाबी गरेका रहेका छन्। बाँकीको दाबी ११०, ११५ र १२० रहेको छ।
तथ्यांक अनुसार एकाउन्टिंग पेशा भएका र अष्ट्रेलियाको पीआर पाउन चाहना राख्नेहरू मध्येबाट १०० प्वाईन्ट पुरयाएकाले पीआरको लागी भिजा भर्ने अवसर पाएका छन्। चालु आर्थिक वर्षको स्थायी बसोबास भिजा (पीआर) भर्नका लागी आमन्त्रण गर्ने १० वटा राउण्ड चलेकोमा यो अप्रिलको राउण्ड नै सबैभन्दा कम संख्याका ईच्छुकलाई आमन्त्रण गर्ने राउण्ड हो। पछिल्ला १० महिनामा अष्ट्रेलिया सरकारले उपवर्ग १८९ को भिजा भर्नका लागी सात हजारलाई आमन्त्रण गरिसकेको छ। जुन संख्या यो वर्षकलागी छुट्याईएको भन्दा धेरै कम हो। रिजनल अष्ट्रेलियाको लागी भनेर तोकिएको ४९१ भिजाका लागी मात्र १३५० ले भिजा भर्नका लागी आमन्त्रण पाएका छन्। यही आर्थिक वर्षको सुरूको केही महिना मै खारेज भएको उपवर्ग ४८९ भिजाका लागी ३०० ले भिजा भर्ने अनुमति पाएका थिए।
Subclass | Occupation ID | Description | Minimum points score | Latest date of effect |
---|---|---|---|---|
189 | 2211 | Accountants | 100 | 25/03/2020 8:33PM |
189 | 2212 | Auditors, Company Secretaries and Corporate Treasurers | 95 | 16/01/2020 6:41PM |
189 | 2334 | Electronics Engineer | 95 | 20/03/2020 8:36PM |
491 | 2334 | Electronics Engineer | 95 | 18/03/2020 9:45PM |
189 | 2335 | Industrial, Mechanical and Production Engineers | 95 | 18/03/2020 10:04PM |
491 | 2335 | Industrial, Mechanical and Production Engineers | 105 | 19/11/2019 7:50PM |
189 | 2339 | Other Engineering Professionals | 95 | 23/03/2020 12:45AM |
491 | 2339 | Other Engineering Professionals | 105 | 11/12/2019 5:17PM |
189 | 2611 | ICT Business and System Analysts | 95 | 13/03/2020 4:10AM |
491 | 2611 | ICT Business and System Analysts | 105 | 2/04/2020 3:20PM |
189 | 2613 | Software and Applications Programmers | 95 | 24/03/2020 3:15PM |
491 | 2613 | Software and Applications Programmers | 95 | 10/04/2020 7:12PM |
189 | 2631 | Computer Network Professionals | 95 | 21/03/2020 10:25AM |
Source: Department of Home Affairs
चालु आर्थिक वर्षको १० महिना सम्मको ईन्भिटेसन राउण्डको नतिजा र त्यसका लागी योग्य बनेकाहरूको प्वाईन्ट स्कोर हेर्दा यो वर्ष पनि धेरैको पीआर पाउने सपना अर्को केही वर्ष पछीका लागी धकेलिने देखिन्छ। विगतमा ठूला आर्थिक संकट परेको समयमा अष्ट्रेलियाले दिने पीआरको संख्या निक्कै कम रहेको देखिन्छ। यतिखेर कोरोना भाईरसको संत्रास सकिएपछीको अवस्थामा पनि अष्ट्रेलियाले दिने पीआरको संख्यामा उल्लेख्य कटौती हुने प्रमुख समाचार माध्यमहरूमा विचार तथा विश्लेषणहरू सार्वजनिक भईरसकेको छ। यसै विषयमा हेराल्डसनको आलेख यहाँ क्लिक गरेर पढ्नुहोस्।