अष्ट्रेलियामा घर किन्नु अघि हेर्नुस यी चार वेबसाईट

अष्ट्रेलियामा आएका नेपालीहरू मध्ये अधिकांशको सपना र चाहना हुन्छ अष्ट्रेलियामा स्थायी रूपमा नै बसोबास गर्ने। पीआर नै पहिलो चाहना हुन्छ धेरैको अष्ट्रेलियामा टेकेको दिन देखी नै। किनकी यो नै त्यसखालको भिजा हो जसले अष्ट्रेलियामा लामो समयसम्म बस्ने अधिकार दिन्छ अनि घरबार जोड्ने र राम्रो करिअर बनाउने। त्यसैले धेरैको पढाई र कामको बाटो नै पीआर लिने चाहनासँग जोडेर रोजिएको हुन्छ। अष्ट्रेलियामा घर किन्नू धेरै नेपालीको चाहनाको कुरा हो। अनि अधिकांशले पुरा गरिरहेको पनि। अष्ट्रेलियामा नेपालीहरूलाई घर किन्नको लागी खासै धेरै मुस्किल पर्दैन नेपालीहरू विशेषत संचयवादी र भविष्यको लागी भनेर वर्तमानमा नै दुख सहने गर्ने हुन्छन्। त्यसैले नेपालीहरूलाई अरूलाई भन्दा कम मुस्किलको कुरा हो यो।  अष्ट्रेलियामा घर किन्नु अघि हेर्नुस यी चार वेबसाईट - NepaliPage

सामान्य आर्थिक अनुशासन राख्ने हो र काममा लगन हुने हो भने सजिलै बैंकको ऋण मिल्छ। त्यसको लागी खासै हैरानी बेहोर्नु पर्दैन। अष्ट्रेलियामा घर किन्ने र दिर्घकालिन रूपमा नै अष्ट्रेलिया बस्ने सोच छ भने आर्थिक लगानी, घरजग्गा, बैंकका ऋण प्रक्रियाका विषयमा पहिले देखी नै जानकार भएर बस्नु राम्रो हो। अष्ट्रेलियामा यी सबै विषयका जानकारी निशुल्क उपलब्ध छन्। त्यसलाई फुर्सतको समय दिएर आफ्नो ज्ञान राखिराख्ने हो भने पछी पीआर पाएपछी घर किन्नको लागी धेरै तनाब र समय लिईराख्नु पर्दैन। विशेष गरेर घर किन्ने योजना भएकाहरूले निम्न चार वेबसाईटहरू हेर्दै गर्दा त्यसले फाईदा नै गर्दछ।

 

१. मनिस्मार्टडटगभडटएयु:  अष्ट्रेलोया सरकारले आफ्ना नागरिक तथा बासिन्दाकालाई आर्थिक रूपमा सूसुचित निर्णय गर्न सकुन भनेर संचालन गरेको वेबसाईट हो यो। यो वेबसाईटमा कसरी पैसाको सही उपयोग गर्ने भनेर धेरै विषयमा जानकारी राखिएका छन्। साथै यसले अष्ट्रेलियामा हामीले गर्ने सबैजसो आर्थिक गतिविधीमा कसरी निर्णय लिने भन्ने विषयमा जानकारी दिन्छ। यसमा तपाईंले घर किन्दा लिनुपर्ने ऋण, त्यसको प्रकार साथै कसरी ऋण छिटो तिर्न सकिन्छ भन्ने खालका समेत जानकारी पाउनुहुन्छ। घर किन्न ऋण लिनु अघि नै यसविषयमा जानकार भएर बस्दा पछि घर लिने समयमा निर्णय गर्न सहज हुन्छ।

२. लेण्डीडटकमडटएयु: अष्ट्रेलियाको नाम चलेको नेपाली शैलीमा भन्दा चल्तापुर्जा होमलोन प्लाटफर्म हो यो। यसमा धेरै मोर्टगेज एजेन्टहरू जोडिएका छन्, तपाईंले खाता खोलेर यसका निशुल्क सेवाहरू लिनसक्नु हुन्छ। यसबाट निशुल्क प्रोपर्टी रिपोर्ट निकाल्न साथै घर जग्गाका विषयमा थप डेक्सटप रिसर्चका लागी टुलहरू पाउन सकिन्छ। यसले तपाईंलाई आवश्यक परेको खण्डमा मोर्टगेज एजेन्टको सेवा लिन पनि सुविधा दिन्छ।

३. प्रोपर्टीभ्यालुडटकमडटएयु:  अष्ट्रेलियाको घर जग्गाको मुल्य अनुमान र बेचबिखनको ईतिहास हेर्नको लागी धेरैले विश्वास गरेको ‘कोर लजिक’को तथ्यांकमा आधारित रहेर यो वेबसाईटले तपाईंले किन्न चाहेको घरजग्गाको मूल्य साथै सम्बन्धित धेरै जानकारी दिन्छ।  यसले तपाईंले किन्न खोजेको घरको मुल्य साथै पहिलेको किनबेच देखाउँछ।

४. रियलस्टेटडटकमडटएयु:  अष्ट्रेलियामा घरजग्गा खरिद तथा भाडामा लगाउनको लागी धेरैले प्रयोग गर्ने वेबसाईट हो यो। यसबाट तपाईंले कुन घर कुन सालमा कतिमा बिकेको थियो भन्ने देखी कुन सवअर्बको जनसांख्यिकी कस्तो छ भन्ने सम्मको जानकारी पाउन सक्नुहुन्छ। यसको प्रयोग गरेर तपाईंले  अष्ट्रेलियाको घरजग्गा बजारको अवस्था कस्तो छ र कहिले कहाँ कसरी लगानी गर्ने भन्ने निष्कर्षमा समेत पुग्न सक्नुहुन्छ।

यसै विषयको भिडियो हेर्नुहोस्:

@nepalipage 🇦🇺मा🏠 #fyp #fypシ #fypage #fypシ゚viral #nepalimuser #nepalitiktok #nepsydmuser #madanmani #nepsydmusers #nepali #sydnep #nepaliaustralia #nepsyd #sydneynepalimuser #ausnepal #nepalitiktoker #nepmelbmuser #neptasmuser #nepbrisbaneuser🇭🇲 #nep #npl #nepaltiktok #australia #nepaliaustralia #sydneynepalimuser #sydneynepalimuser🇳🇵🇦🇺 #nepalsydney❤️ #rockdaleboys #sydnep #sydnepmuser #nepalipage #realestate #investing #fypdongggggggg #fypp #fyppage #fyppppppppppppppppppppppp #fyppp ♬ original sound – NepaliPage

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

धमाका २०७९: सात शहरमा कमेडी र मेलोडी

सिड्नी ।  कोरोना प्रकोप नियन्त्रणमा आईसकेपछी पुरानै लयमा फर्कन लागेको अष्ट्रेलिया र नेपाली परम्परा अनुसार …