अष्ट्रेलियालाई चाहिन्छ ४२ हजार नयाँ सफ्टवेयर प्रोग्रामर  

निकट भविष्यमा नै अष्ट्रेलियाको लागी धेरै संख्यामा प्रोग्रामरहरू आवश्यक पर्ने यहाँको स्किल कमिशनले जनाएको छ। स्किल कमिशनको एक प्रतिवदेनमा २०२६ सम्ममा अष्ट्रेलियामा डेभेलोपर प्रोग्रामरहरूको माग २०२१ मा रहेको भन्दा ४२ हजार दुईसयले बढी हुने उल्लेख गरिएको छ। स्किल कमिशनको प्रक्षेपण अनुसार प्रोग्रामर सहित अष्ट्रेलियालाई सन् २०२६ सम्ममा थप १२ लाख कामदारको आवश्यकता पर्ने बताईएको छ। अष्ट्रेलियाको स्किल कमिशनले अष्ट्रेलियाको रोजगारी, पेशा तथा विभिन्न उद्योगहरूको कामदार र शीप आवश्यकताको अध्ययन गरेर वर्तमान र भविष्यका सीप आवश्यकता सम्बन्धि सुझाव दिने गर्दछ।

यो पनि पढ्नुस्: यी पेशामा हुनेको भविष्य छ अष्ट्रेलियामा

अष्ट्रेलियालाई चाहिन्छ ४४ हजार नयाँ सफ्टवेयर प्रोग्रामर - NepaliPage

अष्ट्रेलियामा सफ्टवेयर ईन्जिनियर तथा डेभेलोपर प्रोग्रामरहरूको माग निक्कै समय देखी उच्च छ। विभिन्न अध्ययनहरूले अष्ट्रेलियामा यी पेशाको माग अझै धेरै समय सम्म उच्च हुने देखाएका छन् भने अष्ट्रेलियाले सफ्टवेयर ईन्जिनियर तथा डेभेलोपर प्रोग्रामरहरूलाई ‘पीआर’ दिने क्रम पनि बढाएको छ। सफ्टवेयर ईन्जिनियर तथा डेभेलोपर प्रोग्रामरहरूलाई अष्ट्रेलियामा पीआरको लागि समेत धेरै अवसर र बाटोहरू उपलब्ध रहेका छन्।

नोभेम्बर २०२१ मा अष्ट्रेलियामा एकलाख ५६ हजार दुईसय सफ्टवेयर ईन्जिनियर तथा डेभेलोपर प्रोग्रामर रहेका थिए भने नोभेम्बर २०२६ मा त्यो संख्या एकलाख ९८ हजार चारसय हुने अनुमान छ। सफ्टवेयर ईन्जिनियर तथा डेभेलोपर प्रोग्रामरका लागी रोजगारीको अवसरमा २७ प्रतिशले वृद्धी हुने देखिन्छ।  अष्ट्रेलियाको राष्ट्रिय स्किल कमिशनले सन् २०२१ पछी सृजना हुने रोजगारीका अवसरका लागी योग्यता, दक्षता र पढाई भने बढी चाहिने बताईएको छ। प्रक्षेपणमा भनिएको छ, आगामी दिनमा अष्ट्रेलियामा सूचना प्रविधी (आईटी)को क्षेत्रमा ठूलो रोजगारीको अवसर मात्र बढ्ने छैन कि अन्य पेशामा पनि प्रविधीको दक्षता नहुनेहरूले पाउने अवसर कम हुने छ।

 

*** तथ्यांकमा भएको त्रुटी सच्याईएको

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

अष्ट्रेलियामा स्वसंवाद, सफल व्यक्ति बनाउने जीवन विज्ञान - NepaliPage

अष्ट्रेलियामा स्वसंवाद, सफल व्यक्ति बनाउने जीवन विज्ञान

टेलिफोन र ईन्टरनेटको माध्यमबाट संसारका जुनसुकै कुनामा भएका व्यक्तिसँग कुरा गर्न सकिने जमाना छ। विज्ञानको …