एनआरएनएको सहयोग दाँतमा लागेपछी

एनआरएनए अष्ट्रेलियाले विद्यार्थीलाई सहयोग गरिरहेको समाचार सुरूदेखी पढेकोले अष्ट्रेलियामा विद्यार्थी भिजामा रहेको म, खानै नपाउने अवस्था नहुनेमा ढुक्क नै थिएँ। आफूलाई तत्काल समस्या नपरेकोले सुरू सुरूका सहयोग विरतणहरूको जानकारी भएपनि धेरै चासो राखेको थिईन। २८ जुन २०२० मा फेरी एनआरएनएले थप सामग्रीहरू दोश्रो चरणको रूपमा विद्यार्थीहरूलाई वितरण गर्न लागेको सुनेपछी आफूबस्ने ठाउँ नजिकै भएको वितरणमा सहभागी भईयो। एक झोला विविध खाद्यसामग्री हात परयो। तर, फारममा नाम, ठेगाना, फोन नम्बर अनि नेपालको ठेगाना सबै टिपाउन अनिवार्य थियो। एक खालको ईज्जत नै हस्तान्तरण गरियो भनौं न। हुन त संकटलाई अवसरमा बदल्ने नेपाली बानी भएकाले फट्याईं रोक्न पनि त्यसखालको विवरण राख्नु आवश्यक नै होला। हुन त अलि अलि सहयोग दूरूपरयोग भएको घोईरो घोईरो सुनिएकै थियो।

 

जे होस्, एउटा राहत प्याकेज हात परयो। चकलेट, चिजबल्स, चिप्स, पानी, ईनर्जि ड्रिंक्स, बदाम आदी ईत्यादी रहेछन्। आभारी भएँ एकै छिनमा ओहो एनआरएनए साँच्चै अभिभावक नै रहेछ हाम्रो, चुनावमा लाखौं खर्चेर समाजसेवी भनेर नेपाल र यहाँ अनेकन शुभलाभको बाटो खोल्नेहरू भनेर लगाउने आरोप सबै निराधार लाग्यो। भनौं हर्ष र भावुकताले आँखा रसाए।

एनआरएनए एनसीसी-एससीसी एनएसडब्ल्युले वितरण गरेको सामानमा उल्लेख भएको मिती

एनआरएनको सहयोग दाँतमा लागेपछी - NepaliPage
२८ जुन २०२० मा वितरण भएको ईनर्जिड्रिंक्सको प्रयोगको मिती वितरणको मिती भन्दा अघिनै गुज्रेको देखिन्छ। फोटो विद्यार्थीबाट नै प्रदान भएको

 

साथीहरूसँग एनआरएनएले सही गरयो भन्दै, पाएका सामान मध्ये छानेर केही खाउँ भनेर लाग्दा झट्ट आँखा खोलमा रहेको ‘बेस्ट विफोर’ भनेर लेखिएको मितिरेखामा पुग्यो। हुन त आफ्नै गल्ती खाईसकेपछी उत्पादन र प्रयोग गरिसक्नुपर्ने मिती हेर्ने नेपाली बानी बिर्सेर सुरूमै हेरिएछ। त्यसपछी सबै प्याकेटका सामानको मिति एक एक गरेर हेर्दा कतिको म्याद सकिइसकेको, कतिको उही दिन नै सकिने र केही भने एक डेढ साता पछीको मिती ‘बेस्ट विफोर’ भनेर लेखिएको। केहीबेर अघिको आँखामा छचल्किएको आँशु आक्रोशमा बदलिन केही समय लागेन। हैट, अष्ट्रेलियामा स्थापित भएका अनि हामी जस्तै विद्यार्थीलाई यताका कलेजमा भर्ना गराएर कमिसन खाने कम्पनीका संचालक भएकाहरूले हामीलाई त झ्यास पो ठान्दा रहेछन् भन्ने लाग्यो। एकै छिनमा एनआरएनएको राहतले ‘आहत’ बनायो। ‘पहिलो गाँसमा ढुंगा लाग्नु…’ भन्छन् नि हो एनआरएनएको ‘फ्रि सप्लिमेन्टस्’ले दाँतमै लाग्यो। आफूसँगै राहत लिएर आएका साथिहरूलाई पनि फोन गरियो, सबैलाई उस्तै सामान परेको रहेछ। तरपनि उनीहरूले प्रयास त गरेकै हुन् नि भन्ने ठानेर, चुपचाप सामानहरू ‘बीन’ (रद्दीटोकरी)मा राखेर आएँ।

एनआरएनए अष्ट्रेलियाको सहयोग वितरण ’boutको फेसबुक अपडेट


सम्झें, चिनियाँ सस्ता पसल, पारामाटा, सिटी तिरका, जहाँ ५० सेन्ट, एक डलरमा म्याद सकिनै लागेका कोक, ईनर्जिड्रिंक्सहरू बेच्न राखिन्छन्। सायद सहयोग उठेको रकम कम भएकाले विद्यार्थीहरूलाई यही नै भएनि दिएर राहत दिउँ भन्ने पो लाग्यो कि! जे होस् गरेकै हुन्।

 

तर, हैन रहेछ। फेसबुकको फोटो र स्टाटसमा त गर्वका साथ छाती फुलाएर फोटोहरू पोस्ट भएका रहेछन्। झनक्क भएर आयो, अघि फालेका सामान फेरी ‘बीन’बाट उठाएर कोठामा ल्याएँ र थन्क्याएर राखें, कुनै दिन मिल्यो र भन्न सकियो भने ‘तिमीहरूले शान देखाउन बाँढेको मिती गुज्रेको सामान यही हो’ भन्नको लागी। हुन त हामी विद्यार्थी समस्यामा छौं, तर त्यसो भन्दैमा मिती गुज्रेको, गुज्रन लागेको सामान नै भिराउन पर्ने चैं हैनौं कि भन्न मनलाग्या। साँच्चै तपाईंहरूको ‘सप्लिमेन्ट’ दाँतमै लाग्यो। अर्कोपटक वितरण गर्नुभयो भने ‘बेस्ट विफोर’को मिती अलिक धेरै भएको सामान नै दिनुहोला है, तपाईंको फेसबुकलाई मात्र नभएर हामी सहयोग लिनेलाई नि शान होस्। हिन ठान्न नपरोस्।

  • राहतले आहत एक विद्यार्थी,
    (राहत लिँदा नाम ठेगाना सबै टिपाएको हुँदा नाम सार्वजनिक गर्न डर मानेकाले यो विचार राख्ने विद्यार्थीको नाम सार्वजनिक रूपमा उल्लेख नगरिएको)

नयाँ अपडेट : १ जुलाई २०२०,  ‘बेस्ट विफोर’ म्याद सकिँदैमा वा नजिक हुँदैमा खानेकुरा अखाद्य नै चाहिँ हुँदैन। अष्ट्रेलियाको यही खानेकुरामा उल्लेख हुने मिती ’boutको जानकारी यहाँबाट पढ्न सकिन्छ। क्लिक गर्नुहोस् 

NAATI CCL Nepali

लेखक: नेपालीपेज

NepaliPage.com is a striving idea to bring useful information to international students as well as newcomers recently immigrated into Australia. While writing and preparing our contents and stories we are focused to Nepalese in Australia, but our contents and stories are equally advantageous to those interested to study, live and migrate into Australia, no matter you are from India, China or other parts of the world.

यो पनि पढ्नुहोस्

अष्ट्रेलिया पढ्नेलाई आईएलटीएसमा सबै ब्याण्डमा सात ल्याउनै पर्ने बनाउन माग - NepaliPage

अष्ट्रेलिया पढ्नेलाई आईएलटीएसमा सबै ब्याण्डमा सात ल्याउनै पर्ने बनाउन माग

अष्ट्रेलियामा पढ्ने विदेशी विद्यार्थीलाई अंग्रेजी भाषा दक्षता जाँच्ने परिक्षा आईएलटीएसका हरेक ब्याण्ड (लिसनिङ, स्पीकीङ, राईटीङ र रीडीङ)मा सात ल्याउनै पर्ने र अष्ट्रेलियामा पढ्न र बस्नको लागी समेत आफ्नै देशबाट खर्चको व्यवस्था गर्नुपर्ने लगायतका अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रत्यक्ष प्रभावित गर्ने सुझाव अष्ट्रेलियाका प्रसिद्ध जनसंख्याविद् तथा 'दि अष्ट्रेलियन पपुलेसन रिसर्च ईन्टिट्युट'का प्रमुख बब बीरेलले दिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ