कार, नेपालमा विलासिताको साधन मानिएपनि अष्ट्रेलियाको दैनिकीको अत्यावश्यकीय आवश्यकता हो।अष्ट्रेलियाको सडकमा उभिएर एकछिन हेर्ने हो भने पनि यसको अनुभव हुन्छ कि अष्ट्रेलियामा कार कत्तिको महत्वपूर्ण छ। दैनिक काममा आउजाउ गर्नको लागी मात्र होईन कार नै कमाईको माध्यम हुन थालेको छ आजकल। ‘उबर’, ‘ओला’ मात्र नभएर खाना घरघर पुरयाउने कामको लागी समेत कार प्रयोग हुने गरेको छ। विद्यार्थी तथा भरखर अष्ट्रेलिया छिरेका आप्रवासीहरूको लागी यस्ता गतिविधीले कारलाई राम्रै कमाइको माध्यमका रूपमा स्थापित गरेको छ। ‘उबर ईटस्’ र ‘उबर एक्स’ चलाएर नै घर चलाउनेको संख्या बढीरहेको छ। एकसाता काममा जाँदा हजार १२ सय कमाउनेहरूले दुई वा तिन दिनमा नै दुई तिन हजार डलर कमाउने सक्ने भएकाले अष्ट्रेलियामा योग्यता पुगेको सवारी चालक अनुमतिपत्र (ड्राईभिंग लाईसेन्स) र नयाँ कार हुनेहरुले यसैलाई मुलधारको कमाईको माध्यम बनाउन थालेको पनि धेरै भईसकेको छ।
काम र कमाईमा सजिलो हुने भएकाले नेपालीहरूमा पनि ‘ओला’, ‘उबर ईटस्’ र ‘उबर एक्स’ साथै यस्तै खालका सेवा जोड्ने ‘याप’हरुमा जोडिने र सेवा प्रदान गर्ने क्रम बढिरहेको छ। यस क्षेत्रको राम्रो कमाई र तुलनात्मक रूपमा सजिलो काम भएकाले यसको लागी योग्यता पुरयाउन नेपालको सवारी लाईसेन्सलाई अष्ट्रेलियाको लाईसेन्समा रूपान्तरण गर्नेको संख्या पनि बढिरहेको छ। नेपालको तीन वर्ष भन्दा पुरानो लाईसेन्स भएको खण्डमा अष्ट्रेलियामा सिधै फुल लाईसेन्स पाईने भएकाले नेपालबाट नक्कली लाईसेन्स बनाएर ल्याउने र त्यसको आधारमा अष्ट्रेलियाको लाईसेन्स लिनेहरू बढिरहेका छन्। अष्ट्रेलियाको फुल लाईसेन्स हुनासाथ ‘उबर ईटस्’ चलाउन पाईन्छ भने ‘उबर एक्स’ चलाउनका लागी भने केही समय कुर्नुपर्छ।
यहाँबाट पढ्नुस् कसरी थाहा पाउने सक्कली लाईसेन्स
अष्ट्रेलियामा काममा अलिकता खट्टिएर लाग्छु भन्नेलाई अत्यावश्यक, थप कमाईको माध्यम बन्न सक्ने अनि नेपालमा पनि अष्ट्रेलियामा आफ्नै गाडी छ भन्दा मिल्ने ‘ओहो…’ यस्तै फाईदाका कारण नेपालबाट आएको केही महिनामा नै कार किन्न हिन्नेहरू धेरै हुन्छन्। तर, सस्तो मुल्य र आवश्यकताका कारण कार किन्नै पर्ने र किन्ने भएपनि त्यसलाई चलाउने योग्यता भने धेरैमा हुँदैन। ’cause धेरै अष्ट्रेलिया आउनेहरू नेपालमा ‘मोटर साईकल’ चलाउने हुन्छन्, नेपालमा कार खासै कामकाजीका लागी काम छैन, अष्ट्रेलियामा जस्तो कार छ त्यस्तै हो ‘मोटरसाईकल’ नेपालमा। ‘मोटरसाईकल’ चलाउने लाईसेन्सले यहाँ कार चलाउन नपाईने भएपछी त्यसैमा ‘बी’ ‘कण्डिसन’ थपेर उही नम्बरको लाईसेन्समा अर्को नक्कली बनाउने ‘आईडिया’ फुर्छ। त्यसमा पनि अष्ट्रेलिया अलिक पहिले आएका दाजुहरूको सुझाव पनि त्यस्तै नै हुनेगरेको छ। जसले गर्दा अष्ट्रेलियामा नक्कली नेपाली लाईसेन्स बनाउने, किन्ने र त्यसैको आधारमा कार चलाउनेको संख्या बढीरहेको छ। जुन प्रकारान्तले स्वयंको ज्यान, अरूको जिवन र भिजा, यहाँ दुख गरेर पाएको यहाँको ‘पीआर’ तथा ‘सिटीजनसिप’ सबैको लागी खतरनाक हुन्छ। समाचारहरूले त्यही नै देखाईरहेका छन्।
हालै एसबीएसले प्रकाशित गरेको समाचारमा नौ वर्ष अघि अष्ट्रेलियाको ‘पीआर’ पाएका एक आप्रवासीले नक्कली ड्राईभिंग लाईसेन्सको कारण अष्ट्रेलियाको नागरिकता नै गुमाउन परेको उल्लेख छ।सन् २०१० मा अष्ट्रेलियाको ‘पीआर’ पाएका २६ वर्षीय अली हैदरले २०१४ मा पाएको अष्ट्रेलियन नागरिकता २०१७ मा खारेज भयो। त्यसको एक मात्र कारण उनले अष्ट्रेलियाको लाईसेन्स लिनको लागी अफगानिस्तानको नक्कली लाईसेन्स लिनु थियो।सन् २०१३ मा हैदरले क्वीन्सल्याण्डमा ‘हेभी भेईकल्स’को लागी अष्ट्रेलियन लाईसेन्स लिएका थिए। कहिल्यै ट्रक नचलाएका उनले पाकिस्तानबाट साथीको सहयोगमा अफगानस्तानको लाईसेन्स बनाएको स्वीकारेको पनि समाचारमा उल्लेख छ। (यहाँबाट पुरै समाचार पढ्नुस्)
केही महिना अगाडी मात्र न्यूजिल्याण्डमा नक्कली भारतीय लाईसेन्सको आधारमा न्यूजिल्याण्डको लाईसेन्स लिएका ३० बर्षीय जोधवीर सिंहलाई न्यूजिल्याण्डले ‘डिपोर्ट’ गर्यो। सिंहले आफ्नो भारतीय लाईसेन्स सक्कली भएको दाबी गरेता पनि उनको लाईसेन्सको विवरण भारतीय सरकारको ‘रिजनल ट्रान्सपोर्ट अथोरिटी’को डाटाबेसमा भेटिएन। उनको लाईसेन्सको विवरण नै लाईसेन्स दिने निकायको डाटाबेसमा नभेटेपछी र लाईसेन्स नक्कली भएको प्रमाणित भएपछी सिंहको भिजा रद्द गरेर उनलाई ‘डिपोर्ट’ गर्ने निर्णय न्यूजिल्याण्डको अध्यागमनले गरयो। (यहाँबाट पुरै समाचार पढ्नुस्)
छ्यापछ्याप्ती नेपाली लाईसेन्स
अष्ट्रेलियामा यतिखेर नेपाली लाईसेन्स नहुने निक्कै कम छन्। नेपाली मात्र नभएर बंगलादेशी र भारतीयहरुसँग पनि नेपालको कार चलाउन सकिने ‘ए’ र ‘बी’ ‘कण्डिसन’ भएको लाईसेन्सहरू प्रसस्तै देख्न सकिन्छ। आजकल नेपालले प्लास्टिकको ‘स्मार्ट लाईसेन्स’ प्रचलनमा ल्याएको भएपनि नेपालमा नै राम्रोसँग वितरण गर्न सकेको छैन। त्यसो त नेपालमा लाईसेन्सका लागी परिक्षा र नतिजा प्रकाशन नै समयमा हुन सकिरहेको छैन जसले गर्दा धेरैसँग वैधानिक रूपमा नेपालको लाईसेन्स हुने अवस्था नै देखिँदैन। त्यस्तो अवस्थामा गैरनेपालीसँग समेत यस्तो लाईसेन्स देखिनु अनौठो नै हो। तर, यसलाई अनौठो मान्नुपर्दैन ’cause आजकल अष्ट्रेलियामा नेपालीहरूले नै नेपाली सवारीचालक अनुमतिपत्रको ‘होम डेलिभरी’ दिने गरेका छन्।
काम, कोठाको सूचना, हुण्डी सँगै लाईसेन्सको व्यवसाय
अष्ट्रेलियामा चलेको नेपालीको व्यवसाय हुण्डीको हो। निक्कै लामो समय देखी हुण्डीबाट पैसा पठाउने चलन आजसम्म पनि जारी छ। यसो केही होला कि जस्तो हुन्छ फेरी सरर चल्छ। विद्यार्थीहरूले पैसा पठाउने र ल्याउने माध्यमका रूपमा हुण्डी चलिरहेकै छ। यद्यपी केहीले भने उताको पैसा उता र यताको पैसा यता हुनेगरी साटासाट गर्ने गर्दछन्। साटासाट गर्दा पैसा खाईदिने जोखिम नहुने अनि दुवैलाई ‘सेवा शुल्क’ पनि नलाग्ने भएकाले धेरैले यसलाई गर्जो टार्ने माध्यम बनाएका छन्। तर, व्यवसायकै रूपमा हुण्डी गर्नेहरुले भने बजार बढाउनका लागी फेसबुकमा अनेकन नाममा ‘एकाउन्ट’ बनाउने र तिनमा काम तथा कोठा भाडामा उपलब्ध रहेको सूचना ‘अपडेट’ गरेर धेरैको आकर्षण बटुल्ने अनि त्यसैमा हुण्डीको प्रचार गर्ने गर्दछन्। कतिपयले भने नेपालका प्रमुख बैंक तथा वित्तियसंस्थाको नाम प्रयोग गरेर रेमिटको नाममा फेसबुक खाता संचालन गरेर धेरै रेट दिने लोभ देखाई पैसा जम्मा गरेर खाईदिने अनि फेसबुक खाता बन्द गरेर आनन्दले बस्ने पनि गर्दछन्। मेरो १५ हजार डलर खायो, मेरो पाँच हजार खायो फलानोले भनेर फेसबुकमा दुखेसो पोख्नेहरूको संख्या उत्तिकै छ।
हुण्डी पछीको फेसबुकमा विकास गरेको नेटवर्कबाट गर्न सजिलो हुने व्यवसाय बनेको छ नेपालको नक्कली लाईसेन्स बनाउने। यतिखेर दुईसय पचास देखी तीनसय डलरमा फेसबुकमा रहेका निश्चित प्रोफाईलहरूले घरमा नै नेपालको लाईसेन्स बनाएर पठाइदिन्छन्। यसरी बनाएका लाईसेन्सहरू नेपालको दूतावास तथा वाणिज्यदूतबाट समेत प्रमाणिकरण भएर अष्ट्रेलियाको फुल लाईसेन्स लिनमा प्रयोग भईरहेका छन्। प्राविधिक कमजोरीका कारण दूतावास र वाणिज्यदूतावासबाट सक्कली प्रमाणित भएपनि अन्तत ति लाईसेन्सहरू सक्कली नै नठहरिने हालैको अफगानी यूवाको अष्ट्रेलियाको नागरिकता खारेजीको घटनाबाट प्रमाणित नै भईसकेको छ।
जापानमा समातिए नक्कली लाईसेन्स व्यापारी
जापानमा रहेका नेपाली विद्यार्थीलाई नेपालको नक्कली लाईसेन्स बनाईदिने दुई नेपाली दाजुभाई पुस्कर थापा र अशोक थापालाई जापानी प्रहरीले पक्राउ गरेको छ। नेपालको नक्कली लाईसेन्स बनाईदिएर नेपालीहरूलाई त्यसैको आधारमा जापानको लाईसेन्स लिन सघाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको जापानको टीबीएस न्यूजले प्रकाशन गरेको समाचारमा उल्लेख छ। टीबीएसको समाचार धेरै नेपाली वेबसाईटहरूले पनि नेपालीमा अनुवाद गरेर प्रकाशन गरेका छन्। (यहाँबाट पुरा समाचार पढ्नुस्)
नेपाल डिपोर्ट हुने सम्भावना
नेपाली नक्कली लाईसेन्सले अष्ट्रेलियामा सवारी चलाईरहेका तथा नक्कली बनाएर त्यसको आधारमा अष्ट्रेलियाको फुल लाईसेन्स बनाउन लागेका तथा बनाईसकेकाहरू यस्तो खतरामा रहन्छन्। ’cause यसले भिजा तथा नागरिकताको लागी आवेदन दिँदा हुनुपर्ने चारित्रिक व्यक्तित्वकाई कमजोर बनाउँदछ। नेपाली विद्यार्थीहरूबीच प्रख्यात रहेको एक फेसबुक ग्रुपमा वुद्धी श्रेष्ठले एडीलेडका साथीहरूलाई सचेत रहन अनुरोध गर्दै पोस्ट गरेका छन्, जहाँ एडीलेडमा हुनेहरूले नेपालको नक्कली लाईसेन्सको आधारमा अष्ट्रेलियाको लाईसेन्स नलिन अनुरोध गरिएको छ।