सिड्नीमा चल्छन् चन्द्रमा घुमेर आए जस्ता बस

पश्चिमा मुलुकमा जस्तो तथ्यांक, अनुसन्धान, तर्क र कानुनमा चल्ने भएको भए नेपालमा सार्वजिनक यातायात र दुर्घटनाको कारण ज्यान गुमाउनेको संख्या निक्कै कम हुन्थ्यो। धेरै जनाको ज्यान जाने गरि दुर्घटना भएका समयमा मिडियामा सार्वजनिक सवारीहरूको अवस्था, नियम, सिण्डीकेट आदी इत्यादी विषयमा समाचार, विश्लेषण अनि आलेखहरू आउँछन्। नेता, मन्त्री, सम्बन्धित नियामक तथा सरकारी कार्यालयका कर्मचारी ‘बाईट’ दिन्छन् र सबै कुरा ‘डिमेन्सिया’ लागेको जस्तो विस्मृतीमा जान्छ अर्को ठूलो दुर्घटना नहुन्जेलका लागी। न त राज्यको ‘मेमोरी’ छ न समाजको ‘मेमोरी’ भनिने मिडियाको नै। नेताहरू हाकै भन्छन् ‘जोगी हुन राजनीतिमा लागेको होईन!’ यति भएपछी सबै स्पष्टै छ ‘सक्किगोनी’।

सार्वजनिक यातायातमा पुराना बस हटाउने चर्चा नेपालमा नौलो होईन। २० वर्ष पुराना बस हटाउने र कवाडीमा परिणत गर्ने कुरा धेरै पहिले देखी सुनिएको हो। ‘सिण्डिकेट’को कारण राजधानी मात्र होईन देशभर नै पुराना बसले राजमार्गलाई ‘मृत्युमार्ग’ बनाईरहेको कुरा पनि वार्षिक सुनिने नै ‘टर्म’ बनिसकेको छ। यो साता पनि नेपाली मिडियामा उही २० वर्षे बसलाई हटाउने कुरा सुनियो। २० वर्ष पुराना बस हटाउने भनेको लामै समय भएपनि हट्ने कहिले भन्ने चैं छिट्टै टुंगो लाग्न गाह्रै छ।

पुरानो बस हटाउनु सजिलो कुरा होईन रहेछ। नेपालमा मात्र होईन अष्ट्रेलियामा पनि २० वर्ष पुराना बसलाई सार्वजिनक यातायात सेवाबाट हटाउन सकिएको रहेनछ। सुन्दा अनौठो लाग्ला सिड्नीमा चल्ने एक चौथाई सार्वजनिक सेवाका बसहरू चन्द्रमा घुमेर आएको जति लामो यात्रा गरिसकेका छन्। सिड्नीमा चल्ने ६ सय ३६ बसले सातलाख ५६ हजार भन्दा धेरै किलोमिटरको यात्रा गरिसकेका रहेछन्। जसको लम्बाई भनेको पृथ्वीबाट चन्द्रमा पुगेर फर्कनु जति हुन्छ। अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र ‘नासा’का अनुसार पृथ्वी र चन्द्रमा बीचको दूरी तीनलाख ७८ किलोमिटर रहेको छ।

सिड्नीमा चल्छन् चन्द्रमा घुमेर आए जस्ता बस
ब्रुकभ्याल क्षेत्रमा सार्वजनिक यातायातका लागि संचालित यो बसले १० लाख भन्दा धेरै किलोमिटरको दूरी पार गरिसकेको छ। फोटो : Braden Fastier/सण्डे मर्निङ हेराल्ड

सिड्नीको किंग्सउड क्षेत्रमा गुडने बसहरू मध्ये सबैभन्दा धेरै गुडेको बसले १५ लाख ७१ हजार भन्दा धेरै किलोमिटरको दूरी पार गरिसकेको छ। सन्  १९९३ मा सेवा सुरू गरेको बसले २३ वर्ष सडकमा बिताई सकेको छ। सिड्नीका बसहरू पुराना भएको र न्यूसाउथवेल्स सरकारले पुराना बसको सट्टामा नयाँबसहरू राख्नमा तत्परता नदेखाएरको भनेर विपक्षी लेबर पार्टीले सरकारको विरोध गर्दै आएको छ। गत वर्ष पनि विपक्षीले यही विषयमा न्यूसाउथवेल्स सरकारको आलोचना गरेको समाचार सार्वजनिक भएको थियो। (यहाँबाट हेर्नुहोस्)

अष्ट्रेलियाको सार्वजनिक प्रशारक एसबीएसले अगस्त २२, २०१६ मा प्रकाशन गरेको समाचारमा न्यूसाउथवेल्सको विपक्षी यातायात (opposition transport spokeswoman) प्रवक्ता योडी म्याक्केई (Jodi McKay)ले सरकारले जम्मा १३ नयाँ बसहरू थप गरेको प्रति आपत्ती जनाउँदै जारी गरेको उल्लेख छ। (यहाँबाट हेर्नुहोस्) सोही समाचारमा न्यूसाउथवेल्सका यातायात मन्त्री एण्ड्रयु कन्स्टान्स (Andrew Constance )ले सरकारको बचाउ गर्दै यस वर्ष ६० नयाँ बस सेवामा आउने र बसहरूको अवस्थामा सुधार ल्याइएको बताएका छन्। यो सन् २०१६ मा मात्र न्यूसाउथवेल्सको बजेटमा बस रूटमा नयाँ बस तथा थप सेवाका लागी १०८ मिलियन डलर लगानी गर्ने योजना रहेकोछ।

सिड्नीमा गुड्ने बसहरू धेरै पुराना भए भन्ने गुनासो पनि नेपालको जस्तै पुरानो नै हो र समाधान हुन पनि नेपालमा जस्तै धेरै कुर्नुपर्ने देखिन्छ। फरक के हो भने यहाँको सार्वजनिक बस सेवामा सरकारको लगानी छ समय अनुसार प्रविधी प्रयोग र बसहरूको मर्मत सुधार हुने भएकाले उपभोक्ताले असहज महशुस गरि भने हाल्दैनन्। गत वर्ष ‘द डेली टेलीग्राफ’ ले लेखेको समाचारमा सोभियत युनियनमा मिखाईल गोर्भाचोभ राष्ट्रपति हुनभन्दा अघि सेवमा राखिएको बसले अझै सेवा दिईरहेको उल्लेख छ। अझ सिड्नीको उत्तरी सामुन्द्री किनारा (नर्दन बीच) क्षेत्रमा चल्ने बसहरूमा २९ वटाले त १० लाख भन्दा धेरै किलोमिटर यात्र गरिसकेको उल्लेख छ।

नेपालमा बस्नेलाई त होईन होला भन्ने नै लाग्ला, तर सिड्नीको बसमा यात्रा गरेकाले पनि यो कुरा सजिलै पत्याउने चैं छैनन्। तर पछिल्लो समयमा सिड्नीमा सडकमा गुडिरहेका बसमा भएका आगलागीले सार्वजनिक यातायात क्षेत्रमा सुधारको लागी दबाब सृजना गर्ने वातावरण भने तयार पारेका छन्।

हेर्नुस् भिडियो : यसरी सिड्नीको हार्बर ब्रिजमा गुडिरहेको बसमा लाग्यो आगो

सण्डे मर्निङ हेराल्डको यो समाचारले सिड्नीमा चलिरहेको बसमा आगलागी पटक पटक भएको बताउँछ। सुरक्षा र नयाँ सुविधा सम्पन्न बसको कुरा सँगै नीजि क्षेत्रको चासो चैं कतै यो नीजिकरण हुन्छ र फाईदाको अर्को स्रोत खुल्छ कि भन्नेमा पनि छ (पढ्नुस सण्डे मर्निङ हेराल्डको यो समाचार)

NAATI CCL Nepali

Check Also

यी हुन् विश्व कै धनिहरूले रूचाएका पाँच देश

माइग्रेसन, अर्थात बसाईं सराईं। यो मानिसको आदीकाल देखीको आवश्यकता अनि प्रक्रिया हो। आदीमकालमा मानिसहरू फिरन्ते प्रकृतिका थिए। कृषि युगमा आएपछी मात्र मानिसले खेती गर्ने र घरबास बाँध्न सुरू गरेका हुन्। औधोगिक कालमा आएपछी भने सुख, सुविधा र आय आर्जनको बाटो हेरेर शहरीकरण र आवाशिय विकास हुन थालेको हो। स्वास्थ्य, शिक्षा, व्यापारको विकासले मानिसले शहर, बजार अनि डाउनटाउन र सिबिडीको कन्सेप्ट विकास गरयो। पछिल्ला युगमा भएका अन्तर्राष्ट्रिय बजार, बाणिज्य अनि अर्थतन्रको विकासले हामी पूर्ण रूपमा विश्वग्राम अर्थात ग्लोबल भिलेजको रूपमा रूपान्तरण भइसकेका छौं। कुनै पनि देशको रक्षा, विकास अनि अर्थ र राजनीतिक व्यवस्था यतिखेर सबै विश्वकै साझा चासोको भएका छन्। अनि हामी नागरिक आफैमा ग्लोबल सिटिजन (ग्लोबल सिक) भइसकेका छौं। त्यसलै त जता अवसर छ उतै सर्छौं बसाईं। ईमिग्रेन्ट, माईग्रेन्ट वा पलायनवादी जे भने पनि यो सब अवसरले डोरयाएको यात्रा हो। हामी सामान्य मानिस त आफ्नो सिप र क्षमताले गरिखाने भनेर संसारका विभिन्न देशका सिमा नाघेर हिंड्छौं भने व्यापार गर्ने व्यापारीको त कुरै नगरे हुन्छ। दुईचार पैसा जता धेरै हुन्छ त्यतै लाग्नु व्यापारीको धर्म नै हो। ‘मिलेनियर’, ‘मिलेनायर’ जे भने पनि धनी अनि करोड र अर्बका पतिहरू अवसरवादी हुन्छन्। हामी सामान्य नागरिक भन्दा त लाख चलाख। अवसर कता छ भन्ने पहिले आँकलन गरेर त्यसै अनुसारको व्यवहार गर्छन्। नेपालका धनाढ्य चौधरी चाचा देखी खेतान अंकल सम्मलाई नै हेर्नुस न। अनि एनआरएन भनेर छिरेका महतो अंकलको ट्याक्स हेभनको पैसा र एनसेलले छलेको कर नबिर्सनुस् नि। अन्तर्राष्ट्रिय वेपारीको त नकुरा गरम। पछील्लो न्यू वर्ड वेल्थ नामक रिपोर्टले सन् २०१५ मा विश्वका धनिमानिसहरू, उही के मिलेनायर कता कता बसाईं सरे, कुन देशबाट निस्के कुन देशमा छिरे भन्ने फेरिहस्त सार्वजनिक गरेको छ। जसले अष्ट्रेलिया, अमेरिका, क्यानडा, इजरायल, युएई र न्यूजिल्याण्डलाई धनीहरूले रुचाएको देशका रूपमा देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!