यी पेशामा हुनेको भविष्य छ अष्ट्रेलियामा

बालखकालमा हरेकलाई कि त डक्टर बन्ने रहर हुन्छ, या ईन्जिनियर वा पाईलट। हामी मध्ये धेरैले सानोमा बाबु ठूलो भएर के बन्ने?’ भनेर धेरैले सोधेको प्रश्नको उत्तरमा सानो उमेरमा तपाईं हामी धेरैले यी नै तिन मध्ये एकलाई आफ्नो भविष्यको पेशाको रूपमा छनौट गरेको हुनुपर्छ। नेपालमा धेरै ईज्जत र मानका साथ हेरिने पेशा भएका कारण हुनुपर्छ केही दशक अघि सम्म बालमस्तिष्कमा डाक्टर, ईन्जिनियर र पाईलटकै बोलवाला थियो। अहिले समयसँगै विभिन्न माध्यमहरूको प्रयोगले बालबालिकाहरूले ठूलो भएपछी अंगाल्ने पेशाको बारेमा पनि धेरै थाहा पाईसके र आजकल सोधिँदा फरक फरक जवाफ पाउन सकिन्छ। सानोमा यसरी डाक्टर, ईन्जिनियर र पाईलट बन्ने सपना देखेका कतिपयलाई सोही पेशामा जाने अवसर मिल्यो होला, धेरैले पक्कै अरू नै पेशा अवलम्बन गरेको हुनुपर्छ।

यो पनि पढ्नुस: यस्तो छ वेल्डिंगको क्षेत्रमा अष्ट्रेलियामा अवसर 

सानो उमेरमा जे पेशाको जवाफ दिएको भएपनि जिन्दगी र परिस्थितीले प्रस्तुत गरेको प्रश्नको जवाफ दिने क्रममा अँगालिने पेशा भने फरक हुनपुगेको धेरैको यथार्थता हो। नेपालबाट अष्ट्रेलियामा भविष्य, पेशा र सहज जिवनको खोजीमा आउनेका लागी पनि यो पेशाको सवालनिक्कै नै महत्वको हुने गरेको छ। यो किनभने अष्ट्रेलियाको स्थायी बासिन्दाको हैसियत पाउन देखी अष्ट्रेलियाई शैलीको जिवन यापनका लागी आफूले छानेको पेशा नै निर्णायक हुने गरेको छ। त्यसैले त नेपालमा अष्ट्रेलिया जाने भन्नासाथ एजुकेशन कन्सल्टेन्सीका कन्सल्ट्यान्टहरू सिधै नर्सिंग‘, ‘आईटीवा एकाउन्टिंगभनेर तीनमा एक विकल्प रोज्न सुझाव मात्र होईन दबाब नै दिन्छन्। धेरै अष्ट्रेलियामा पढ्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको छनौट पनि यीनै विषय हुने गरेको छ। यी विषयहरूको तल्लो तहको अध्ययन आफ्नै देशमा गरेको हुने हुनाले यसमा विद्यार्थीले राम्रो क्षमता पनि देखाउन सक्छ भन्ने सबैको आँकलन पनि हुनसक्छ। तर अष्ट्रेलियाको यो वर्षको आप्रवासी भित्र्याउने रणनीति र त्यसकालागी पेशागत रूपमा तोकिएका उपलब्ध हुनसक्ने स्थानको निर्धारणले भने अलिक फरक तस्विर देखाउँछ। प्रविधी र पेशागत अवस्थितीको कारण अष्ट्रेलियामा हामी धेरैले पढ्ने र अंगाल्ने विषय तथा पेशाको मागमा कमि हुन थालेको देखिन्छ। पछिल्लो समय एकाउन्टिंगविषय पढेकाहरूले पीआरपाउन गाह्रो परेको अवस्थाले पनि त्यसलाई जनाउँछ। यी पेशामा हुनेको भविष्य छ अष्ट्रेलियामा - NepaliPage

अष्ट्रेलियाको वर्ष २०१८२०१९ को माईग्रेसन प्लानकोटा एलोकेसनले अष्ट्रेलियामा स्थायी रूपमा बस्ने खालका ईलेक्ट्रिसियन‘, ‘प्लम्बर‘, ‘मेकानिक‘, ‘सिकर्मी, ‘डकर्मीलगायतको माग धेरै रहेको देखाउँछ। स्थायी आप्रवासनको योजनामा यी र यस्तै खालका ट्रेडीभनेर बुझिने पेशाहरूलाई धेरै कोटाअर्थात् स्थान छुट्याईएको पाउन सकिन्छ। तुलनात्मक रूपमा यस्ता पेशामा सिपको दक्षता र अनुभवलाई अंग्रेजी र विश्वविद्यालयको शिक्षा भन्दा महत्व दिइन्छ। भने विश्वविद्यालय सकेर निस्केका विद्यार्थीहरूले अंग्रेजी, अनुभव र अन्य भाषा परिक्षाको प्रतिस्पर्धामा उत्रनु पर्ने हुन्छ।

वर्ष २०१८२०१९ को माईग्रेसन प्लानअकुपेसन सिलिंगका आधारमा अष्ट्रेलियामा यतिखेर भविष्य देखीएका पेशा यि हुन्:

      1. नर्स (Registered Nurse)

      2. ईलेक्ट्रिसियन (Electricians)

      3. माध्यमिक विद्यालय शिक्षक (Secondary School Teachers)

      4. कार्पेन्टर र ज्वइनर (Carpenters and Joiners)

      5. सफ्टवेयर प्रोग्रामर (Software and Application Programmers)

      6. मेटल फिटर र मेकानिक्स (Metal Fitters and Machinists)

      7. मोटर मेकानिक (Motor Mechanics)

      8. निर्माण व्यवस्थापक (Construction Managers)

      9. प्लम्बर (Plumbers)

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …