नेपालीलाई अष्ट्रेलिया पढ्न छात्रवृत्ति, खान बस्न र हवाईटिकट पनि दिने

अष्ट्रेलियामा स्नातकोत्तर तहमा अध्ययन गरेर अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक अनुभव लिन चाहने विद्यार्थीहरूका लागी अष्ट्रेलिया  सरकारले हवाइ टिकट, बसोबासको खर्च, बीमा साथै सबै शैक्षिक शुल्क सहितको अष्ट्रेलिया अध्ययनको अवसर दिने भएको छ। ‘अष्ट्रेलिया अवार्डस्’को  २०१८ को संस्करण मार्फत नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा स्नातकोत्तर तहमा अध्ययनका लागि यसखालको अवसर मिल्न लागेको हो। अष्ट्रेलियाले ‘अष्ट्रेलिया अवार्डस्’ मार्फत नेपाल लगायत दक्षिण तथा पश्चिम एशियाका मुलुकका विद्यार्थीका लागी यसखालको अवसर दिने गर्दछ।

अष्ट्रेलियामा स्नातकोत्तर अध्ययनका लागि दिने यसखालको छात्रवृत्ति प्राप्त गर्नका लागि व्यवसायिक तथा व्यक्तिगत दक्षता साथै राम्रो शैक्षिक योग्यता अावस्यक पर्दछ। अष्ट्रेलियामा बस्ने र पढ्ने अवसरका लागि छात्रवृत्ति वितरणमा नेपालको विकास र परिवर्तनमा सकारात्मक छाप छोड्न सक्ने सम्भावनालाई पनि प्रमुख प्राथमिकताका साथ हेर्ने गरिन्छ। नेपालमा ‘अष्ट्रेलियन अवार्डस्’का लागि महिला, अपांगता भएका तथा सिमान्तकृत वर्गलाई प्राथमिकतामा राखिएको छ। ‘अष्ट्रेलियन अवार्डस्’मा नेपालबाट छानिनेहरूमा आधा महिला हुने छन्। अष्ट्रेलियाले नेपाली नागरिकलाई दिने ‘अष्ट्रेलिया अवार्डस्’ मध्ये ५० प्रतिशत महिलाका लागि हुने अष्ट्रेलियाको विदेश मामला तथा व्यापार विभागले जनाएको छ।

नेपालीलाई अष्ट्रेलिया पढ्न छात्रवृत्ति, खान बस्न र हवाईटिकट पनि दिने
अष्ट्रेलिया नेपालीहरूका लागी अध्ययन र माईग्रेसनको आकर्षक गन्तव्य हो ।

‘अष्ट्रेलिया अवार्डस्’ छात्रवृत्तिका लागि शिक्षा, स्वास्थ्य, आर्थिक विकास, प्रशासन (सरकारी कर्मचारीलाई मात्र), अपांगता, लैंगिक, समावेसी साथै जलस्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। यो छात्रवृत्तिका लागी आवेदकको अंग्रेजी भाषिक योग्यता आईएलटीएस (एकेडेमिक)मा कुल ६.५ स्कोर (सबै ब्याण्डमा कम्तिमा ६) वा सो बराबरको अन्य कुनै अंग्रेजी भाषा परिक्षाको प्राप्तांक तोकिएको छ।

अष्ट्रेलियन सरकारको ‘अष्ट्रेलिया अवार्डस्’ले विभिन्न ‘फेलोसिप’ र ‘स्कलरसिप’को माध्यमबाट विश्वका नयाँ पुस्तालाई अष्ट्रेलियामा अध्ययन, अनुसन्धान र व्यवसायिक दक्षता हासिल गर्न सहयोग गर्दछ। नेपालमा अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विकास सहयोग मार्फत गरिबी निवारण तथा मानविय विकासको क्षेत्रहरू जस्तै शिक्षा, प्रशासन तथा सुक्ष्म उद्यमशिलता विकासमा मदत गर्दै आईरहेको छ। यसखालको छात्रवृत्ति नेपाल बाहेक पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाका विद्यार्थीका लागी पनि उपलब्ध छ।

अष्ट्रेलिया अवार्डस् का बारेमा थप जान्न यहाँ क्लिक गर्नुहोस्

अष्ट्रेलिया अवार्डस् को वेबसाईट यहाँ छ ।

 

NAATI CCL Nepali

Check Also

अष्ट्रेलिया आउनासाथ काम पाउन यी तरिका अपनाउनुस्

अष्ट्रेलियामा कामको तालमेल: थोरैले फी पुग्दैन, धेरै गरे डिपोर्ट

अपहत्ते कस्तो भने थोरै काम गरेर भिजाको शर्तमा बसौं फी तिर्न सकिन्न, नेपालबाट ल्याउन पर्छ, त्यो कतिपयको लागी सम्भवको विषय पनि हुँदैन। धेरै काम गरौं पैसा त कमाईएला तर भिजाको शर्त उल्लंघन गरेको भनेर अध्यागमनले भिजा नै खारेज गरेर 'डिपोर्ट' गर्देला भन्ने डर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!